कृषिको बजेट विपद् कोष तर्फ रकमान्तरण गरिदैन— त्रिपुरासुन्दरी गाउँपालिका

कृषिको बजेट विपद् कोष तर्फ रकमान्तरण गरिदैन— त्रिपुरासुन्दरी गाउँपालिका

कृषि क्षेत्रलाई प्रभावित नहोस भनेर अघिल्लो बर्ष तय गरेका गतिविधिहरु यथावत राखेर नियमित रुपमा संचालन गरिरहेका छौं । कोरोनाबाट बच्न गरेको लकडाउनका कारण उत्पादित भएका तरकारी बाली बजार लान सकिरहेका छैनौं । बिभिन्न किसानले उत्पादन गरेका दुध डेरी हुदैँ बनेपा बजारमा लाने गरेका थियौँ अहिले कोरोनाको कारण त्यो पनि बन्द भएका छ । कोरोनाको संक्रमणबाट सावधानी अपनाउनको लागि हालै विदेशबाट फर्कनुभएका १८ जना व्यक्तिलाई रयापिड टेस्ट पनि गरिसकेका छौँ । केहि समुदायका व्यक्तिहरु गाउँमा बसेर खेतिमा लाग्ने सम्भावना देखेका छौँ । विदेशबाट फर्केका युवाहरु घरमा बस्नु भयो भने कृषिमा आर्कषक बजेट बनाउनु पर्छ भनेर सोचेका छौँ । जसले गर्दा पहिलेको भन्दा सामान्य परिवर्तन हुन्छ जस्तो लाग्छ । कृषिमा धेरै जस्तो काम टनेल बनाउने काम सम्झौता भइसकेको सहकारीलाई दिने अनुदान र कृषिमा दिने अनुदान दिईसकेको र केहि बाँकी छ । कृषिको बजेट विपद् कोष तर्फ रकमान्तरण गरिदैन ।  पालिकाको भवन बनाउने भनेर ठूलो बजेट छुट्याएका थियौँ त्यसैबाट कोरोना कोष तर्फ रकम रकमान्तरण गछौँ । यस गाउँपालिकाले बाख्रापालन कृषकलाई सामान्य अनुदान, तरकारी खेती गर्नलाई टनेल र भैँसी पाल्ने किसानलाई ३० हजार अनुदान दिएका छौँ । यस पालिकाको मुख्य योजना भनेको विदेशबाट आएका युवाहरुलाई कृषिमा आकर्षण गराउँने, भैँसी, बाख्रा, गाईपालन, खाद्यान्न उत्पादन र जडिबुटी खेतीमा आकर्षण गरी रणनीति बनाएर लगानी गर्ने योजना बनाएका छौँ ।

त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष , भुपेन्द्र श्रेष्ठसँगको कुराकानीमा सम्झना श्रेष्ठले तयार पारेको रिर्पोट