अदुवा खेतीको संभावना र आवश्यकता

अदुवा खेतीको संभावना र आवश्यकता

| Advertisement |

Promotional banner

शालिकराम भट्टराई
कृषि अर्थ बिज्ञ

समुन्द्र सतह देखी १५०० मिटर सम्मको उचाईमा अदुवा वाली हुन्छ । स्वस्थ्य र गुणस्तरीय उत्पादन गर्ने र बिषादीको प्रयोगलाई अत्यन्तै न्युनिकरण गरी रोगमुक्त अदुवा उत्पादन गरेको खण्डमा राम्रो आम्दानी लिन सकिन्छ । नेपालबाट तेस्रो मुलुकमा निर्यात गरी मुल्य श्रृखला – (Value Adcation)बढाई कृषकको आयआर्जन बढाउने गतिलो वाली पनि बन्न सक्छ । नेपालमा अदुवा लगाईने क्षेत्रफल १८९४१ ह्ेक्टर रहेको छ । विश्वमा लगाईने कूल क्षेत्रफलको पाँचौ स्थानमा नेपाल पर्दछ । उत्पादनका दृष्टिले नेपाल विश्वभरमा तेस्रो स्थानमा छ । अर्थात नेपालमा बार्षिक कूले २,१०,७९० (दुईलाख दशहजार सातसय नब्बे) मे.टन अदुवा उत्पादन हुने गरेको तथ्यांक छ ।

नेपालको अदुवा निर्यात बजार भने भारत मात्रै हो । भारतीय एकल बजारले नेपाली कृषकहरु निक्कै ठुलो मारमा पर्ने गरेकाछन । एकबर्ष बजार मुल्य उच्च हुने र अर्कोबर्ष मुल्यमा गिरावट आउने गरेकोले नेपालका अदुवा उत्पादक कृषकहरु मर्कामा पर्ने गरेकाहुन । यसै परिपे्रक्ष्यमा अदुवाको उत्पादन देखी बजार प्रवर्धन सम्मको गुणस्तर कायम गरी युरोपका बजारहरुमा निर्यात योग्य बनाउँन टढ्कारो आवश्यकता रहेकोछ । जर्मन लगायतका युरोपेली मुलुकमा अदुवाबाट एकसय प्रकारका खाद्य, औषधी तथा प्रसाधनाका सामाग्री बन्ने गरेको बिज्ञहरुले बताउने गरेकाछन । नेपालमा अदुवाबाट खाने मसला र सुठो बनाउने भन्दा भिन्न कुनै वस्तु तयार गरिदैन ।


नेपालमा अदुवा वालीमा गानो कुहिने रोगले किसानहरु ह्ैरान भएकाछन । त्यस रोग विरुद्धका क्रियाकलाप सञ्चालनका साथै बिषादीको न्युनतम प्रयोग बिधीबाट उत्पादन गर्ने उद्धेश्य सहित अदुवा वालीमा असल कृषि अभ्यास, कृषक पाठशाला सञ्चालन गरिएका थिए । गुणस्तरीय उत्पादनका क्रियाकलाप पनि सञ्चालन भएका थिए । नेपालको पुर्बीनाका काकरभिट्टा भएर निर्यात हुदै आएको अदुवाले उचित दाम पाउन सकेको छैन । विभिन्न बहाना बनाएर भारत पश्चिम बंगालका ब्यापारीहरुले अदुवाको निकासी र बजारिकण प्रक्रियामा विगत देखि नै झण्झट लाउने गरेकाछन । अदुवा नधोई माटो सहित भारत निकासी भैरहेको वर्तमान अवस्था छ । जवकी, माटो सहितको उपज बिदेश निर्यात गर्न नपाउने अन्र्तराष्ट्रिय कानून रहेको बिज्ञहरुको दावी रहेकोछ । यस कुरालाई ध्यानमा राखी नेपाल सरकार, कृषि उद्यम केन्द्र, एफ ए ओ., अदुवा निर्यात ब्यवसायि संघ समेतको संयुक्त पहलमा दुवागढीमा मेशिन (न्ष्लनभच ऋष्लिष्लन) अर्थात अदुवा धुने मेशिन स्थापनाको काम भईसकेको छ । उक्त अदुवा धुने मेशिन हाल सञ्चालनमा रहे–नरहेकोे जानकारी भने छैन ।

यसै विच नेपाल सरकार, कृषि उद्यम केन्द्र, एफ ए ओ., अदुवा निर्यात ब्यवसायि संघ समेतको संयुक्त पहलमा झापा, मोरङ्ग, पाँचथर र ईलाममा समेत गरी विगतमा झण्डै ५० वटा असल कृषि अभ्यास कृषक पाठशाला सञ्चालन भएकाछन । ति कृषक पाठशालाहरुको माध्यमबाट गुणस्तरीय अदुवा उत्पादन गर्न पाठशालाका सहभागी कृषकहरुलाई उत्प्रेरित गरिएको थियो । पाठशालाका सहभागीहरुले एकवाली अवधिभर परिक्षण स्थलको माटोको नमुना संकलन गरी परिक्षणका लागि केन्द्रमा पठाउने, सामाजिक आर्थिक विश्लेषण गर्ने, ब्यक्तिगत कार्ययोजना बनाउने, उप–समिति छनौट, पाठशालाका अध्यक्ष वा अगुवाको छनौट, नीति नियम तर्जुमा, दिन समय निर्धारण, अपेक्षा मिलान, परिक्षण छनौट तथा रुपरेखा तर्जुमा, तथा खाद्य स्वच्छता सम्बन्धी परिष्कृत गरिएको थियो ।


पाठशालामा सहभागीभई आठ महिना सम्म असल कृषि अभ्यासको माध्यमबाट गुणस्तरीय अदुवा उत्पादन सम्बन्धी अनुसन्धानात्मक ज्ञान र शीप हाँसिल गरी दक्षबन्ने अपेक्षा गरिएको थियो । असल कृषि अभ्यासको माध्यमबाट स्वस्थ्य अदुवा उत्पादन गरी तेस्रो मुलुकमा गुणस्तरीय निर्यात प्रवर्धन गर्ने उद्धेश्य पाठशालाले लिएको सहभागीहरु बताउँछन । सबै पाठशालामा उत्पादन प्रदर्शन सञ्चालन गरी अर्को बर्षको वीउ किसानबाट किसानमा बृद्धिका लागि प्रति पाठशाला ३०० के.जीका दरले मकवानपुर स्थानीय जातको अदुवाको वीउ पाठशाला स्थलसम्म पु¥याई वितरण समेत गरिएको थियो । अहिले उक्त वीउ कृषकस्तरमा प्रसारण हुने क्रममा रहेको बताइएको छ ।

अदुवाको उपयोगः–
१ अदुवाको बोट धार्मिक कार्यमा प्रयोग हुन्छ ।
२.अदुवाबाट प्राप्त हुने तेल सुगन्धका लागी पेय पदार्थ, पाउरोटी, विस्कुट आदिमा मिलाइन्छ । औषधि निर्माणमा पनि प्रयोग गरिन्छ ।
३. अदुवाबाट प्राप्त हुने ओलियोरेजिन मसलाको रुपमा मासु प्रशोधन गर्ने कारखानामा अधिकतम प्रयोग गरेको पाइन्छ ।
४. अदुवाको पाउडर चियामा वा अन्य जडीबुटीको चिया बनाउंदा मिसाउने गरिन्छ ।
५. अदुवाबाट पेय पदार्थ – सर्वत, एपेटाइजर, जिन्जरेल, बियर, वाइन आदि बनाइन्छ । यी पेय पदार्थहरु स्वास्थ्यका दृष्टिले उत्कृष्ट मानिन्छन् ।
६. अदुवाबाट बनाइने जिन्जर क्याण्डी र जिन्जर क्रिष्टल मिठाइको रुपमा मात्र होइन खानापछि खांदा पाचक चक्की कै रुपमा भोजन पचाउन मद्दत गर्दछ ।
७. कलिलो अदुवाबाट बनाइएको अचार ज्यादै स्वस्थकर हुनुको साथै धेरै दिन सम्म राख्न सकिन्छ ।
८. अदुवा बिभिन्न रोग नीकोपार्न औषधीको रुपमा उपयोग गरिन्छ ।

  • रुघाखोकी लागेमा अदुवाले नीको पार्छ, अदुवा र मह मिसाइ खानाले एन्टिवायोटिक कै काम गर्दछ ।
  • हात–खुट्टा नतातिले अवस्था भएका लाई तातो अदुवा पानी ख्वाउनाले शरीरमा गर्मी पैदा गराउंछ ।
  • गरिष्ठ भोजन पछि अदुवाको सर्वत वा अदुवाको परिकार सेवन गर्नाले भोजन पचाउन मद्दत गर्दछ ।
  • बसको यात्रामा उल्टी/वान्ता हुनेहरुले अदुवाको टुक्रा चपाएमा उल्टी रोकिन्छ ।
  • तालु खुइलेका/ रांै झरेको ठाउंमा अदुवाको रस मालिस गर्नाले रौं पलाएर आउंछ ।
  • टाउको दुखेको अवस्थामा अदुवाको लेप लगाएमा आराम हुन्छ ।
  • खाना खानु १ घन्टा अघि विरेनून र अदुवाको धूलो खाएमा जीब्रो र घांटी सफा राख्नुको साथै भोक जगाउंछ ।
  • रुख कटहर खाए पछि पेट फुलेका विरामीले दूधमा अदुवाको धूलो पकाउने र बाक्लो पारी आधा देखि एक चम्चा ३–४ पटक खाएमा समस्या समाधान हुन्छ ।

पशुपन्छिहरुका लागी बनाइने औषधीहरुमा पनि अदुवाको धेरै प्रयोग हुने गरेको पाइन्छ

खोज संकलन तथा सन्दर्भ सामाग्रीः स्व. बुद्धि प्रकाश शर्मा (प्रशिक्षण म्यानुअल )

लेखकको परिचयः
शालिकराम भट्टराई
कार्यालय प्रमुख
फोन– ९८४२६३७८५५
हाल( कृषि ज्ञान केन्द्र इलाम
E-mail: shalikbhattarai@gmail.com