कृषि उत्पादनमा आउनसक्ने गिरावटलाई कम गर्न कृषकहरुलाई सहयोग गर्नु पर्दछ-निर्मल गदाल

कृषि उत्पादनमा आउनसक्ने गिरावटलाई कम गर्न कृषकहरुलाई  सहयोग गर्नु पर्दछ-निर्मल गदाल

सम्पूर्ण नेपालि समाज अहिले कोरोना भाइरसको त्रासबाट गुज्रीरहेको छ । कोरोनाको सम्भावित महामारी र  फैलावटलाई  रोक्न सरकारले जनताको दैनिक जीवनका सम्पूर्ण गतिविधिहरुलाई सिमित गरिदिएको छ । अत्यावश्यक काम बाहेकका लागी हिंडडुल गर्न सबै नागरिकहरुलाई प्रतिवन्ध गरेको छ । सडक प्राय खाली छ, पसलहरु बन्द भएका छन्,  आकाश सुनसान छ र नागरिकहरुलाई घर नछाड्न भनिएको छ । चिकित्सकीय पूर्वाधार र जनचेतना कम्जोर भएको नेपाल जस्तो मुलुकका लागि भाइरसको संक्रमणलाई सिमित गर्न यी बन्देजहरु आवश्यक थिए । हालसम्म सरकारको यस निर्णयलाई नागरिहरुको अधिकतम साथ रहेको छ जुन प्रशंसायोग्य रहेको छ । फलस्वरूप अहिले सम्म नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिइनसकेको अवस्था रहेको छ ।सामजिक दुरी कायम राख्नु नै अहिलेको अवस्थामा कोरोना भाइरस प्रकोपलाई न्यूनीकरण गर्ने सर्बोत्तम औसधि हो । छिमेकी मुलुकहरु र कोरोना फैलिएको अन्य देशहरुको अनुभवलाई हेर्दा नेपालमा पनि बन्दाबन्दिको अवस्था थप लम्बिने देखिन्छ ।

| Advertisement |

Promotional banner

निर्मल गदाल
प्रमुख
कृषि ज्ञान केन्द्र ललितपुर

बन्दाबन्दिमा सबै भन्दा बढी अभाव पारिवारिक खाद्य सुरक्षा र पोषणमा पर्ने गर्दछ । नेपालमा खाद्य बस्तुको आपूर्ति बढी मात्रामा आयातबाट हुने गरेकोमा कोरोनाको संक्रमणसंगै बिभिन्न देशहरुले खाद्य सामाग्री निर्यातमा रोक लगाई रहेका छन् र यो क्रम बढ्दै जाने देखिन्छ । तसर्थ अहिलेको माहामरिले अल्पाकालिन रुपमा बजारमा खाद्य सामग्रीको अभाव हुने देखि मध्यकालीन रुपमा कृषि उत्पादन घट्ने सम्मको अवस्था सिर्जना हुनेछ ।  अहिले तराईमा तरकारी उत्पादन शुरु भएको छ । मध्य पहाड त्यहाको सबै भन्दा महत्वपूर्ण बालि रुपमा रहेको मकै लगाउने उच्च समय भएको छ भने व्यवसायिक क्षेत्रहरुमा बर्खे तरकारी धमाधम लगाइदैछ । उच्च पहाडमा मकैमा मल हाल्ने समय भएको छ । त्यस्तै गरी धानको लागि बिउ बिजन र मलको जोहो गर्ने समय भएको छ । तसर्थ अहिलेको बन्दबन्दिको समय लम्बिदा राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउने धान, मकै र ताजा तरकारीहरुको उत्पादनमा उल्लेख्य प्रभाव पर्ने देखिन्छ । अहिले तराइमा तरकारी उत्पादन शुरु भएको छ । मध्य पहाड त्यहाको सबै भन्दा महत्वपूर्ण बालि रुपमा रहेको मकै लगाउने उच्च समय भएको छ भने व्यवसायिक क्षेत्रहरुमा बर्खे तरकारी धमाधम लगाइदैछ ।उच्च पहाडमा मकैमा मल हाल्ने समय भएको छ । त्यस्तै गरी धानको लागि बिउ बिजन र मलको जोहो गर्ने समय भएको छ । तसर्थ अहिलेको बन्दबन्दिको समय लम्बिदा राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउने धान, मकै र ताजा तरकारीहरुको उत्पादनमा उल्लेख्य प्रभाव पर्ने देखिन्छ । अहिले उत्पादन सामाग्री (मल, बिउ बिजन, उपकरण, इन्धन आदी) हरु आपूर्ति भै रहेका छैनन्, कृषि श्रमिकको अभाव रहेको छ, प्राविधिक परामर्श उपलब्ध हुन सकेको छैन तथा भएका अनुदानका कार्यक्रम कृषक माझ पुग्न सक्ने छैन । सबै भन्दा महत्वपूर्ण त कृषकहरुले उत्पादन गरेको उत्पादित कृषि उपज बजार सम्म पुग्न सकेको अवस्था सिर्जना गर्न सकिएको छैन ।यस्तो परिबेशमा सरकारले यथासक्य चाँडो राहात घोषणा गर्नु पर्ने देखिन्छ । यस्तो राहतले अल्पकालीन समस्या (जस्तो खाद्यान्नको अभाव र उत्पादित कृषि उपज बिक्री हुन नसकेको) लाई सम्बोधन गर्न साना र न्यून आय भएका कृषकहरु लक्षित खाद्य सामाग्री वितरण सुचारु गर्नु पर्दछ ।

यो कामका लागि संघ तथा प्रदेश सरकारले आवश्यक बजेको व्यवस्था गर्नु पर्दछ भने छिटो-छरितो रुपमा खाद्य सामाग्री खरिद गर्न सरल कार्यविधि निर्माण गर्नु पर्दछ । त्यस्तै आगामी बालीहरुको उत्पादनमा आउन सक्ने गिरावटलाई कम गर्न प्रति हेक्टर न्युनतम २५ हजारका दरले मल, बिउ बिजन र उपकरण खरिदको लागी कृषकहरुलाई भौचर प्रदान गर्नु पर्दछ ।