किसानहरुलाई यो बिसम परिस्थितीबाट कसरी बचाउने? – पेम्बा शेर्पा संगम 

किसानहरुलाई यो बिसम परिस्थितीबाट कसरी बचाउने? – पेम्बा शेर्पा संगम 

किसानहरुलाई यो बिसम परिस्थितीबाट कसरी बचाउने? हामी यो गरिब मुलुकको गरिब किसानहरुलाई अझै गरिबीको दलदलमा फस्न नदिन सरकारले तत्कालै केहि बिशेष राहत प्याकेज नल्याउने हो भने समग्र देशकै अर्थतन्त्रमा पर्न जाने गम्भिर अरवाट तङग्रिन ठूलो मुल्य चुकाउनु पर्नेछ। अहिले पहिलो नम्बरमा कृषकहरुले उत्पादन गरेको उपजहरुले सहज बजार नपाउनाले हामी सारै चिन्तित छौ। दोस्रोमा अब खेतीपातीको मुख्य सिजनमा काम गर्न नपाउनले फेरि पनि कृषकहरुको हात खाली नै हुने सम्भावना निश्चित प्राय छ। अहिले बिशेष गरेर शहर बजार वरिपरि महगो जग्गा भाडामा लिएर कृषि गर्ने किसानहरुको समस्याहरू त व्याख्या गरि साध्य छैन। उसो हो भने अब कसरी समस्या समाधान गर्न सकिएला त? निम्न कुराहरु अवलम्बन भएको खण्डमा समस्याको केही हदसम्म समाधान हुन सक्छ ।

 

| Advertisement |

Promotional banner

पेम्बा शेर्पा संगम,  प्राङ्गारिक कृषि पर्यटन विकास अभियन्ता  मो. ९८५१०३१८०७

– तत्काल हामीसंग भएको उत्पादनहरुको उचित बजार व्यवस्थापन गरि दिने। यदि यसो गर्न नसकिए सरकारले मुल्याङ्कन गरि क्षतिपुर्ति दिने व्यवस्था गर्ने।

– जग्गा भाडामा लिई खेती गर्ने किसानहरुको हकमा अब आउने ६ महिना सम्मको जग्गा भाडा तिरी दिने।

– यो विशेष अवस्था पछि पुन फार्म संचालनका निम्ति राहातको ब्यवस्था गर्ने।

-अब कृषिमा कामदारहरुको चरम अभाव श्रृजना हुने भएकोले सबै फार्महरुमा स्वयम सेवक कामदारहरु उपलब्ध गराउने। यस्का निम्ति फार्म वरिपरिका फुर्सदमा भएका जो कोहीलाई काम गरि दिन आव्हान गर्ने ।

– यस कोरोना आतंकले लाखौंको संख्यामा वेरोजगार बन्दैछ। तसर्थ आआफ्नो थाथ थलोमा फर्किएर कृषि पेशा अवलम्बन गर्न प्रेरित गर्ने किसिमको लगानी बिना धितो कर्जा उपलब्ध गरिदिने। यस्ता व्यक्तिहरुलाई निशुल्क व्यावसायिक कृषि तालिम तथा मल बिऊ तथा जैवीक विषाधी लगायत दिने।

– दक्ष कृषि प्राविधिकहरुको अभाव हुन नदिन हालसालै कृषिSc.Ag पढि रहेका नेपाल भरिका युवाहरुलाई Short term JTA को तलिम दिई देशै भरी पठाउने।

– शहर बजारका सम्पूर्ण उपभोक्ताहरूलाई सकेसम्म स्थानिय उत्पादनहरु उपयोग गर्न प्रोत्साहित गर्ने। सरकारले जुनसुकै मुल्य चुकाएर भएपनि यी माथीका बुंदाहरु पुर्ण रुपले कार्यान्वयन गर्न सके मात्र हामी कृषि पेशामा टिकी रहन सक्छौं नत्र यो भाइरस आतंकले भन्दा भोकमरी आतंकले विकराल रुप लिई हाम्रो देश अहिलेकै अवस्थमा आउन कल्पना गरे भन्दा असाध्यै बढि समय मुल्य राज्यले चुकाउनु पर्नेछ।