काउली तथा बन्दा तरकारी बालीका मुख्य रोग, कीराहरू र तिनका नियन्त्रण का उपाय

काउली तथा बन्दा तरकारी बालीका मुख्य रोग, कीराहरू र तिनका नियन्त्रण का उपाय

यस लेखमा काउली तथा बन्दा तरकारी बालीका मुख्य रोग, कीराहरू र तिनका नियन्त्रणका लागी रासायनिक विषादीको र प्रांगारिक तथा जैविक विषादी दुबै थरिका प्रयोग तथा नियन्त्रणका विधी र उपायहरू लाई सकेसम्म मेहनत गरी कृषकहरू माझ पस्केको छु । छुट्ठ्राछुट्ठै तल उल्लेख गरिएका यी तरिका अनुसारका उपाय अपनाएमा रोग कीराहरूको प्रकोप घटाई नियन्त्रण गर्न सकिन्छ ।

काउली तथा बन्दा तरकारी बालीका मुख्यरोगहरू

बेर्ना कुहिने रोग यो रोग पीथीयम जातको ढुसीवाट लाग्दछ् । रोपेको बीउ टुसाउने वित्तिकै माटो भित्रै वा उम्री सकेको विरुवा भित्र कुहिएर मर्दछ । उपचारको लागी » क्याप्टान वा थाइरम २.५ ग्राम प्रति कीलोका दरले बीउ उपचार गर्नु पदर्छ । » नर्सरि बनाउने ठाउँमा जग्गा तयार गर्दा प्रति बर्गमिटर १ ग्राम बेभिष्टिन प्रति १ लिटर पानीमा घोली माटोको उपचार गर्नु पर्दछ । गाठेरोग यो रोग प्लाज्मोडीओफोरा व्रासीकी नामको ढूसीबाट लाग्दछ । जरामा गाँठा देखिन्छ । बोट होचो र कमजोर देखिन्छ । बिहान बोट स्वाथ्य देखिन्छ तर चर्को घाम हँुदा ओईलाउँदछ । २ हप्ता पछी मुल जरामा विभिन्न प्रकारका गाँठा र सहायक जरामा स–साना अांैला जस्ता गाठाहरू देखिन्छ । पछी गाठा कुहिन्छन् र बोट मदर्छ । यस रोगबाट उत्पादनमा १८–८७% सम्म क्षती भएको पाइएको छ ।

यसको रोकथाम तथा उपचारको लागी

» रोग मुक्त र्बेना प्रयोग गर्ने निकासाको राम्रो प्रवन्ध गर्ने,

» छिपिएको बेर्ना प्रयोग गर्ने । खेतवारी सफा राख्ने ।

» गोबरमल र प्राङगारीक मलखाद प्रयोग गर्ने ।

» ट्राईकोडर्माभीरीडी− वायो– ढुसिनाशक प्रयोग गर्ने ।

» अग्लो डयाङ बनाउने । » घुम्ती वालीको मिश्रीत बाली , बहुवाली प्रयोग गर्ने

» जमीनको तयारी गर्ने बलामा नै नेबिजिन नामक बिषादि माटोमा १० केजि÷रोपनी मिलाई दिनु पर्दछ । सोहि नेबिजिन नामक बिषादि २ ग्राम प्रति १ लिटर पानीमा घोली काउली तथा बन्दा रोप्ने डयाङमा भिज्ने गरी माटोको उपचार गर्नु पर्दछ । नेबिजिन नामक बिषादि नपाइएमा बेर्ना सार्ने बेलमा सम्पूर्ण बेर्नाको जरा भिज्ने गरी बेन्लेट बिषादि ५ग्राम प्रति १ लिटर पानीमा मिसाइएको घोलमा १५ देखि २० मिनट सम्म काउली तथा बन्दाको जरा डुबाएर मात्र सार्ने । सो बिषादि पनि नपाइएमा २ ग्राम बेभिष्टिन प्रति १ लिटर पानीमा घोली जरा डुबाउने र सो बाँकी चौथाइ झोल प्रत्येक बोटको फेदको वरिपरि खन्याउने। यसो गर्नाले रोगको प्रकोप केहि हदसम्म कम भएको पाइएको छ । अल्टरनेरीय लिफ स्पोट रोग यो रोग अल्टरनेरीया ब्रासिसिकोला र अल्टरनेरीय ब्रासिीकी भन्ने ढुसि जन्य जिबाणुबाट लाग्दछ । बेर्ना देखि नै यो रोग लाग्दछ । पातको माथिल्लो सतहमा स–सानो खेरौ वा कालो दाग देखा पर्दछ । यो दाग पछि चक्का चक्कामा बन्छ र चिस्यान बढ्दै जादा रोग बढ्दै जान्छ ,डाँठ र कोसामा पनि देखा पर्दछ र बोट कालो भई मर्दछ पुराना पातमा बढि रोग लाग्छ । यो रोग बीउ, हावा अन्य रोग वाहक बोट विरुवाबाट पनि सर्दछ ।

रोकथाम तथा उपचार

» खेतबारी सफा राख्ने » रोग मुक्त बना, घुम्ती वालीको प्रयोग गर्ने

» निकासको राम्रो प्रबन्ध गर्ने

» क्याप्टान वा थाइरम वा बेभिष्टिन २ ग्राम प्रति किलोका दरले बीउ उपचार गरेर मात्र रोप्ने गर्नु पदर्छ ।

डाठ कुहिने रोग

यो रोग स्केलेरोटीनिया स्क्लेरी सीयरम भन्ने ढुसिबाट लाग्दछ । काउली तथा बन्दाको डाँठमा पानीले भिजे जस्तो सानो खैरो रगंका थोप्लाहरू देखापर्दछन् । डाँठको चारै तिर सेतो धागो वा जाली जस्तो ढुसी उम्रेर घेरा पार्दै जान्छ । डाँठको माथिल्लो भाग तिर पनि सेतो ढुसि देखिन थाल्दछ । विस्तारै डाठ कुहिन थाल्दछ ।

नियन्त्रणका उपाय धान बालि लगाउने रोग लाग्ने बालि भएको क्षेत्रमा १ महिना सम्म पानी जमाउने गर्नु पदर्छ । रोकथाम तथा उपचार

» खेत बारि सफा राख्ने

» रोग मुक्त र्बेना, घुम्ती वालीको प्रयोग गर्ने

» निकासको राम्रो प्रबन्ध गर्ने

» क्याप्टान वा थाइरम वा बेभिष्टिन २ ग्राम प्रति किलोका दरले बीउ उपचार गरेर मात्र रोप्ने गर्नु पदर्छ ।

डाउनी मील्डयूः

यो पोरोनोस्पोरा पारासटिका नामको ढुसिबाट लाग्दछ । पातको माथिल्लो सतहमा पहेंला दागहरू देखा पर्दछन् र तल्लो सतहमा ढुसी जिबाणु हरू सेता धुलोका कणहरू कपास जस्तै फैलिन्छ ।

रोकथाम तथा उपचार

» क्याप्टान वा थाइरम वा बेभिष्टिन २ ग्राम प्रति किलोका दरले बीउ उपचार गरेर मात्र रोप्ने गर्नु पदर्छ ।

» रोग अवरोधक जात वा रोग सहन सक्ने जात लगाउने

» अन्नवाली सगँ घुम्तीवाली लगाउने ,

» काराथेन २–३ ग्राम प्रति लिटर पानीमा मिसाउने र वोट विरुवाहरूमा तलदेखि माथिसम्म राम्ररी भिज्ने गरी यसलाई रोगको÷विरुवाको अवस्था हेरी ५–७ दिनको फरकमा स्प्रे गर्ने ।

कालो कुहिने वा सड्ने रोग

यो रोग जोन्थोमोनास क्याम्पेस्ट्रीप भन्ने शांकाणुबाट लाग्दछ । रोग पातको किनाराबाट शुरु भएको कालो कुहिने रोग रोगको भि आकारका पहेलो दाग हरू देखा पर्दछन् । मुख्य नसा र उप नसा विस्तारै पहेलिदै जान्छ र पछि डाँठ पनि कुहिन जान्छ ।

रोकथाम तथा उपचार

» रोग अवरोधक जात वा रोग सहन सक्ने जात लगाउने,

» छिप्पिएको र्बेना प्रयोग गर्ने । » अन्नवाली सगँ घुम्तीवाली लगाउने ,

» रोग निरोधक जात लगाउने ,

» टाटामास्ता २ एम एल, स्टे

«प्टोसाईक्लीन १ एम एल १ लि पानीमा मिसाई छर्ने ।

काउली तथा बन्दा वालीमा लाग्ने मुख्य कीराहरू

काउली तथा बन्दालाई विभिन्न किराहरूले आक्रमण गर्दछन् । ती किराहरूमध्ये १) फेदकटुवा २) बन्दाको पुतली ३) एफिड ४) सेतोपुतलिले आर्थिक दृष्टिकोणले केहि हदसम्म क्षती पु¥याएको पाईन्छ ।

फेदकटुवा

यसको लाभ्रे अवस्थाको कीराले काउली तथा बन्दा तरकारी वालीलाई विगार गर्दछ । यसको लाभ्रे ध्वासे रगंको ४०–४३ मी.मी जीउमा अस्टपस्ट धर्साहरू हँुदा गुजिल्टीने हुन्छ । यसले राती फेद काट्छ र माटो मुनी गएर लुकेर वसेको हुन्छ ।

रोकथाम तथा उपचार

खेतबारी सफा राख्ने र काउली तथा बन्दा बेर्ना सार्नु अघि माटोलाई क्लोरोडेन ५% धुलोले प्रति रोपनी १ के.जी को दरले उपचार गर्ने । मालाथीयन ५ के.जी वा सुमीथायन वा थायोडेन २ एम्.एल् १ लि. पानीमा राखी स्पे्र गर्ने ।

बन्दाको पुतली

यसको लाभ्रेले पात खाई क्षती पु¥याउँदछ । यो लाभ्रेको ढाडमा ३ वटा पहेला धर्साहरू र स–साना रौ हुन्छन् । यसले पातलाई खाई नङग्याई दिन्छ र काउली,वन्दामा प्वाल पार्दछ । यीनका पात मुनी पहेला फुलहरू झुप्पा झुप्पामा पार्दछ र लाभे्रहरू पनि झुप्पामा बसी पात खाइरहेको देखिन्छन् ।

एफीडस्

वयस्क लाही सानो, हरियो, पहेंलो मिसिएको हरियो अथवा कालो रंगको हुन्छ । हरियो रंगको नरम वयस्क र बच्चा कीराले पात डाँठमा बसि रस चुस्दछ र क्षती पु¥याउदछ । पातहरू खुम्चीएका हुन्छन् । यसले बिरुवामा भाइरस रोग पनि ल्याँउदछ ।

रोकथाम तथा उपचार

लाही कीराहरू देखिना साथ मालाथीयन ५० ई.सी. प्रति लिटर पानीमा १ मि.लि को झोल वा नुभान प्रति १.५ लिटर पानीमा १ मि.लि वा रोगर ४० ई.सी. प्रति ४ लिटर पानीमा ५ मि.लि वा थायोडान ३५ ई.सी. प्रति लिटर पानीमा १.५ मि.लि. को झोलले बोट उपचार गर्ने । यदि ४÷५ दिनमै फल टिप्नु पर्ने अवस्था छ भने नुभानको प्रयोग उपयुक्त हुन्छ ।

सेतोपुतली

यसले काउली तथा बन्दा लाई सुरु देखी अन्त्यसम्म सताई राखेको हुन्छ । यीनीहरूले पातमा बसी रस चुस्दछन र बोटलाई क्षती पु¥याँउदछ । पातहरू पहेंला हुन्छन् । बच्चाहरूले मह जस्तो पदार्थ पैदा गर्दछन् र ९कजययतथ mयगमि० सुटिमोल्ड उत्पादन गर्दछ । जसले वोटलाई वढ्न दिदैन र गुणस्तर फल हुदँैन । काउली विग्रने अन्यकारणहरूः काउली बाली विग्रने धेरै कारणहरू छन् ति कारणहरू मध्ये केही कारणहरू यस प्रकार छन् ।

» बोरोन शूक्ष्म तत्वको कमीः बोरोन तत्वको अर्को नाम सूहाग हो । यो तत्व माटोमा नै शूक्ष्म रूपमा पाईन्छ तापनी धेरै बर्ष खेती गरी रहदा यसको कमी हुन सकदछ । यस बोरोन तत्वको मात्रा कमी भएमा फूल र डाठको मध्य भागमा खोक्रो र कालोपन देखिन्छ । पछि फुलको माथिल्लो सतहमा बैजनी रंगको (खैरा ेरंग) विकास हुन्छ । यस्तो कोपीलाई खादा स्वाद तीतो र खि¥याउने हुन्छ । फुल विस्तारै खैरो भएर जान्छ । यसको नियन्त्रणको लागि ७०० ग्राम बोरेक्स प्रति रोपनी जमीनमा जमीनको तयारी गर्ने बेलामा माटोमा मिसाई दिने वा ५ ग्राम बोरेक्स प्रति लि. पानीको दरले (७०० ग्राम बोरेक्स÷रोपनीमा) स्प्रे गर्ने ।

» मोलिब्डेनम शूक्ष्म तत्वको कमीः यो पनि बोरोन जस्तै पदार्थ हो । यो तत्वको कमी भएमा काउलीको कलीला पातहरू डाडूु जस्ता भई खुम्चन्छ । पछि पातको किनारा सुक्दै जान्छ र अन्त्यमा बोटको डाँठमात्र रहन्छ । यसलाई ह्वीपटेल रोग पनि भनिन्छ । अम्लीय माटोमा यो लक्षण स्पष्ट देखिन्छ । यसको नियन्त्रणको लागि सोडीयम वा अमोनीयम मोलिडेट माटोमा हाल्नु पर्दछ ।

» रिसिनेसः काउलीको फुलमा एक प्रकारको हरियो रंगको भुूस निस्की त्यसको गूणस्तरमा ह्रास आउने हुन्छ । जसले गर्दा उत्पादनमा नराम्रो क्षती पु¥याँउदछ । यसो हुनुको मुख्य कारण मौसम, तापक्रम र जात उपुूक्त नहुनु हो । अगौटे वा पछौटे जातहरूको पहिचान गरी ठिक मौसममा उपयूक्त जातको मात्र खेती गनूु पर्दछ ।

» बटनिङ्गः समय नपुग्दै सानो गूच्चा जत्रो फुल फुल्नुलाई बटनिङ भनिन्छ । यसो हुनुको मूख्य कारणहरूमा नर्सरीमा नै छिप्पीएका बेर्नाहरू रोप्नु, नाईट्रोजन मलको कमी हुनु रोप्ने मौसम र जात नमिल्नु आदी हुन् । यीनै कारणहरूलाई विचार गर्न सकेमा यो समस्या आई पर्दैन ।

प्रांगारिक तथा जैविक विषादी प्रयोग वाट वालि सरंक्षणका उपायहरू

» खेतीगर्ने तरीका ः १) घुम्ती वालीको मिश्रीत वाली , बहुवाली प्रयोग गर्ने र प्लास्टीक घर मा खेती गर्ने २) वाली लगाउले समय र खनजोत फरक गर्ने, निकासाको राम्रो प्रबन्ध गर्ने, ३) रोग अवरोधक जात वा रोग सहन सक्ने जात लगाउने ४) रोग लागेको बिउ प्रयोग नगर्ने ५) छिप्पिएको र्बेना प्रयोग गर्ने ६) अग्लो डयाड. बनाउने, सत्रुजीव प्रतीकार वाली लगाउन ७) खेतबारी सरसफाई राख्ने, ८) तातो पानिमा बीउ उपचार गर्ने, माटोको सोलराईजेसन गर्ने ।

» शारिरीक अथवा यान्त्रीक तरीकाः

यो तरीकावाट पनि केही हद सम्म रोग कीराको प्रकोप कम गर्न सकिन्छ यी तरीकाहरू मध्य हातले झुसील कीराको र्लाभा टिपेर रोग कीरा लागेका पातहरू हटाएर वा टिपेर रोग कीरा नास गर्न सकिन्छ ।

 आकर्षक पदार्थ जस्तै फोरोमेन ट्रयाप ,क्युलियर ५थोपा +.मालाथियन ५्थोपा एउटा वोतलमा राख्ने र सानो सानो प्वाल बनाई दिने ।

 यसरी राख्नाले भाले सेतो झीङ्गाहरू पोथीको वास्नामा मोहित भई त्यस वोतलमा आई फस्दछन ्। त्यस्तै क्युलियरको सटमा डी.वि.एम्.लुर, हेलिलुर स्पोडोलुर आदी प्रयोग गर्न सकिन्छ ।

 पानीको पासो, वत्तीको पासो आदी प्रयोग गरेर पनि टासीने सतहमा फसाएर वा रोग लागेको वालीलाई नस्ट गरेर पनि रोग कीराको प्रकोप कम गर्न सकिन्छ ।

» जैविक तरिका कुनै रोग वा कीराको जीवाणु वो फुलहरू नियन्त्रण गर्न अन्य कनै प्राकृतिक विषादि तथा जिवाणु वा जिवहरूको प्रयोग गरिन्छ भने त्यसलाई जैविक नियन्त्रण विधी भनिन्छ । त्यस तरीका अन्र्तगत शुष्म जिवाणु, शिकारी कीरा र परजीवी आदी पर्दछन् । हाल बजारमा जडीवुटी र जिवाणुहरूको मिश्रणबाट तयारी पारिएको रोग कीरा नासक विषादीहरू पनि पाईन्छ ।

» वनस्पतिक तरिका निमको पात, बिउको झोल, बायोनिय मल्टीनीम ५ एम् एल्⁄ली.पानिमा राखेर छर्नाले लाही कीरा लगायत अन्य धेरै कीराहरू मर्दछन् ।

» कानुनी विधी संसारको कुनै पनि विरुवा वा विरुवा उत्पादनहरू एकदेशबाट अर्काे देशमा लैजादा प्लान्टक्वारेन्टाईन बाट ईजाजत लिनु पर्छ ।

» विभीन्न कम्पनिहरूले हाल बजारमा विभिन्न जीवाणू जडिवुटीहरू मिसाई बनाईएको रोग कीरा नासक जैविक विषादीहरू बजारमा ल्याएका छन्

क जीवातु

ख वायो– बुस्टर (प्राकृतिक ढुसिनाशक)

वायो– बुस्टर (प्राकृतिक ढुसिनाशक वायो बुस्टर एउटा प्राकृतिक ढुसिनाशक हो । यसले विभिन्न वालीमा जस्तै ः धान, गहुँ, चीया, कफी, आलु, अदुवा, प्याज, लसुन, काउली, बन्दा, विभिन्न लहरे वाली, फलफुलमा लाग्ने रोगहरू जस्तै ः ब्लाष्ट रोग, ब्याक्टेरियल लिफ, ब्लाइट, खैरो थाप्ले रोग, ओइलाउने रोग, डढुवा रोग, पाउडरी मिल्डयु, जरा कहिने, फल क ु ुहिने, कात्रे रोग, फ्युजारीयम ब्लाक्टेरियल विल्ट जस्ता रोगलाई शुरुकै अवस्थादेखि प्रयोग गरेमा राम्ररी नियन्त्रण गर्दछ । यस बाहेक यसको प्रयोगले हुर्काउन समेत मद्दत गर्दछ । कृषि उपज प्रयोगको लागि मात्र । यसले पर्यावरण, वोट विरुवा, पशु–पंक्षी, मान्छे आदि कसैलाई पनि हानी गर्दैन । तर बच्चाहरूबाट टाढा राख्नुहोस् । मात्रा र प्रयोग विधिः २–३ ग्राम प्रति लिटर पानीमा मिसाउने र वोट विरुवाहरूमा तलदेखि माथिसम्म राम्ररी भिज्ने गरी यसलाई रोगको÷विरुवाको अवस्था हेरी ५–७ दिनको फरकमा स्प्रे गर्ने ।