किन आउँछ भुईकटहरको वोटमा सर्प? भ्रम र यथार्थ

किन आउँछ भुईकटहरको वोटमा सर्प? भ्रम र यथार्थ

| Advertisement |

Promotional banner

भुईकटहर उष्ण प्रदेशिय हावापानीमा पाईने एक अत्यन्तै महत्वपुर्ण फल हो । यसको सौन्दर्य र खासियतलाई विश्वभरीका कवी तथा साहित्यकारहरुले सुनौली रानीका रुपमा व्याख्या गरेकाछन् । यो फल इटालियन खोजकर्ता क्रिष्टोपर कोलम्वसले सन् १४९३ मा क्यारेवियन क्षेत्रको ग्वाड्लुप द्विपमा फेला पारे । यस फललाई उनले भारतियहरुको सल्लाको नाम दिए । पछि स्पेन फर्कदा उनले आफुसंगै उक्त अनौठो फललाई पनि साथै वोकेर गए । हेर्दाखेरी सल्लाको सोली जस्तै देखिने भएकाले भुईकटहरलाई सन् १९३८ मा अंग्रेजी शव्द पाईनएप्पलका रुपमा पहिलो पटक नामाकरण गरिएको थियो भने यसको वानस्पतिक नाम अनानस कोमोसस (Ananus comosus) हो । यो फललाई दक्षिण अमेरिकाको रैथाने फल मानिन्छ । यसको उत्पती दक्षिणी व्राजील र पाराग्वे भन्ने मूलुकको वीचमा कतै भएको हुनसक्ने विस्वास गरिन्छ । प्राचिन समयमा त्यहाँका स्थानियहरुले यस फललाई दक्षिण अमेरिका, मध्य अमेरिका, क्यारेवियन हुँदै मेक्सिको सम्म फैलाए । आजको दिनसमम आईपुग्दा विश्वभरीको भुईकटहरको कुल उत्पादनमा दक्षिण पूर्वी एसियाले सवै भन्दा ठूलो हिस्सा ओग्ट्छ । केहि लेखकहरुले यसको खेती गर्नुलाई उष्ण प्रदेशिय क्षेत्रको फुर्सदिलो पेशाका रुपमा पनी संकेत गरेको पाईन्छ । यस क्षेत्रमा वसोवास गर्ने किसानहरु भुईकटहरलाई सर्पले मन पराउने वनस्पति हो भन्ने कुरामा विस्वास गर्दछन् । सामान्यतया अशिक्षित मानिसहरुका लागी सर्प पक्कै पनि डरलाग्दो प्राणी हो तर पनि हामीले सर्पप्रति हेर्ने दृष्टीकोण र त्यसका दायराहरुमा पुन विचार गर्नुपर्ने देखिन्छ । भुइकटहरको रुखको झ्यङाले सर्पलाई सुरक्षित वास स्थान प्रदानगर्छ र वोटमै पाकेका फलको वास्नाको कारण पनि सरिसृपहरुलाई आकर्षित गर्दछ । नेपाली कृषि वजारमा व्यापारिक रुपले धेरै संभावना वोकेका यी र यस्ता थुप्रै फलफूल बालीहरु समाजमा व्याप्त भ्रम र अन्धविश्वासहरुका कारण प्राथमिकतामा पर्न सकेका छैनन् । यी खाले भ्रमका पर्दाहरुउघार्न आवस्यक छ ।

कौसी खेती सम्बन्धि सामाग्री चाहिएमा लिंकमा क्लीक गर्नु होस । http://kausikheti.ordersathi.com/

भुईकटहर व्रोमिलियसी परिवार (Bromeliaceae)अन्तर्गत पर्ने एक उष्ण प्रदेशिय फल हो । यो फल तटिय एवम् सामुन्द्रिक सतह देखी १०० मिटरको उचाँईसम्म, तुुसारोको प्रभाव न्युन भएका स्थानहरुमा राम्रो उत्पादन भएको पाईएको छ । यसका लागी वार्षिक रुपमा १५० सेन्टीमिटर वर्षा भए पुग्छ । भारी पाँगो माटो वाहेक यो जुनसुकै माटोमा पनि फलाउन सकिन्छ । यद्यपी ५ .५ देखि ६ पि एच मान भएको वलौटे दोमट माटो उपयुतm हुन्छ । करिव ६० सेन्टिमिटरको गहिराईसम्म पानी नरसाउने माटो छ भने राम्रो हुन्छ । सिमसार क्षेत्र वा पानी जम्ने स्थान राम्रो हुदैन ।व्यापारिक सफलाताका लागी विरुवाको उच्च घन्त्व कायम गर्नु पर्दछ । न्यानो हावा पानीका लागी प्रति हेक्टरमा ५३,३०० वटा वोटहरु लगाउन सकिन्छ । रोप्दा वोट देखि वोटको दुरी ६० सेन्टीमिटर राख्नु पर्दछ भने हार देखि हारको दुरी ९० सेन्टीमिटरमा लगाईन्छ । यो फल रोपेको मितीवाट करिव तिन वर्षसम्म परिपक्क भईसक्छ । र यौटा वोटले तिन पटकसम्म फल दिन्छ ।राम्रोसंग गोडमेल गरेको र मल तथा खाद्य तत्वको मात्रा पर्याप्त भएको अवस्थामा यो फलवाट प्रति हेक्टर ७० देखि १०५ टन सम्म उत्पादन लिन सकिन्छ । हालसम्म विश्वमा एक सय भन्दा वढी प्रजातीका भुईकटहरहरु पाईन्छन् । यसको सवैभन्दा अधिकतम वजन करिव आठ किलोग्रामसम्मको फलेको कुराद गिनिज वुक अफ वल्र्ड रेर्कड्समा उल्लेख छ । नेपालका लागी भुईकटहरको सिफारिस जातहरु जायन्ट क्यू, क्वीन र मोरिसस् हुन् ।

भुईकटहरको पौष्टिक एवम् औद्यौगिक महत्व
भुईकटहर भिटामिन ए, वि र सिको राम्रो श्रोत हो । सोडियम, क्यालसियम, फलाम, पोटासियम, म्याञ्ग्यानिज, म्याञ्ग्ङयासियम, पेन्टोथेनिक एसिड, विटा क्यारोटिन, थायमिन, रिभोफल्याविन जस्ता खनिज तत्वहरु पनि यसमा प्रशस्त मात्रामा पाईन्छ । यसका साथै यो फल, प्रशोधन उधोगका लागी महत्वपूर्ण कच्चा पदार्थको रुपमा रहि आएको छ । यो फल भिनेगर, साईृट्रिक एसिड, क्यालसियम सिटरेट, रक्सी, र जामहरु वनाउनका लागी प्रयोग हुन्छ । यसले शरिरिक दुर्वलतालाई कम गरी उर्जा प्रदान गर्दछ । यौटा मझ्यौला आकारको भुईकटहरमाकरिव १३ ग्राम फाईवर हुन्छ । यस फलमा फाईवर र पानीको मात्रा धेरै हुने भएकाले कव्जियतको समस्यालाई निदान गरी पाचन नलीलाई स्वस्थ र सुचारु राख्तछ । यसमा पाईने व्रोमेलाईन नामक एंजाइमका कारण शरिरमा भएका ज्वलनशिल प्रतिरक्षा कोशिका (Inflamatory Immune Cells)को मात्रा घटाउँछ र शरिरमा प्रोटिनको पाचनमा मद्यत गर्छ । यहि एंजाईमकै कारण भुईकटहर खाँदा जिव्रो हल्का कोक्याउँछ । यो एंजाईम भुइकटहरको फल र पात जौडिने भाग अर्थात क्राउनमा वढी पाईन्छ । यसलाई निकालेर प्रशोधन गरिन्छ र खानयोग्य वनाईन्छ । यसमा पाइने भिटामिन सि, विटा क्यारोटिन, तामा, जिङक र फोलेट जस्ता खनिज तत्वका कारण पनि महिला र पुरुष दुवैको प्रज्वनन् क्षमतामा वृद्यि गर्नका लागी भुइृकटहर सिफारिस गर्ने गरिन्छ । यो फल ग्यास्ट्रे ईसोफयाजियल रिफल्क्स (Gasto-Esophageal Reflux)अर्थात हार्ट वर्नका विरामी वाहेक मोटोपना, मधुमेह र मुटु सम्वन्धि अन्य रोगहरुको निदानका लागी पनि सेवन गर्न सकिन्छ । यसमा पाइृने एन्टिअक्सिडेन्ट तत्वका कारण कपाल लगायत त्वचालाई समेत मुलायम राख्तछ ।
पौष्टिकताका साथसाथै भुईकटहरको सास्कृतिक महत्व समेत धेरै छ । अन्तर्राष्ट्रिय जगतमा भुईकटहरलाई स्वागत सत्कारको संकेतका रुपमा प्रतिविम्वित गरिन्छ । यसको मूल्य र दुर्लभताका कारण अमेरिकी कोलोनीहरुमा यसलाई विलाषिताको प्रतिक मानिन्छ । अठारौँ शताव्दीतिर वेलायतका शहरहरुमा भुईकटहरलाई सामाजिक प्रतिष्ठाको मापकका रुपमा पनि हेरिन्थ्यो । नेपाल एवम् भारतका केहि रितीरिवाजहरुमा भुईकटहरलाई अतिथीहरुको स्वागतार्थ मूलद्वारमा दुईतिर सजाएर राखिन्छ ।

भुईकटहर खेती

भुईकटर खेतीका लागी चाहिने सम्पुर्ण विधीहरु जस्तै उपयुक्त जातको छनौट, प्रसारण विधी, जग्गाको तयारी, र गोडमेलसम्मका सवै कुराहरु अत्यन्तै सहज छन् तर जव फल परिपक्क भएर पाक्ने वेला हुन्छ तव विशेष ख्याल पुर्याउनु पर्छ । भुईकटहरको वासनाले सर्पहरुलाई आकर्षित गर्छ भन्ने विस्वासका कारण साना तथा मझ्यौला कृषि उधममा संलग्न कृषकहरुका लागी भुईकटहर खेती चुनौतीका रुपमा देखा परेको छ । सामान्यता यो फलमा रोपेको १२ महिना पछी अर्थात फेव्रुवरी महिनादेखी अप्रिलसम्मको अवधीमा फूल खेल्न थाल्छ । १३५ देखी १६० दिनको अन्तरालसम्म फुल परिपक्क भई पुर्ण रुपमा पाक्दछ । यसमा भएका अस्थिर यौगिक अर्थात (Volatile Compound)हरुको अध्ययन विगत ६० वर्षदेखी अन्वेषकहरुले गरिहेकाछन् र अध्ययन अनुसन्धानपस्चात निकालीएका निष्कर्ष र टिप्पण्ीहरु थुप्रै अनुसन्धानमुलक जर्नलहरुमा प्रकाशित भईसकेका पनि छन् ।

भुईकटहर फलमा २८० भन्दा वढी अस्थिर यौगिकहरु पाईने कुरा पत्ता लगाईएको छ । त्यसमध्य केहि अस्थिर यौगिकहरु भुईकटहरको वासनाका लागी जिम्वेवार छन् । वर्जरका अनुसार काट्दा काट्दैको ताजा भुईकटहरको वासनाका लागी दूईवटा सामान्य हाईड्रेकार्वन यौगिकहरु जस्तै 1-(E .Z)-3,5 Undecaterine र 1-(E,Z,Z)-3,5,8 Undecaternine को योग्दान रहन्छ । 2-Methylbutanoates र Hexanoates   जस्ता ईस्टर यौगिकहरुको कारण प्राय फलफूलहरुमा वासना आउने गर्दछ । यहि वासनाकै कारण सर्पहरु आकर्षित हुन्छन् र वासस्थानका लागी भुईकटहरको झाडीमा थाई वा अस्थाई रुपमा वस्न र लुक्न आँउछन् । नेपाल जस्तो मुलुक जहाँ सर्पदंशको एंटी भेनम पाउन मुस्किल हुन्छ त्यस्ता स्थानहरुमा सर्पको वासस्थान वा प्रकोपका कारण पनि कृषकहरु भुईकटहर खेती गर्न हिच्किचाउँछन् ।
व्यवसायीक फलपूmल खेतीका लागी फलफूल छनौट गर्दा विशेष गरी हावापानी अनुसारका फलफूलहरु छनौट गर्नुपर्छ । यसमा अवसर र चुना्रैतीहरु दुवै वरावरी हुन्छन् । भुईकटहर खेतीमा आईपर्ने मुख्य चुनौतीहरुमध्ये हामा्रे भौगोलिक अवस्था, वोट विरुवाका वृद्यी र विकासका लागी आवस्यक जैविक प्रक्रिया, अनि कृषि अभ्यासको प्रसार आदी कुराहरु विध्यमान छन् । नयाँ प्रविधि अपनाउने प्रकृया किसानहरुको निर्णय गर्न सक्ने अधिकार र क्षमतामा निर्धारीत हुन्छ । किसानहरुको निर्णयाधिकार र निर्णय क्षमताको संक्रामक चर भने कै किसानहरुमा रहेको चेतनाको स्तर हो । नेपाल जस्तो आर्थिक रुपमा पिछडिएको देशका किसानहरुमा पर्याप्त शिक्षाको अभाव, कम्जोर कृषि प्रणालीका कारण पनि फलफूल खेतीका लागी फलफूलको छनौट गर्ने कुरामा किसानहरु पछि परेको देखिन्छ । विभिन्न सामाजिक, आर्थिक वा मनोसामाजिक पक्षहरुका कारण पनि किसानहरुको निर्णय गर्न सक्ने क्षमतामा सकारात्मक र नकारात्मक दुवै खाले प्रभाव परेको कुरा अध्ययनहरुले देखाएको छ ।

अनिल भण्डारी, भक्तपुर

सर्लाही जिल्लामा गरिएको एक अध्ययनमा सर्पहरुको संकलनमा लागी तिनवटा स्थानहरु छनौट गरिएको थियो । जसमा क्षेत्र नंम्वर दुई अर्थात हरिऔन नगरपालिकावाट सवै भन्दा वढी सर्पहरु संकलन भएका थिए भने क्षेत्र नंम्वर एक अर्थात लालवन्दि नगरपालिकावाट कम सर्पहरु संकलन भएका थिए । सर्पहरुको संख्यामा विविधता देखिनुमा विभिन्न कारणहरु छन् । ति मध्ये उक्त स्थानमा लगाईने वालीको अभ्यास पनि एक प्रमुख कारण हो । हरिऔनको सवालमा अधिकांश किसानहरु उखु खेतीमा सम्लग्न छन् । सर्पहरुको वासस्थानका लागी उखु पनि उपयुक्त हुने भएकाले उक्त स्थानमा सर्पहरु वढी संख्यामा पाईयो भने यता लालवन्दि जहाँ अन्य नगदे वालीहरु जस्तै गौलभेडा, काउली, भाण्टा, आदी लगाईन्छ । यी वालीहरुमा उखु वा भुईकटहरमा जस्तो झाडी नहुने भएकाले र नियमित रुपमा खनजोत, गोडमेल र सरसफाई गरिराख्न पर्ने भएकाले पनि यी वालीहरुमा तुलनात्मक रुपमा सर्पहरुको लागी प्रतिकुल रहन गयो जसका कारण सर्पहरु न्युनतम संख्यामा पाईयो ।
सर्प र सर्पदंश सम्वन्धि सर्वसाधारणको वुझाई
वर्षा याम सुरु भएसंगै नेपालमा सर्पदंशको विगविगी वढ्ने गरेको छ । वर्षा याममा सर्पदंशका कारण थुप्रै मानिसहरुको ज्यान समेत जाने गरेको छ । तथ्याङक अनुसार नेपालमा वर्षेनी २० हजार मानिस सर्पदंशको सिकार हुने गर्दछन् । जसमध्ये विषालु सर्पको टोकाईवाट हजारौको संख्यामा मृत्यु हुन्छ । माहामारी विज्ञान तथा सरुवा रोग नियन्त्रण माहाशाखाका अनुसार नेपालमा सर्पदंशको उच्च जोखिममा पर्नेहरुमा किसान र वालवालिकाहरु रहेकाछन् । विशेष गरी नेपालको दक्षिण्ी भेगमा वसोवास गर्नेहरुका लागी सर्पदंश त्रासको विषय वनेको छ । फल स्वरुप झाडी हुने खालका फलफूल वालीहरु प्रति जनमानसमा नकारात्मक मानसिकताको विकास हुन पुग्यो । मानिस र सर्पहरु वीच अनोन्याश्रित सम्वन्ध छ । मानिसहरुमा शिक्षाको अभाव र सर्पदंशको उपचारमा हाम्रा किसानहरुको पहुँच नहुनुले पनि मानव र सर्पहरु वीचको पर्यावरणीय अन्तरसम्वन्धमा द्घन्द सिर्जना भएको छ । सर्पहरु जथाभावी मारिनुमा सर्वसाधारणहरुको सर्प प्रतिको घृणाभाव नै मुख्य कारण हो । नेपालमा मनसुन सुरु भएदेखि सर्पहरुको विग्विगी वड्न थाल्दछ । यो अवधी वैशाखदेखी भदौ संम्म रहिरहन्छ । सर्पहरु मार्ने निहुमा पनि सर्पदंशको जौखिम हामी उठाईरहेका हुन् । सर्पहरु मार्नुले हामीसंग भएको जैविक विविधता समेत नष्ट गरिरहेका हुन्छौँ ।

सर्पहरु प्रति पुर्वाग्रही मानसिकता राख्नु पक्कै पनि जैविक विविधताको संम्रक्षणको पक्ष पोषण गर्नु होईन । भय, नकारात्मकता, उभयवृत्तीता, पछ्यौटेपन र्नै सर्पहरुलाई जहाँ भेट्यो त्यही मारिहाल्नु पर्छ भन्ने प्रवृतीको प्रमुख सुचक हो । सामान्यतया मानिसहरु साधारण र विखालु सर्पहरु छुट्याउन सक्दैनन् । अन्तत्वगत्वा मानिसहरुहरुमा सवै सर्पहरु विषालू नै हुन्छन् भन्ने धारणको विकास भयो । यसै कारण एकातिर दिन प्रतिदिन हाम्रा स्थानिय सर्पहरु लोप हुँदैछन् भने अर्को तर्फ धार्मिक, सांस्कृतिक, पौष्टिक एवम् आर्थिक र व्यापारिक दृष्टिले अत्यन्तै महत्वपूर्ण हाम्रो माटो र कृषि पर्यावरण अनुकूल फलहरुलाई प्राथमिकता नदिएर किसानहरुलाई समृद्य हुनवाट वन्चित गराईरहेका छौँ । यस समस्यावाट माथी उठ्नका लागी किसानहरुलाई पर्याप्त प्राविधिक ज्ञान प्रदान गरिनु पर्दछ । फलफूल खेती गर्दा हुने फाइदा र चुनौतीवारे सैदान्तिक एवम् व्यवहारिक दुवै पाटो छर्ललंग हुने गरी किसानहरुलाई तालिम कार्यक्रमको व्यवस्था गरिनु पर्दछ । कृषि क्षेत्रले नेपालको कुल ग्राहस्त उत्पादनमा ठूलो हिस्सा ओगट्तछ । तर पनि यसो भन्दैमा कृषि क्षेत्र आफैमा सर्वसम्पन्न भने हुँदैन । कृषि उत्पादनसंग गाँसियका अन्य पक्षहरुले पनि प्रभाव पार्ने भएकाले यससंग अन्तर्निहित अन्य पूर्वाधारहरुलार्ई पनि सरकारले ध्यान पुर्याउन जरुरी छ । कृषि विमा र उपयुक्त जातका विउ विजन वा कलमी विरुवाको राम्रो वन्दोवस्त गराउनुका साथसाथै प्रत्येक जिल्लाका किसानहरुलाई पायक पर्ने स्थानहरुमा एन्टिभेनम सहजै उपलव्ध गराएर सर्पदंशको उपचारलाइ समस्त किसानहरुको पहुँचमा पुर्याउनु पर्दछ । यसका लागी विशेष गरेर भुईकटहर, उखु जस्ता वालीका पाकेट क्षेत्रहरुमा सरकारले पर्याप्त सपेराहरुको पनि व्यवस्था गर्नु पर्दछ ।
भुईकटहरको वोक्राको रंग हल्का पहेलो र फेदको ३–४ घेरामा पहेँलो दाग चढेपछि आँख्लाका भूत्ला खैरो र खुकुलो भएपछि फल लिनु पर्दछ । फल लिनका लागी फलमा परिपक्कता देखिने र वोक्राको रंगमा परिवर्तन आउने समय आषाढ महिना देखि भाद्र महिनासम्म रहन्छ । सर्पको प्रकोप वढ्ने समय र भुईकटहरको फल लिने समय एकै साथ हुने भएकाले यो संयोगका कारण पनि मानिसहरुमा भ्रम पैदा भएको छ । यो भ्रमलाई चिर्नका लागी स्कूलका पाठ्यक्रमहरुमा सर्प लगायत अन्य विषालु सरिसृपहरु वारे सामान्य जानकारी, टोकाईवाट वच्ने उपायहरु र टोकिहालेमा कहाँ जाने, के गर्ने र नजिकै अस्पताल छैन भने प्राथमिक उपचार कसरी गर्ने जस्ता विषयवस्तुहरु समेट्न सकिन्छ । प्राय गरेर मन्सुनको समयमा वा सर्पदंशको उच्च जोखिम हुने अवधिमा (वैशाखदेखि भदौसम्म) र अधि पछिको समयमा पनि संचार माध्यमहरुवाट चेतनामूलक कार्यक्रमहरु संचालन गरी सर्पदंश न्यूनिकरण र रोकथामका लागी व्यापक प्रसार प्रचार गर्नु पर्दछ । तराईको उर्वर भुमिमा, व्यापारिक एवम् पौष्टिक हिसावले अत्यन्तै महत्वपूर्ण, ऋतु अनुसारका यी र यस्तै वातावुकुलित फलफूलको उत्पादनमा प्रोत्साहान गरी न्यूनतम श्रोत साधनहरुको लगानीमा धेरै भन्दा धेरै उत्पादन, खपत र निर्यातका माध्यमवाट सुखी नेपाली र समृद नेपालको सपनालाई सफल तुल्याउन सकिन्छ ।

सन्दर्भ सामाग्रीहरु

  • AICC, 2017. Krishi Dairy.GON, Ministry of Agricultural Development, Agriculture Information and Communication Centre, Hariharbhawan Lalitpur.
  • Bishnu Prasad Bhattarai, 2013. Fruit Crop Cultivation, 67-71
  • Deb Prasad Pandey, Gita Subedi Pandey, Kamal Devkota, and Matt Goode, 2016. Public perceptions of snakes and snakebite management: implications for conservation and human health in southern Nepal. J Ethnobiol Ethnomed ; 12:22 [Published online 2016 June 2. Doi:10.1186/s13002-016-0092-0]
  • Herman schleich & Kaluram Rai, 2012. AMPHIBIANS AND REPTILES OF NEPAL SNAKES A CHILDRENS BOOK. ARCO-Nepal e.V; 6:48
  • Krishna Chettri and Damodar Thapa Chhetry,2013. Diversity of Snakes in Sarlahi District.Nepal Our Nature, 11(2): 201-207 [Accepted: 20.12.2013]
  • MLA, 2009. MLA Handbook for Writers of Research Papers seventh Edition
  • Yukiko TOKIMOTO, Martin STEINHAUS, Andrea BUTTNER, and Peter SCHIEBERLE, 2005. Odor – Active constituents in fresh Pineapple (Ananas comosus [L.]Merr.)by Quantitative and Sensory Evaluation. Biosci.Biotechnol.Biochem., 69 (7), 1323-1330 [Accepted April 26, 2005]