कृषि अनुसन्धानका उपलब्धि, चुनौती र अबको कार्यदिशा

कृषि अनुसन्धानका उपलब्धि, चुनौती र अबको कार्यदिशा

| Advertisement |

Promotional banner

नेपाल कृषि अनुसन्धान परिषद नार्क आज आफ्नो स्थापनाको २९ औं वर्षमा प्रवेश गरेको छ।

परिषद ऐन २०४८ अन्तर्गत रहि नेपालमा राष्ट्रिय कृषि अनुसन्धान प्रणालीको नेतृत्व नार्कले गर्दछ।

फार्म व्यवस्थापन, अनुवंशिका संरक्षण, विभिन्न बालीको जात र पशुको नश्ल विकास, बाली, पशुपन्छी र मत्स्य व्यवस्थापन, स्रोत बीउ बेर्ना एवं नश्ल उत्पादन, वाह्य अनुसन्धान आदि नार्कका विषयगत अनुसन्धान क्षेत्र हुन्।

केन्द्रिय कार्यालयलगायत प्रतिष्ठान, महाशाखा, बाली र बस्तु विशेष कार्यक्रम र अनुसन्धान केन्द्रसहित ६२ ओटा अनुसन्धान कार्यालयको संजालमा रहेको नार्क अन्तर्गत देशभरी ११० ओटा वाह्य अनुसन्धान स्थलहरु रहेका छन्।

नार्कले अनुसन्धान र प्रविधि विकासका लागि विशेषगरी दुई ओटा आधारमा कार्य गर्दछ। राष्ट्रिय प्राथमिकतामा र किसानका समस्यामा आधारित र प्रविधि विस्तार एवं सेवाको सन्दर्भमा स्रोत बीउ, बेर्ना, पाठापाठी आदि उत्पादन तथा वितरणमा।

बाह्य अनुसन्धानबाट प्रविधि प्रमाणीकरण र अन्य आधुनिक प्रविधिहरूको जानकारी समेटिदै आएका छन्:

कृषि अनुसन्धानका उपलब्धि: 

नार्कको महत्त्वपूर्ण उपलब्धिमा मुख्यतस् विभिन्न बालीको जातीय विकास नै पर्दछ। हालसम्म धानका ८३, मकैका ३७, गहुँका ४४ र अन्य बालीका १५९ जात गरि जम्मा ३२३ ओटा जातहरु विकास भएका छन्।

पछिल्लो समय विकास गरिएका र उन्मोचनर पंजीकरण हुने तयारीमा रहेका अथवा भैसकेका धानका जातहरु वासनादार, मसिनो, पोषणयुक्त, रोग प्रतिरोधी, सुख्खा वा डुबान वा दुबै सहने आदि गुणले युक्त छन्।

बर्खे र चैते जातमा मात्र सिमित नभई हिउँदे धानको जात पनि उन्मोचनको तयारीमा रहेको छ। त्यस्तै नार्कको उपलब्धिको रुपमा पहिलो पटक धानको दुई ओटा हाइब्रिड जातहरु उन्मोचनको अन्तिम प्रक्रियामा छन्।

त्यस्तै मकैका हाइब्रिड र खुला सेंचित गरि विभिन्न जातहरु सिफारिस उन्मुख छन्। गहुँको बि।एल। ४३४१ तराईका लागि सिफारिस पछिल्लो नयाँ जात हो।

दलहन र तेलहन बालीका पनि केहि जातहरु भर्खरै उन्मोचन भएका छन् जस्तै मुंग, प्रतिज्ञा, मास खजुरा मास १, मुसुरोस् खजुरा मुसुरो ४ भने केहि उन्मोचनको तयारीमा छन्।

कृषकमाझ कागती र सुन्तलाका लोकप्रिय जात तेह्रथुम लोकल र खोकु स्थानीय पंजीकरण भएका छन्।

त्यस्तै डढुवा सहने र चिप्सको लागि उपयुक्त खुमल विकास आलुको पछिल्लो नयाँ जात हो। त्यसैगरी अन्य बालीहरुमा काक्रा, भक्तपुर लोकल, लट्टे, रामेछाप हरियो लट्टे, तिते करेला सि.जी १ र २, स्क्वास फारसी, सुपर स्क्वास बल, तने बोडीस् ग्रेट वाल २ र ३ आदि पछिल्लो समयका पंजीकृत जात हुन्।

भन्टाको परवानीपुर सेलेक्सन १ र सखरखण्डका दुइओटा सिआईपी सेरिजका जात उन्मोचनको अन्तिम तयारीमा छन्र

जातीय विकाससँगै विभिन्न बालीनालीका रोगकिरा र माटो व्यवस्थापन सम्बन्धि उपलब्ध प्रविधि परिमार्जन र अन्य नयाँ प्रविधि विकास भएका छन्।

विभिन्न बालीको उन्नत खेती प्रविधि र पोस्ट हार्भेस्ट प्रविधि पनि विकास भएका छन्। त्यस्तै कृषि यान्त्रिकरण, संरक्षण कृषि, कृषि बजारीकरण र मूल्य श्रृंखला विकास, तन्तु प्रसारण प्रविधि आदिमा केहि मात्रामा उपलब्धि हासिल भएका छन्।

त्यस्तै पशुपन्छी र मत्स्य अन्तर्गत विभिन्न स्थानीय र लोपोन्मुख जातको संरक्षण, प्रवर्धन एवं नश्ल सुधार ,दाना प्रयोग प्रविधि र घाँस उत्पादन, खर्क व्यवस्थापन, दुग्ध पदार्थ विविधिकरण तथा सम्भाव्यता अध्ययन, गुणस्तरीय माछा भुरा र खाने माछा उत्पादन, ट्राउट माछामा विशेष कार्य, बोयर बाख्रा क्रस उत्पादन आदि नार्कका उपलब्धिहरु हुन्।

यी बाहेक उद्यमी किसान र बेरोजगार युवाका लागि आवासीय कृषि तालिम कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५ जारी भएसँगै यो आर्थिक वर्षदेखि विभिन्न विषयमा एक देखि दुई हप्ता सम्मका आवासीय तालिम संचालन भएका छन्।

त्यस्तै नार्कले मोबाईलको बढ्दो प्रयोगलाई आत्मसाथ गर्दै मोबाइल एप्सको परिमार्जित भर्सन उपलब्ध गराएको छ।

किसानसंग प्रत्यक्ष सम्पर्कमा रहि समस्या समाधान एवं सल्लाह सेवाका लागि टोलफ्री फोन सेवा पनि उपलब्ध छ। यस अन्तर्गत हरेक सोमबार दिउसो २ देखि ४ बजेसम्म पैसा नलाग्ने फोन नम्बर ११३५ मा कल गरेर कृषि समस्याको उपाय र अन्य आवश्यक सल्लाह सम्बधित विषयविज्ञ मार्फत किसानले पाउने सुबिधा नार्कले उपलब्ध गराएको छ।

कृषि अनुसन्धानका चुनौती:

नार्कले केहि गरेन भन्ने गुनासो नै नार्कको मुख्य चुनौती हो। माथि उल्लिखित जति पनि नार्कका उपलब्धि छन् ति ठिकै मात्र हुन पर्याप्त होइनन्।

के कति कारणले उल्लेख्य उपलब्धि हासिल हुन सकेकन भन्नेबारे बहस र विश्लेषणको पाटो त छदैछ तर आगामी दिनमा नार्कको साख जोगाउनु नै यसको चुनौती रहेको छ।

चुनौती भनेकै बदलिदो परिस्थितिसंग नार्कले आफ्नो स्थिति बदल्नु छ। बदलिदो परिस्थिति भन्नाले  देशको परिवर्तित भुराजनैतिक अवस्था र शासन प्रणालीदेखि लिएर जलवायु परिवर्तन, प्रविधियुक्त युग सापेक्ष र समग्र यो समयको कृषि अनुसन्धान र विकासको मोडालिटी भन्ने बुझिन्छ।

राष्ट्रिय कृषि अनुसन्धान प्रणाली देशको बदलिदो संरचना अनुसार अझैसम्म आशातित परिवर्तन हुन नसक्नु बिडम्बना हो। यो विषयमा औपचारिक र अनौपचारिक छलफल धेरै भएका छन्।

नार्कको पुनस् संरचनाबारे औपचारिक रुपमै पूर्व कृषि मन्त्रीको प्रत्यक्ष सहभागितामा नार्क र कृषि मन्त्रालयका उच्च पदाधिकारी सम्मिलित भेला यस अघि क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेमा सम्पन्न भई एउटा आधारशिला तय भएको अवस्था पनि ।

तर त्यो लुम्ले घोषणा कुहिरोमा हराएको कागझैँ भयो। त्यसपछि पनि पटक पटक नार्क पुनस् संरचनाको खाका कोरिएका फाइलहरु नेपाल सरकार सामु दर्ज भए नार्क सामु त्यहि पुनस् संरचनाको खाका र यसको पुस्ट्याई र औचित्यता चुनौतिको विषय बनेको छ।

कस्तो संरचनामा जाने भन्ने विषय आफ्नो ठाउँमा छ। तर पुरानो संरचना अनुसारका पांच ओटा अनुसन्धान केन्द्रले अझैपनि क्षेत्रीय कृषि अनुसन्धान केन्द्र नामले आफुलाई चिनाइरहनु त्यति सुहाउंदो पक्कै छैन।

त्यस्तै अर्को चुनौती सिमित प्राविधिकर वैज्ञानिक जनशक्तिबाट यो समयले मागेको कृषि अनुसन्धान र विकास हासिल गर्नु हो।

संख्याको कुरा मात्र होइन हामीसंग अन्य समस्या पनि थुप्रै छन्। मुख्यतस् प्राविधिकरवैज्ञानिकको लागि अनुसन्धानमा भिड्ने हतियारको समस्या छ।

हो, दुई ओटा हात र फिल्ड जाने खुट्टा, अनुसन्धान कार्यक्रम योजना तर्जुमा गर्ने दिमाग अनि उपलब्धि हाँसिल गर्ने हुटहुटि मनले मात्र नपुग्दो रहेछ।

ति हातले चलाउन सक्ने प्रयोगशालाका महत्वपूर्ण सामग्रीको उत्तिकै आवश्यकता हुन्छ। नार्कको  अहिलेको प्रयोगशाला र त्यहाँ उपलब्ध सामग्रीको अवस्था सन्तोषजनक छैन तसर्थ यो अर्को चुनौती उत्तिकै छ।

यद्येपी अहिले विद्यमान कतिपय अनुसन्धान केन्द्रको औचित्यता माथि बारम्बार प्रश्न नउठेका होइनन्।

तर पनि सिमित अनुसन्धानस्थलबाट नार्कले समग्र लक्ष हाँसिल गर्नुपर्ने पनि अर्को चुनौती छ। उदाहरणको लागि  अहिले  सुदुरपश्चिममा एकमात्र कृषि अनुसन्धान केन्द्र रहेको छ र भएको यहि एउटा निकायमा पनि विषयगत प्राविधिकरवैज्ञानिकको संख्या जम्मा दुई जना छ।

यस्तो अवस्थामा के साच्चै कृषि अनुसन्धानले भनेजस्तो उपलब्धि हाँसिल गर्न सक्ला त?

अर्को चुनौती नार्कभित्रको दलिय राजनीतिक प्रवृत्ति हो। नार्कको सर्वोच्च व्यक्ति एवं अध्यक्ष स्वयं कृषि मन्त्री रहने व्यवस्था छ जसको प्रत्यक्ष हस्तक्षप कुनै न कुनै रुपमा बेलाबखत भैरहेको नजिर छ। तसर्थ मन्त्री स्वयं र नार्कलाई आगामी दिनमा सकारात्मक सन्देश प्रवाह गर्ने चुनौती उत्तिकै छ।

र अर्को महत्त्वपूर्ण चुनौती भनेको समन्वयको हो। यो समन्वय कृषि क्षेत्रका तीन मुख्य निकायस् कृषि शिक्षा, अनुसन्धान र प्रसारबीचको हो समग्र शिक्षा अनुसन्धान र प्रसारको  मोडलमा संचालित कृषिको विषयगत विश्वविद्यालय कृषि तथा वन विज्ञान विश्वविद्यालय लगायत अरु थुप्रै शैक्षिक निकायसँग नार्कको समन्वय महत्त्वपूर्ण छ।

अझ कृषि मन्त्रलाय अन्तर्गतको प्रसार संरचनासंग नार्कको समन्वय अपरिहार्य हो। नार्क र कृषि मन्त्रालयबीचको समन्वय विगतदेखि हेर्दा पर्याप्त छदै छैन, जुहारी निरन्तर छ तसर्थ चुनौती अवश्य छ।

कृषि अनुसन्धानको अबको कार्यदिशा 

नार्क पुन:संरचना अपरिहार्य छ। देशको समग्र कृषि अनुसन्धान प्रणालीको नेतृत्त्व नार्कले नै लिनुपर्नेमा कतै कुनै शंका छैन तर यथास्थितिमा नार्कलाई अबको युगको कृषि अनुसन्धान हाँक्न सहज पनि छैन। तसर्थ पुनस् संरचना जति सक्यो छिटो गरिनुपर्छ किनकि यससँगै “मल्टीप्लाएर इफेक्ट” धेरै छन्।

स्थापनाकालदेखि नेपाल सरकारको स्वायत्त निकायको रुपमा रहँदै आएको र परिषद ऐन २०४८ अन्तर्गत यहाँसम्म आएको नार्क अब स्वायत्त रहेन आर्थिक सवालदेखी थुप्रै कार्य संचालन एवं प्रशासनिक कोणबाट नार्क अहिले स्वायत्त निकायजस्तो लाग्दैन करिव २८ वर्ष प्रयोग गरिएको स्वायत्त संरचनाको समिक्षा पक्कै भएको छ नेपाल सरकार अन्तर्गत रहेकोमा गर्व गर्ने तर सरकारको एक निकायको रुपमा आफ्नो अस्तित्व खोज्न सिंहदरबार छिर्दा कृषि मन्त्रालयको ब्युरोक्रेसीको जन्जालमा रुमलिदै निरिह बनेको नार्क अबको आफ्नो स्पष्ट संरचनामा अघि बढ्नै पर्छ।

कृषि मन्त्रालयभित्र नार्कको एउटा सचिवालयसम्म हुनुपर्थ्यो तर भएन अहिले विद्यमान परिषद ऐनलाई न्यायोचित र समयको माग अनुरुप परिमार्जन गरेर हुन्छ या बहस र छलफलको सतहमा आएको कृषि अनुसन्धान सेवारविभागको मोडलमा गएर तर एउटा स्पष्ट खाकामा ढिला नगरी जानैपर्छ।

र अहिले संघ अन्तर्गत रहेकोमा देशको तल्लो दुई तहको सरकारसंग कृषि अनुसन्धान कुनै न कुनै रुपमा जोडिनु नै पर्छ तुलनात्मक रुपमा अबको संरचना कृषि अनुसन्धान विभागकै रुपमा अघि बढ्नु बढी सान्दर्भिक छ कृषि अनुसन्धान सेवारविभागको संरचनाबारे यसअघि विभिन्न व्यक्तिका लेखहरु प्रकाशित छन्।

रिक्त प्राविधिकरवैज्ञानिक र अन्य कर्मचारीको दरबन्दी पुर्तिदेखी लिएर आवश्यकताको आधारमा नयाँ दरबन्दी सृजना गरि त्यसको पुर्ति गर्नुमा अब ढिला हुनु हुँदैन  नुसन्धानकर्ताको मनोबल बढाउने वातावरण निर्माण र सेवा सुबिधाको पाटोलाई नजरअन्दाज गरिनु हुदैन किनकि नार्कका अनुसन्धानकर्ता पटक पटक पलायन भएको उदाहरण कयौ छन्।

मनोबलले मात्र पुग्दैन हतियार हातमा हुनुपर्छ। त्यो हतियार प्रयोगशाला र फिल्डमा अनुसन्धानकर्ताले आवश्यक उपयोग पक्कै गर्नेछन अत्याधुनिक निदान, विश्लेषण एवं अनुसन्धान गर्न मानक प्रयोगशालाको विकास र सोहि बमोजिमको दक्ष जनशक्ति तयार अत्यन्त आवश्यक छ।

त्यसैगरी नयाँ अनुसन्धान केन्द्र  स्थापनाको सवालमा विशेषगरि सुदुरपश्चिम प्रदेशमा तत्काल आवश्यक छ  कृषि विकास रणनीति २०१५-२०३५ अनुसार पनि सुदूर पश्चिममा उच्च हिमाल, मध्य पहाड र तराई क्षेत्रमा अनुसन्धान केन्द्रको स्थापना गरिने स्पष्ट उल्लेख भएकोमा हाल रहेको अनुसन्धान केन्द्रले मध्य पहाडको प्रतिनिधित्त्व गर्ने भएकाले कम्तिमा तराईमा एउटा केन्द्र आवश्यक छ।

यसको लागि प्रक्रिया अघि बढेको भएपनि ठोस निर्णयसहितको पहल कदमी यथाशिघ्र थाल्नुपर्छ। त्यस्तै बढ्दो कृषि यन्त्रको प्रयोग र मागलाई आत्मसाथ गर्दै नार्क अन्तर्गत कृषि यान्त्रिकरण केन्द्रहरु भूगोल सुहाउँदो स्थापना हुनुपर्छ।

पहाडको लागि आवश्यक कृषि यन्त्रको परिक्षण पहाडकै खेतबारीमा परिक्षण र प्रमाणीकरण गरिनुपर्छ। यी र यस्तै धेरै पक्षसँग जोडिने अर्को महत्त्वपूर्ण कुरा बजेट हो त्यसैले कृषि अनुसन्धान कर्मकाण्डी बजेट र सोहि अनुसारको कार्यक्रमबाट कहाँ सम्म पुग्ने हो लेखाजोखा हुनुपर्छ।

नार्कले हिड्नुपर्ने अबको पाटो र बाटो अझ बढी प्राविधिक एवं वैज्ञानिक हुनुपर्छ हावापानी तथा माटो परिक्षणको आधारमा बाली र पशुपन्छीको पहिचान गरी प्रत्यक प्रदेशमा बाली र पशुपन्छी क्षेत्र  निर्धारण गर्नुपर्छ।

स्थान विशेष र तुलनात्मक लाभको आधारमा फलफूल र तरकारीको अनुसन्धान क्षेत्र पहिचान गर्ने र सँगै तन्तु प्रविधि बिरुवाहरू उत्पादन गरी सर्वसुलभ गराइनु पर्दछ।

चामलको उच्च आयातको सन्दर्भमा मसिनो वासनादार र हाईब्रिड धानका जातहरू विकास तथा विस्तार गर्ने, मकैको सन्दर्भमा विशेषगरी पोल्ट्री दाना उद्योगमा बढ्दो खपतलाई ध्यानमा राखी हाईब्रिड जातहरू विकास तथा विस्तार गर्ने, मासुको सन्दर्भमा विशेषगरि बाख्रा तथा बंगुरको जातीय विकास एवं नश्ल सुधार गर्ने र माछाको उच्च घनत्व प्रविधि विस्तार गर्ने कार्यहरु अबको टड्कारो आवश्यकता हुन्।

त्यस्तै, कृषि प्रविधिलाई उद्यमसँग जोडी साना तथा मझौला कृषि उद्योगहरू स्थापना मार्फत रोजगारी श्रृजना गर्न अन्य निकायसंग समन्वय गर्ने कार्यमा पनि नार्क अग्रसर रहनु पर्दछ।

दुध एवं दुधजन्य पदार्थ उत्पादनमा साना किसानमैत्री कम लागतका प्रविधि विकास र विस्तार गर्ने र पाउडर दुधको प्रतिस्थापनमा सहयोग पुर्याउने तर्फ पनि अनुसन्धानको दायरा बढाउनु पर्ने छ।

सुख्खा सहन सक्ने धान, मकै, गहुँका जातहरुको छिटो छरितो विकासका लागि र अन्य जलवायु मैत्री प्रविधि विकासका लागि फास्ट ट्रयाकबाट जानुपर्ने देखिन्छ।

रैथाने बालीरवस्तु को जातीय विकास एवं विविधीकरण गरी ग्रामिण सिमान्तकृत ठाउँहरुमा खाद्य सुरक्षाको प्रत्याभूति दिलाउने तथा बजार सम्मको पहुँच बढाउन नार्कले भूमिका खेल्नुपर्दछ।

खाद्य सुरक्षाको पाटो छँदैछ। योसँगै पोषण सुरक्षाको लागि पनि आधारभूत बालीहरूमा बायो फोर्टीफाईड (पौष्टिक तत्व अभिवृद्धि गरिएका) जातको विकास गर्न आवश्यक छ।

बीउको सवालमा कृषि अनुसन्धानले विशेष गरि प्रजनन बीउ उत्पादन र उपलब्धतामै आफ्नो बढी श्रोत उपयोग गर्नु पर्दछ र अन्य स्तरका बिउको लागि निजी तथा सामुदायिक क्षेत्रको अधिकतम सहभागिता बढाउनुपर्छ जसमा कृषि अनुसन्धानको जति सक्दो प्राविधिक सहयोग हुनुपर्छ।

त्यस्तै  आजको प्रविधिमैत्री युगमा समय सुहाउँदो छिटोछरितो तथा प्रभावकारी अनुसन्धान र प्रविधि विस्तारका लागि सक्दो अनुसन्धान सामग्रीको सदुपयोग गर्न आवश्यक छ।

हुन त आजसम्म भएका अनुसन्धान कार्यको आधारशिला मोटामोटी रुपमा माथि उल्लेखित पक्षकै सेरोफेरोमा रहँदै आए पनि यी अपरिहार्य विविध पक्षलाई अझ माझेर अनुसन्धानको मर्मलाई आत्मसाथ गरि अबको कार्यदिशा उन्मुख हुनुको विकल्प छैन।

(लेखक क्षेत्रीय कृषि अनुसन्धान केन्द्र डोटीमा कार्यरत प्राविधिक अधिकृत हुन्)

साभार:https://www.setopati.com/