एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली (INTEGRATED PEST MANAGEMENT SYSTEM )

एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली  (INTEGRATED PEST MANAGEMENT SYSTEM )

| Advertisement |

Promotional banner

Khushubu Rai
Rampur campus, Institute of Agriculture and Animal Science, TU (4th semester)

 

परिचय (Introduction)

सामान्यतया शत्रुजीव भन्नाले कुनै पनि जीव जसले बोट विरुवालाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा क्षति पुर्याउने र बिरुवाहरुसँग खाद्यतत्व, पानी, प्रकाश, जमिन, आदिमा प्रतिस्पर्धा गरि बिरुवालाई अस्वस्थ पारि उत्पादनमा गुणात्मक वा परिणात्मक अथवा दुवैमा क्षति पुर्याउने जीवहरूलाई जनाउँछ। र  व्यावस्थापन भन्नाले बालीनालीमा देखापर्ने यस किसिमका अवरोधकहरुको संख्यालाई निर्मुल पारि आर्थिक रुपमा क्षति हुनबाट रोक्ने उपायका रुपमा बुझ्न सकिन्छ। सामान्य अवस्थामा बालीनालीमा असर पुर्याउँदै आइरहेका विभिन्न किराफट्यांग्रा, शंखेकिरा, चरा, मुसा, बाँदर, ढेडु, आदि र रोग  उत्पन्न गराउने ढुसी, ब्याक्टेरिया, भाइरस, झारपात र अन्य साना ठूला शाकाहारी जनावर आदि सबै बालीनालीका शत्रुजीव अन्तर्गत पर्दछन् जसले बालीको उत्पादनमा प्रत्यक्ष असर पुर्याइरहेका हुन्छन। नेपाल एक कृषि प्रधान देश हो जसको झण्डै ६५% जनसंख्या कृषि पेशामा संलग्न छन्। तर मौसम अनुसार बालीमा देखापर्ने बिभिन्न रोगकिराले गर्दा खेती प्रणालीमा धेरै कठिनाईहरु भित्र्याको छ। समय सँगसँगै देखापर्दै गएका नयाँ-नयाँ रोगकिराहरुले गर्दा कृषिलाई अझै जटिल पार्दै गइरहेको छ र तिनीहरूको रोकथाम र नियन्त्रणका लागि नयाँ-नयाँ प्रविधिको पनि विकास हुँदै गइरहेको छ। अध्ययन अनुसार नेपालको झण्डै २५% बालीमा रोगकिराको कारणले मात्रै नोक्सानी पुर्याएको पाइएको छ। त्यसैगरी विश्व बाली उत्पादनको १२.५%, विश्व अन्नबाली उत्पादनको १३.५% र एशियामा अन्नबाली उत्पादनको १४.०% मा किराहरुको संक्रमणले गर्दा क्षति पुगेको पाइएको छ। यसरी विभिन्न शत्रुजीवहरुले निम्त्याइरहेको समस्याहरुलाई नियन्त्रण गर्न कृषकहरुले आफ्नो बल बुद्धिले भ्यएसम्मा विभिन्न तरिकाहरु अपानाउदै आइरहेको पाइन्छ। यसका साथसाथै समय र विकाससँगै शत्रुजीव व्यवस्थापनको निम्ती नयाँनयाँ प्रविधिहरुको विकास भइरहेको र नयाँ तरिका र साधनहरुको पनि परिमार्जन भाइरहेका छन्। तर प्रविधिको एकतर्फी विकासले वातावरण, प्राणी तथा वनस्पतिमा पारेको नकरात्मक असारहरुलाई निर्मुल पारेर वातावरणमैत्री शत्रुजीव व्यवस्थापनका लागि एकिकृत शत्रुजीव  व्यवस्थापन प्रणाली (Integrated Pest Management System) एक उपयुक्त विकल्पका रुपमा लिइन्छ।

एकिकृत शत्रुजीव  व्यवस्थापन प्रणाली बाली-बिरुवाको बिकासमा बाधा गर्ने शत्रुजीवहरुलाई वातावरणीय असर नपर्ने गरी रोकथम गर्ने विधि हो।  यो प्रणली बाली संरक्षणको एउटा सशक्त र प्रभावकरी विधि हो जसले आर्थिक, पर्यावरणीय, प्राविधिक र मानव स्वास्थ्य सम्बन्धी बिषयमा बढी जोड दिन्छ। खेतबारीका रोगकीरा नियन्त्रण गर्न प्रयोग गरिने यसता रासायनिक विषादीहरुले शत्रुमात्र नभई मित्रजीव र मानव स्वास्थ्यमा समेत हानी पुर्यएकोले शत्रुजीव व्यवस्थापनका निम्ति रासायनिक पदार्थको प्रयोगलाई घटाऊँदै, मित्रजीवहरुको संरक्षण गर्दै र पारिस्थितिक प्रणालीको सन्तुलन कायम गरी शत्रुजीव व्यवस्थापनको धेरै तरिकाहरु एकैसाथ अपनाइन्छ। संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठन ( FAO) ले सन् १९७२ मा दिएको परिभाषा अनुसार ” मानिसले शत्रुजीवको संख्यालाई आफ्नो अनुकुल बमोजिम नियन्त्रणमा राख्न प्रयोगमा ल्याइने सबै प्रकारका प्रविधिहरु समावेश भएको अवस्था”लाई एकिकृत शत्रुजीव व्यवस्थापन भनिन्छ। यसैगरी अमेरिकी किट विज्ञान समितिको परिभाषा अनुसार ” एकअर्का बिच मेलखाने प्रविधिहरुको संयुक्त प्रयोगबाट कुनैपनि वातावरण, खेतबारी वा अन्य स्थानमा लाग्ने हानिकारक प्राणीहरुको संख्यामा नियन्त्रण गरी आर्थिक रुपमा हानी वा क्षति नपुग्ने तहसम्म राख्ने उपाय” लाई एकीकृत शत्रुजीव व्यवस्थापन भनिन्छ।

एकिकृत शत्रुजीव  व्यवस्थापन प्रणाली भन्नाले वातावरणमैत्री, पर्यावरणीय दृष्टिकोणले उपयुक्त र आर्थिक रुपाले न्यायोचित र दिगो बाली संरक्षणको विधिलाई जनाऊँदछ जसमा एक वा एकभन्दा बढी बाली संरक्षणका उपायहरु एकसाथ वा अलगअलग प्रयोग गरि शत्रुजीव व्यवस्थापनमा जोड दिइन्छ। कृषकले आफ्नो खेतबारीमा देखापरेका विभिन्न शत्रुजीवहरुको नियन्त्रण गर्न लक्षित शत्रुजीवको निम्ति खास किसिमको वातावरणसँग मेल खाने वैकल्पिक विषादीहरुको न्युन प्रयोग गर्ने जसले पर्यावरणको अन्य मित्रजीवहरुलाई असर पुर्‍याउनुहुदैन भन्ने IPM को पद्दति हो। IPM प्रणालीबाट शत्रुजीव व्यवस्थापन गर्नका लागि वातावरणमा रहेका सम्पूर्ण जीवहरु त्यसमध्यका शत्रु र मित्र जीवहरुको पहिचान गरि खास किसिम्का शत्रुजीवहरुले क्षति गर्ने बाली र क्षतिको किसिम अनि त्यसबाट हुने आर्थिक क्षति साथै तिनीहरुको विरुद्धमा प्रयोग गर्न सकिने मित्रजीवहरुको पहिचान र अन्य वैकल्पिक जैविक विधिहरुको पहिचान गरि तिनीहरुको प्रयोग गर्ने तरिकाहरुको बारेमा उचित ज्ञानको आवश्यकता भएका कारण यो पद्दति सैद्धन्तिक रुपले राम्रो भएता पनि व्यवहारमा उतार्न अलि कठिन् रहेको पाइन्छ।  यो प्रणालीमा थुप्रै तरिकाहरुलाई एकैसाथ अवलम्बन गरिने भएतापनी जैविक विधिलाई विशेष महत्व दिइन्छ। र रासायनिक विधिलाई आवश्यकता परेमा अन्तिम उपायको रुपमा प्रयोग गरिन्छ। यसरी रासायनिक विधि प्रयोग गर्दा विशेष सावधानी अपनाएर एकदम सुरक्षित तरिकाले मात्र प्रयोग गरिन्छ।

IPM प्रणालीको फाइदाहरु ( Advantages of IPM System)

यो प्रणालीले रासायनिक विषादीको जथाभावी प्रयोगलाई न्यूनीकरण गर्ने भएकाले वातावरण, मानवजीवन र पर्यावरणमै पर्न सक्ने संकटबाट बचाउँछ।  शत्रुजीवको उचित व्यवस्थापन र मित्रजीवहरुको पहिचान गरी संरक्षण र संवर्द्धन गर्न सकिन्छ। रासायनिक पदार्थको प्रयोग घटाएर घरेलु तरिकबाट रोगकीरा व्यवस्थापन गर्दा आर्थिक बचत हुनको साथै दिगो भरपर्दो र वातावरण मैत्री हुन्छ। कृषक आफैलाई आफ्नो खेतबारीमा देखापरेका रोगकीरा पहिचान गर्न र त्यसको व्यवस्थापनका निम्ति आफ्नै ज्ञान सिप प्रयोग गर्न सक्ने दक्ष तथा अनुभवी बनाउछ, जसले कृषकको आत्मविश्वास बढाउँछ। नेपालको सन्दर्भमा धेरै जसो कृषकद्वारा विषादीको सुरक्षित प्रयोग नभएको हुनाले उनीहरुकै संलग्नतामा विषादीको दुष्परिणाम बारे सचेत पार्दै घरलु स्रोतसाधनको प्रयोगबाट सहज ढंगमा आफ्नै अनुभवको प्रयोग गरि रोगकीरा व्यवस्थापन गर्न सकिन्छ। त्यसले गर्दा  व्यवहारिक प्रविधिहरुको विकास, अनुसन्धान र दक्ष जनशाक्तिको समेत विकास  हुँदैजान्छ। रासायनिक विषादीहरुको आयात गर्दा बाहिरिने   करोडौ रुपैया बचाएर देशको आर्थिक पक्षलाई थप सबल पारि राष्ट्रिय हितमा समेत योगदान पुर्याउन सकिन्छ।

IPM का बेफाईदाहरु ( Disadvantages of IPM)

गरेर सिकिन्छ भन्ने अवधारणा बोकेको यो प्रविधिले कृषकलाई खास किसिमको रोगकीराको पहिचान गरि तिनको उचित व्यवस्थापन पद्दति अपनाउन सक्ने दक्ष बनाउन बढी अनुभव र समयको खांचो पर्दछ। परम्पारगत शत्रुजीव व्यवस्थापन प्रणाली भन्दा सुरुवतमा बढी खर्चिलो पनि हुनसक्छ। नेपालको सन्दर्भमा प्रायजसो कृषकहरुमा रोगकीरा बिरुद्द जथाभावी प्रयोग गरिने रासायनिक  विषादीले जीवन र पर्यावरणमा पार्ने असरहरुको बारेमा आधारभुत ज्ञान नभएकाले IPM प्रणली व्यवहरमा उतार्न कठिन हुनसक्छ। छोटो समयकै लागि भएपनी विषादी प्रयोग सहज, बाहिरी रुपमा आकर्षित  र स्वास्थ्य बाली अनि छिटो प्रभावकारी नतिजा देखाउनाले कृषकहरु रासायनिक विषदीतर्फ नै बढि आकर्षित भएको पाईन्छ।

IPM को ईतिहास ( History of IPM)

विश्वमा रासायनिक विषादीको प्रयोग इसा पुर्व २०० ताका देखि नै सुरुवात भएको पाईन्छ। त्यसपछी समयसंगसंगै नयाँनयाँ प्रविधिहरुसंगै अझ कडा विषादीहरुको विकासको क्रम पनि बढ्दै गएको पाईन्छ। खासगरी दोस्रो विश्वयुद्धप रासायनिकपछि विषादीको प्रयोगले अझ धेरै व्याकपता पायो र यसको अनुसरण गर्दै आइयो। यसरी बालीनालीको उत्पादन पढाउन र त्यहा देखापरेका शत्रुजीवहरुको व्यवस्थापन गर्न रासायनिक विषादीको उच्च प्रयोगले गर्द रोगकीराहरु विस्तारै विषादी प्रतिरोधी बन्दै गए जसले गर्द रासायनिक संकट ( chemical crisis) समेत हुनसक्ने परिस्थितिको सिर्जना भयो।

सन् १९३९ मा Paul  Muller ले पहिलोपटक DDT(Dichlorodiphenyltrichloroethane) को किट्नाशक प्रकृतिको पहिचान गरे जसका निम्ति सन् १९४८ मा उनी नोबेल पुरस्कारले सम्मानित समेत भए। सन् १९६० सम्म आइपुग्दा  विश्वका सबै देशहरुमा विभिन्न बाहानामा रासायनिक विषादीको प्रयोगले चरम रुप लिन पुग्यो। तर सन् १९६२ मा एक अमेरिकी जिवशास्त्री Rochel Carsonले ‘ Silent Spring ‘ नामक एउटा पुस्तक मार्फत रासायनिक विषादी र यसको  प्रयोगले  पर्यावरण र जिवजन्तुमा पर्ने असर बारे सन्देश प्रवाह गरेपछि विश्व जाग्रित हुन पुग्यो र त्यसपछि घातक रासायनिक विषादीको विकल्प बारे सोच्ने थालियो। सन् १९६० को दशकदेखि IPM भन्ने शब्दको पहिलोपटक प्रयोग गरियो। सन् १९७२-१९८० सम्म FAO ले IPM कार्यक्रमलाई ईन्डोनेशिया ले देशभित्र रासायनिक विषादीहरुको उत्पादन र किनबेच सम्म प्रतिबन्ध लगाई IPM को सुरुवात भयो। सन् १९९२ म ब्राजिलको रियो दि जेनेरियो मा सम्पन्न संयुक्त राष्ट्रसंघद्वारा आयोजित “वातावरण र विकास” नामक सम्मेलनबाट IPM प्रविधि नै उपयुक्त विकल्प ठहर गर्दै सार्वजनिक रुपमा पारित गरियो।

त्यसैगरी नेपालमा पहिलो पटक औंलो रोग नियन्त्रण गर्ने लामखुट्टे मार्ने बहानामा नेपाल स्वास्थ्य मन्त्रालयद्वारा सन् १९५० को दशकमा अमेरिकाबाट DDT नेपाल भित्र्याएको थियो। सन् १९५४ मा MOAC( Ministry of Agriculture and Co-operatives)ले बालीनालीमा देखापर्ने शत्रुजीव व्यवस्थापनका निम्ति DDT प्रयोग गरियो। सन् १९९० सालमा गण्डकी जलविद्युत परियोजनाले औंलो रोग नियन्त्रन गर्न DDT को भारी मात्रामा आयात गर्यो। सन् १९९६ मा नेपालको मध्य भाग (चितवन) तिर कैयौं हेक्टर क्षेत्रफलमा लगाइएको धानबारीमा ब्राउन र ह्वाइट प्लान्ट होप्पर्स ले भयवह रुपमा क्षति पुर्याएपछि सन् १९९७ मा नेपालले FAO को सामुदायिक एकिकृत  शत्रुजीव व्यवस्थापन  कार्यक्रमको हिस्सा बन्न पुग्यो। र त्यहि सालदेखि कृषक पाठशाला को माध्यमबाट IPM को सुरुवात गरी हाल करिब देशैभरि यो कार्यक्रम सञ्चालन भइरहेको छ।

IPM का मुख्य सिद्धान्तहरु (Principles of IPM system) 

खेतबारिमा देखापरेका शत्रुजीवहरु ब्यबस्थापन गर्न प्रयोग गरिएको रासायनिक विषादीको असरलाई महसुस गर्दै यसको बिकल्पको रुपमा बिकास भएको यो प्रबिधिलाई ब्यक्ति वा देश बिशेषले फरक ढंगमा बुझेको र व्याख्या गरेको पाइन्छ। धेरैजसोले भने अधिक र असुरक्षित रुपमा प्रयोग भाइरहेको रासायनिक बिषादीहरुको प्रयोगलाई बिस्तारै न्युनिकरण गर्दै त्यसको विकल्पको रुपमा यो IPM प्रबिधिलाई विस्तार गर्दै जाने जसले गर्दा उत्पादन र उत्पादकत्वमा एक्कासी असुन्तलन हुन नदिइ घातक रासायनिक विषादीको प्रयोगनै बन्द गर्ने रुपमा व्याख्या गरेको पाइन्छ। IPM एउटा व्यबहारिक विज्ञान हो। आफ्नै भोगाई  र गराईबाट सिक्दै जाने क्रम हो। जती धेरै अनुभव बटुल्न सक्यो त्यति नै धेरै यो बिषयको ज्ञाता बन्न सकिन्छ । एकठाउमा उपयुक्त भएको IPM प्रविधि अर्को ठाउमा व्यबहारिक नहुन पनि सक्छ र एक पटक विकास भएको प्रविधि सधैंसधैंका निम्ति उचित नहुन पनि सक्छ। एकीकृत शत्रुजीव व्यबस्थापन प्रणालीमा स्थानिय स्रोतसाधानको प्रयोग गरी वातावरणमैत्री र सरल जैविक प्रविधिलाई उच्च स्थानमा राखिन्छ। तर रासायनिक विषादीको प्रयोगलाई एकस्सी रोक लगाउदा पर्न सक्ने असारलाई ध्यानमा राखेर यस IPM प्रणालीले हाल प्रयोगमा रहेका घातक विषादीहरुलाई प्रतिबन्ध गर्दै जाने र अनि कम घताक विषादीहरुको प्रयोगलाई सुरक्षित तरिकाहरु अपनाउदै  विषादीको दुरूपयोग रोक्न जनचेतना फैलाउदै IPM लाई कृषक समुदायसम्म बिस्तार गर्दै जाने कार्यलाई समेटेर मात्र आफ्नो लक्ष्य पुग्ने उद्देश्य राखेको पाइन्छ।

हालसम्म विकास भएका IPM का सिद्धान्तहरु मध्य नेपालमा मुख्य यी चार सिद्धान्तहरु अनुसरण गर्दै आएको पाइएकोछ।

१.स्वास्थ्यबाली उत्पादन

स्वास्थ्यबाली उत्पादन IPM को प्रथम र महत्त्वपूर्ण सिद्धान्त हो,जसमा खेतिगर्ने तरिकामा बढी ध्यान दिइन्छ। रोगकीरा लागेर बालीमा क्षति पुर्याउन थालेपछि त्यसको विकल्प खोज्नु भन्दा पनि सकेसम्म सुरुकै अवस्थामा रोग किरा लाग्न नदिएर स्वास्थ्य बाली उत्पादन गर्न सक्यौं भने रासायनिक उकालीको प्रयोग न्यूनीकरण गर्न सकिन्छ। यस सिद्धान्त अनुसार र किरा अवरोधहरु जातहरु लगाउने, स्वास्थ्य बिउको उपयोग गर्ने, बिऊबाट सर्ने रोगहरु लाग्न नदिन बिऊ छर्न पूर्व ढुशिनाशक विषादीले बिऊ उपचार गर्ने,  बाली लगाउन पूर्व झारपात राम्ररी हटाएर खेतबारीको चारैकुना राम्ररी सफाइ गर्ने, बालीलाई उपयुक्त समयमा लगाउने, सन्तुलित खाद्यतत्व व्यवस्थापनको लागि उचित मलखादको व्यावस्था गर्ने, उचित सिँचाइको प्रबन्ध मिलाउने, आवश्यकताअनुसार बेलाबेलामा गोडमेल गर्ने र सकेसम्म रोगकिरा ब्याबस्थापनका घरेलु तथा जैविक तरिकाहरु अपनाउने कार्यहरु गरिन्छ।

२.खेतबारीको नियमित अवलोकन गर्ने

एकीकृत शत्रु जीव व्यवस्थापन प्रणालीको यो सिद्दान्त अनुसार कृषक स्वयंले बालीनाली लगाएदेखि बाली  नभित्र्याइन्जेलसम्म आफ्नो खेतबारीको नियमित अवलोकन गर्नुपर्ने बुझिन्छ। योे IPM को दोस्रो महत्त्वपूर्ण सिद्धान्त हो। यसलाई कृषि-पर्यावरणीय अध्ययन विश्लेषण (Agro-ecosystem अनल्य्सिस) पनि भनिन्छ। यसरी खेतबारीको नियमित अवलोकन गर्दा उनीहरु खेतबारीमा देखिने रोग किराहरु सँग राम्ररी परिचित हुने र कस्तो किसिमको रोग किराले कस्तो वा कुन बालीमा बढी क्षति पुर्याउँछ र क्षतीको किसिम कस्तो हुन्छ, कुन किराको कुन अवस्थाले बिरुवाको कुन अवस्थामा कसरी असर पुर्याउँछ, तिनीहरूलाई नियन्त्रण गर्न आवश्यक छ या छैन, ती रोगकिराहरुका प्राकृतिक शत्रुजीव छन् कि छैनन् कुन  मौसममा कुन किराको प्रकोप बढी देखिन्छ, आदि इत्यादि विषयमा नियमित अध्ययन गरिन्छ। यसले गर्दा कृषक अझ बढी सतर्क र अनुभवी बन्ने र  आफ्नो खेतबारीमा देखिएका किराहरु मध्ये शत्रु र मित्र जीवहरूको पहिचान गरी शत्रुजीव व्यवस्थापन साथै खेतबारीमा आइपर्ने विभिन्न समस्याहरुको समाधानका उपायहरु आँफै पत्ता लगाउनसक्दछन।  सकेसम्म खेतबारीको दैनिक अबलोकन गर्न सके झन् प्रभावकारी हुन्छ। यसरी अवलोकन गर्दा दिनको फरक-फरक समय (बिहानी, देउसो,बेलुकी) पारेर किराहरूको गतिविधिहरु अध्ययन गर्नुपर्दछ।

३. मित्र जीवहरूको संरक्षण गर्ने

हामीले शत्रुजीव व्यवस्थापनको नाममा जथाभाबी प्रयोग गरिरहेको रसायनिक विषादीहरुले प्रकृतिमा रहेका मित्र जीवहरूलाई पनि प्रत्यक्ष असर पारेको हुन्छ। त्यसैले यस किसिमका विषादीहरुको प्रयोग गर्दा लक्षित वर्गका रोगकिरालाई तोकिएको विषादी सहि तरिकाले सहि मात्रामा र सहि समयमा सुरक्षित तरिकाले प्रयोग गर्नुपर्छ जसलेगर्दा त्यहाका मित्रजीवहरुलाई असार नपुगोस। IPM को यो सिद्धान्तअनुसार प्रकृतिमा पाइने मित्र जीवहरूको प्रयोग गरेर यहाँका शत्रुहरूलाई नष्ट गरिन्छ, जसले गर्दा पारिस्थितिक प्रणाली  पनि सन्तुलन रहने र प्रकृतिका अन्य कुराहरुमा पनि असर पुग्दैन। खेतबारीको नियमित अवलोकन गर्दा त्यहाँ देखिने विभिन्न शत्रुजीव तथा मित्रजीवहरूको पहिचान गरिन्छ र उनीहरूको विचको अन्तरसम्बन्धलाई अध्ययन गरी कुन जीव कस्को विरुद्ध प्रयोग गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाइन्छ र त्यसैअनुसार मित्रजीवहरूको पहिचान गरी बालीनालिका रोगकिराको नियन्त्रण गरिन्छ।

४. कृषकहरुलाई दक्ष बनाउने

IPM को मुख्य उद्देश्यनै कृषकहरु आफैंलाई आफ्नो खेतबारीमा देखापर्ने रोगकिरहरु विरुद्ध वैकल्पिक तरिकाहरु सोच्न सक्ने बनाउनु हो। यसरी कृषकलाई आफ्नै अनुभवबाट दक्ष बनाई ज्ञान सीप र प्रविधि फैलाउन कृषक स्वयंलाई स्रोतव्यक्तिको रुपमा परिचालन गरी प्रविधिको समेत प्रसार  गरिन्छ। यसरी कृषक कै संलग्नतामा परिचालन गरिने विभिन्न कार्यक्रमहरुले प्राविधिक ज्ञानलाई सहज र प्रभावकारी रुपमा बुझ्न र बुझाउन मद्दत गर्दछ। मौसम अनुसार बालीमा देखापर्ने विभिन्न रोगकिराको असरबारे कृषकलाई बेलैमा सचेत भएर त्यसबाट बच्नका लागि विभिन्न उपायहरु को सिर्जना गर्नसक्ने बनाउँछ। यसरी रोगकिराको नियमित अवलोकन र त्यसका विरुद्धमा अपनाएका आफ्नै स्रोत साधन र ज्ञान सीप ले एक अनुभवी कृषकलाई एक सफल वैज्ञानिक बनाउँछ।

स्थानीय अवस्थामा पाइने केही शत्रु तथा मित्रजीवहरु;

मित्रजीवहरु शत्रुजीवहरु
लाही माकुरा
गबारो बाघे खपटे
फौजी किरा स्त्री स्वभावका खपटे
औस जालीदार पखेरा भएका किराहरु
पतेरा जुनकिरीहरु
फड्के किरा नमस्ते किरा
खुम्रे किरा गाइने किरा

फरक रोगकिराहरुविरुद्धअपनाउन सकिने IPM का केही विधिहरू(Some methods of IPM that can be adopted against different pests

१. बोडिको घुन (Bean weevil)- Acanthoscelides obtectus

यो किरा बोडी लगायत Fabaceae समुहमा पर्ने अन्य बालीहरुमा देखिन्छ। खेतबारीमा फल्दै गरेको बालीदेखि भकारीमा भण्डारण गरिएको बिऊबिजनमा समेत यसले क्षति पुराएको पाइन्छ। पोथी घुनले बोडीको कोसा वा दानामा अण्डा पारेर छोडेको केही दिनमा लर्भा अवस्था विकास हुन्छ जसले बोडीको दाना छाडेर नराम्ररी क्षति पुर्याउँछ। लर्भा अवस्थापछि प्युपा र वयस्कमा विकास भई सानो प्वाल पारेर बाहिर निस्कन्छ। यसले बाली  उत्पादनको 50 देखि 60 प्रतिशतमा ह्रास ल्याउन सक्छ। यो किरा नियन्त्रण गर्न स्वास्थ्य बिऊहरु मात्र छन्ने, बेलाबेलामा खेतबारी वा भण्डारण गरेको ठाउँमा अवलोकन गरी संक्रमित बिरुवा वा दानाहरुलाई हटाउनु पर्छ। भण्डारण गरेको ठाउँको तापक्रम 0 डिग्री सेल्सियस भन्दाकम गर्न सकियो भने यो किराको वृद्धि विकास रोक्न सकिन्छ।

२. अमेरिकी फौजी किरा ( American fall armyworm) – Spodoptera furgiperda

हाल नेपालको कृषि प्रणालीमै एकदम भयवह रुपमा क्षति पुर्याएको यो किराले देशको तराईदेखि पहाडसम्मका विभिन्न बालीहरु(मकै,धान,जुनेलो, आदि)मा एकदम ह्रास पुर्याएको छ। यो किराको नियन्त्रणका निम्ति विज्ञहरूद्वारा विभिन्न अध्ययन-अनुसन्धान भइसकेको र अझै भइरहेको छ। हालसालै नेपाल मकैबाली अनुसन्धान केन्द्र, रामपुर चितवनले स्थानीय वनस्पति जस्तै तितेपाती, असुरो, निम, बकाइनो, खोसानी, नुन आदिको झोल बनाई गाईको पिसाबमा उमालेर तयार पारेको रषादीलाई पानीसँग पानीको अवस्था हेरी १:३ वा १:५ को अनुपातमा प्रयोग गर्दा यो किरा नियन्त्रणमा एकदमै राम्रो नतिजा पाइएको विज्ञहरुले बताएका छन्।

३. मकैको डाठमा लाग्ने गवारो  (European corn borer) – Ostrinia nubillalis

यो पुतली वर्गको एक प्रजाति हो जसले मकै कोदो जन्मेर जस्ता थुप्रै बालीहरूमा क्षति पुर्याउँदछ। यो किराको लार्भाले बिरुवाको डाँठ छेडेर विरुवाको vascular tissues लाई क्षति पुर्याउँछ जसले गर्दा बिरुवा कमजोर भएर ढल्न सक्छ। यो किरा नियन्त्रण गर्न अण्डा परजीवीहरु जस्तै Trichogramma spp को प्रयोग गर्न सक्छौं जसले यो किराको अण्डामा आफ्नो लर्भा हुर्काउछ र यो किराको अण्डालाई नष्ट गरिदिन्छ। त्यसैगरी पहिलो अवस्थाको लर्भा बिरुद्द Bacillus thuringiensis नामक व्याक्टेरिया प्रयोग गर्न सकिन्छ। र वयस्कहरुको निम्ति बत्ती र फेरोमोने पासोको प्रयोग गर्न सकिन्छ।

४.   गहुँको कालो सिन्दुरे रोग ( Black stem rust in wheat)

यो रोग Puccinia graminis भन्ने ढुसीको कारणले लाग्दछ। यो रोग नियन्त्रण गर्नकालागि खेतबारीको गहिरो खनजोत गर्ने, झरपात हटाइ राम्ररी सरसफाइ गर्ने, घुम्ती बाली लगाउने,युरिया मलको अत्याधिक प्रयोग नगर्ने,रोगप्रतिरोधी जातहरु लगाउने आदि उपाय गर्न सकिन्छ।

IPM कृषक पाठशाला ( IPM Farmer’s Field School)

IPM कृषक पाठशाला भनेको IPM का सिद्धान्तहरुलाई व्यवहारमा उतार्नका निम्ति कृषकको सहभागितामा कृषककै खेतबारीमा सञ्चालन गरिने कार्यक्रम हो। यसमा कृषकको खेतबारीको अवस्थालाई राम्ररी अध्ययन गरेर त्यहाँ देखापरेका समस्याहरुको अवलोकन गरेर उनीहरूविरुद्ध अपनाउन सकिने प्रविधिहरु बारे सामूहिक छलफल गरिन्छ। खेतबारी खनजोत गरेदेखि बाली  नभित्र्याइन्जेलसम्म कृषकहरुलाई बिषय विज्ञहरूले पूर्णरुपमा मार्गदर्शन देखाउछन्। यसरी विज्ञहरुको संगै एकै ठाउँमा बसेर गरिएको छलफलले कृषकहरुमा व्यवहारिक ज्ञान मात्र नभई आत्मविश्वास पनि बढाउँछ। कृषक पाठशाला को मुख्य सिद्दान्त नै गरेर सिक्ने ‘learning by doing ‘ हो। कृषकहरुलाई IPM को तालिम दिनुपर्छ भन्ने सोचको सुरुवात फिलिपिन्सबाट भएको हो र यसलाई परिमार्जन गर्दै कृषक पाठशालाको मोडेलमा परिमार्जन गर्ने पहिलो देश इन्डोनेसिया हो (ई.सं १९५९)।

यसरी इन्डोनेसिया, भेइतनाम, बङ्गलादेश, भारत हुँदै यसको विस्तार नेपालसम्म भएको हो। एउटा कृषक पाठशाला को अध्ययन गर्ने क्षेत्रको क्षेत्रफल कम्तिमा १००० वर्ग.मि हुन्छ। २४-२५ जना सदस्यहरु भएका यो पाठशालामा ४-५ जनाको उप-समूहहरु बनाएर अध्ययन र छलफल गर्ने गरिन्छ, यसले गर्दा सिक्ने र सिकाउने प्रक्रिया अझ प्रभावकारी हुन्छ। हरेक कृषकले हरेक हप्ताको सामुहिक छलफलमा आ-आफ्नो नयाँ विचारहरु एक आपसमा साटासाट गर्ने हुनाले कृषक आफैं दक्ष र अनुभवी बन्छन।

IPM कृषक पाठशाला को तालिम पद्धति निम्न सिद्धान्तहरु मा आधारित छन्;

-सुनेर देखेर भन्दा गरेर बढी सिकिन्छ।

-अनुभवहरुनै सिकाइको सुरुवात हो।

-कृषकको खेतीबारी नै कृषक पाठशाला हो।

-कृषकहरु आफै दक्ष निर्णयकर्ता बन्दछन्।

-कृषक पाठशाला को विषयवस्तुको चयन स्थानीय आवश्यकता र अवस्थाले निर्धारण गर्दछ।

 

उपसंहार (summary)

बढ्दो जनसंख्या र शहरीकरणले गर्द कृषियोग्य जमिन घट्दो छ। थोरै जमिनमा बढ्दो पेटको भोक टार्न कृषिमा हुँदै आइरहेको अधुनिकिकारण र प्रविधि विकाससंगै रासायनिक विषादीको उच्च र असुरक्षित प्रयोगले गर्दा पर्यावरण, जीवजन्तु र मानिसको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पुर्‍याइरहेको छ। त्यसैले रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै स्थानिय स्रोतसाधनको प्रयोग गरि जैविक पद्दतिबाट शत्रुजीव व्यवस्थापन गरि दिगो कृषिविकासर जैविक कृषि क्रान्तिमा एकीकृत शत्रु जीव व्यवस्थापन प्रणालीले विशेष योगदान पुर्याउन सक्छ।