इन्जिनियरिङपछि कृषक बन्न भारतबाट फर्केका श्यामबदनको सपना, डेढ अर्बको गाई फार्म बन्दै

इन्जिनियरिङपछि कृषक बन्न भारतबाट फर्केका श्यामबदनको सपना, डेढ अर्बको गाई फार्म बन्दै

वीरगंज। पर्सा, ठोरी गाउँपालिका- ५ स्वर्णपुरमा १५३ करोड रुपैयाँ अर्थात डेढ अर्बको लगानीको आधुनिक तथा व्यवसायिक कृषि फार्म निर्माण भइरहेको छ।

स्वर्णपुर बजारभन्दा एक किलोमिटर उत्तरमा १३ बिघामा क्षेत्रफलमा निर्माण भइरहेको २ हजार गाइपालनका कृषि फार्म अबको चार महिनामा सञ्चालनमा आउने हिसाबले धमाधम काम भइरहेको छ।

वीरगंज। पर्सा, ठोरी गाउँपालिका- ५ स्वर्णपुरमा १५३ करोड रुपैयाँ अर्थात डेढ अर्बको लगानीको आधुनिक तथा व्यवसायिक कृषि फार्म निर्माण भइरहेको छ।

स्वर्णपुर बजारभन्दा एक किलोमिटर उत्तरमा १३ बिघामा क्षेत्रफलमा निर्माण भइरहेको २ हजार गाइपालनका कृषि फार्म अबको चार महिनामा सञ्चालनमा आउने हिसाबले धमाधम काम भइरहेको छ।

वर्षदेखि जग्गा खरिद गरी निर्माण कार्य शुरु भएको गाई फर्मको लगानीकर्ता हुन्, पर्सा, पकहामैनपुर गाउँपालिका-१ धोरेका ४० वर्षीय श्यामबदन यादव।

उनी भारतको बैंगलुरुबाट २००९ मा कम्प्यूटर इन्जिनियरिङ तथा एमबीए गरेपछि कृषिमा क्रान्ति गर्ने उद्देश्यका साथ नेपाल फर्केका थिए। भारतमा करिब डेढ लाख रूपैयाँको मासिक तलब थियो । त्यसलाई छाडेर स्वदेशमै केही राम्रो गर्ने मनसायले आए । उनले ५ वटा गाई पालेर आफनो धोरे गाउँको फार्म शुरु गरेका थिए।

इन्जिनियर भइसकेको युवक भारतबाट पढेर आएपछि गाउँमै गाई फर्म बनाउन लाग्दा शुरुमा गाउँलेले खिसिट्युरी गरेका थिए । गाउँका होनहार युवाले गाई पाल्ने र गोबर सोहोर्ने काम किन गरेका होलान् भनी परिवारमा पनि चिन्ता थियो। तर समय बित्दा उनको प्रयास सफल भयो ।उनले सयवटा भन्दा बढी गाई पाल्ने फार्म सञ्चालनमा ल्याए। त्यसपछि उनले धोरेमै २४ हजार लिटर क्षमताको कलश मिल्क इण्डस्ट्रिज प्रालि सञ्चालनमा ल्याए। त्यसपछि उनले पछाडि हेर्नु परेको छैन।

हाल उनी दूध उत्पादन र प्रशोधन गरी विभिन्न परिकार बनाएर बेच्ने व्यवसायमा संलग्न छन्। उनको उत्पादन बेच्ने आउटलेट पर्सा तथा छिमेकी जिल्ला गरी ९ ठाउँमा सञ्चालनमा छ। पर्साको वीरगंजमा २ वटा, बाराको सिमरा, रौतहटको चपुर, सर्लाहीको लालबन्दी, महोत्तरीको बर्दिबास, मकवानपुरको हेटौंडा र चितवनको पर्सामा गरी ९ वटा दूधजन्य सामग्री बेच्न डेरी हबको चेन आउटलेट सञ्चालनमा रहेको उनले बताए।

| Advertisement |

Promotional banner

पहिलेदेखि २० करोडको पुँजी सम्हालिरहेका श्यामबदन पर्साका ९ हजार किसान तथा ३ सय जनालाई रोजगारी दिने बहुप्रतिक्षित योजना अनुसार पर्साको सुदूर पश्चिमको गाउँपालिकामा डेढ अर्बको गाई फर्म सञ्चालनमा ल्याउन लागेका हुन्। १३ विघा क्षेत्रफलमा फैलिएको गाई फार्मको ९ विघामा गाई फार्म, गोबर ग्यास प्लान्ट र गाइवस्तुको दाना उत्पादन गर्ने प्लान्ट रहने छ भने बाँकी ४ बिघामा घाँसे मैदान तथा कार्यालय रहने कलश क्याटल फार्मिङका सञ्चालक यादव बताउँछन्।

गाई फार्ममा एक हजार गाई र एक हजार बाछी पाल्ने लक्ष्य छ। ‘फार्मबाट दैनिक ३० हजार मेट्रिक टन दूध उत्पादन हुनेछ, दैनिक डेढ सय टन गाईवस्तुको दाना उत्पादन तथा ५०० केभिएको बिजुली उत्पादन गर्ने गोबर ग्यास  प्लान्ट पनि निर्माण भइरहेको छ,’ उनले भने, ‘दाना उत्पादन हुने डेढ सय टनमध्ये  सय टन नेपालको अन्य गाई फार्मलाई बेच्छु। त्यसैगरी दैनिक ५० सय केभिएको बिजुली आफ्नै गाई फार्ममा उपयोग गरिने छ।’

३ हजार घनमिटर क्षमताको निर्माण हुने गोबर ग्यास प्लान्टबाट सिएनजी ग्यास निकाल्ने र त्यसबाट बिजुली निकाल्ने उनले बताए। यो फार्मले स्वर्णपुर र ठोरी आसपासका ३ सय जना युवालाई प्रत्यक्ष रोजगारी दिने बताइएको छ। उनलाई फार्मका लागि लगानी गर्न नेपाल बगलादेश बैंकले कृषि कर्जाअन्तर्गत ऋण सहयोग गरेको छ। गाई फार्ममा वरपरका करिब ९ हजार गाउँलेहरुले घाँस उत्पादन गरी बेच्न पाउने तथा दूध पनि बेच्न पाउने अवसर पाउने छन् ।

साभार:bizmandu.com