आँपमा देखिने ब्याक्टेरियल क्र्यान्कर र यसले पार्ने नकरात्मक असर

आँपमा देखिने ब्याक्टेरियल क्र्यान्कर र यसले पार्ने नकरात्मक असर

| Advertisement |

Promotional banner

प्रशान्त लामिछाने(Bsc.Ag) पन्जाब टेकनिकल युनिभर्सिटी

ब्याक्टेरियल क्र्यान्कर Xanthmonas campestris नामक जिवाणु ले लाग्ने गर्छ .यस रोग भारतमा पुनेमा  पहिलो पटक देखा परेको थियो . यो बिहार, कर्नाटक, महाराष्ट्र, तामिल नाडू, यूपी हुँदै नेपालको केही भागमा पनि देखा परेको पाईन्छ .

रोगका लक्षणहरू:

  • रोगले पात, पातको डाँठ, काण्ड र फलहरूमा आक्रमण गर्दछ।
  • पातमा कालो पानीले भिजेको अनियमित घावहरू(water soaked lesions) देखा पर्दछ ।
  • फलमा १-५mm व्यास(diameter)भएको समतल दागहरू देखा पर्दछ र दागहरू बिस्तारै फलको सबै हिस्सामा फैलिन्छ। यदि फलमा गम्भीर संक्रमण देखापरे फल तस्बिरमा मा देखिए अनुसार आँफै फुट्छ र नस्ट गर्नु पर्ने हुन्छ।

फलमा देखिने लक्षण                                             पातमा देखिने लक्षण

यो रोग कसरी लाग्छ त ?

सुरुमा Xanthmonas campestris नामक जिवाणु माटो बाट जरा हुँदै stomata मार्फत  बिरुवाको पात सम्म पुग्छ । जब जिवाणुले माटो हुँदै  बिरुवालाई संक्रमण गर्छ तब जिवाणु बिरुवको पातमा आफ्नो जीवन चक्र सन्चालन गर्दछ । संक्रमण भएको कारीब ८ -९ महिना सम्म असर नदेखायी पनि जिवाणु पातमा बस्न सक्दछ। अनुकूल वातावरण मिल्ना साथ सुछ्म ब्याक्टेरिया पहिला पातमा आक्रमण गर्न थाल्छ र तेसपछी फलमा गर्दछ। चित्रमा देखिये जस्तै पातमा सानो सानो कालो दाग देखा पर्दछ . रोग लगेको केही समय पछी फल फुट्छ र नफुटे पनि खान अयोग्य हुन्छ। वर्षा ऋतुमा अत्यधिक पानीका कारण  र संक्रमित रोपण सामग्रीको माध्यमबाट नयाँ क्षेत्रमा रोग फैलिन्छ।

रोग व्यवस्थापन:

  • सफा रोपण र कलमी सामग्री प्रयोग र प्रमाणित बिरुवा को उपयोग
  • बम्बई हरियो, फजली, जहांगीर र सुवर्णरेखा जस्ता आमका प्रजातिहरू प्रतिरोधी हुन्छन्(use of resistant varities)
  • २० दिनको अन्तरालमा स्ट्रेप्टोसाइक्लिन 200-300ppm को दुई स्प्रेले  फल  संक्रमण घटाउँछ । फलहरूमा  २००ppm  Agrimycin-100 को डिपिंग प्रभावकारी हुन्छ ।