कृषि उपज बारी मै कुहिन दिने कि उपयुक्त प्रविधिको प्रयोग गर्ने

कृषि उपज बारी मै कुहिन दिने कि उपयुक्त प्रविधिको प्रयोग गर्ने

सामान्य अवस्थामा पनि नेपालमा तरकारी तथा फलफूलको पोष्टहार्भेष्ट क्षति करिब ४० प्रतिशत सम्म रहेको कुरा विभिन्न अध्ययनले देखाईरहेको छ । विभिन्न समयमा हुने बन्द हडताल या बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण यातायात अवरुद्ध हुँदा होस या त अहिलेको जस्तो हिड्डूल गर्न नपाउने (लक डाउन)अवस्थामा त शतप्रतिशत सम्म कृषि उपजहरु बिक्री गर्न नपाएर कृषकहरु मारमा परिरहेका छन् । यसका अलावा सामान्य अवस्थामा पनि सिजनमा बढी उत्पादन हुँदा बजारमा सोही अनुपातमा खपत नहुँदा या त कौडीको मोलमा बिक्री गर्नु पर्ने या त बारीमा नै कुहाएर फाल्नु पर्ने अवस्थामा कृषकहरु रहेका हुन्छन । अधिकाँस ग्रामीण जनजीवन कृषि पेशामा नै आबद्ध भएको र जिवीकोपार्जनको मूख्य श्रोत नै कृषि भएको हुँदा जसो तसो उत्पादन भएको कृषि उपज बिक्री गर्न नसक्दा वा बिक्री भए पनि लागत मूल्य समेत उठाउन नसक्दा कृषि पेशाबाट नै वितृष्ण जाग्नु स्वभाविकै हो । कृषकहरुले उत्पादन गरेको तरकारी तथा फलफूललाई यस्तो विसम परिस्थितिमा सजिलै सँग केही दिनसम्म सुरक्षित भण्डारण गर्न सकने वातावरण तयार पारिदिने हो भने अवश्य पनि केही राहत मिल्ने नै छ ।

उत्पादन भईसकेको उपजहरु उचित भण्डारण तथा व्यवस्थापन प्रविधिको अभावमा बिग्रिएर जानु भनेको अत्यन्त चिन्ताजनक अवस्था हो । यही समस्यालाई मध्यनजर गर्दै किसान तथा व्यवसायी मैत्री कुलबट जडित कोल्डस्टोर प्रविधि नेपालमा उपलब्ध छ । यो अमेरिकामा निर्मित प्रविधि हो जसको बारेमा विस्तृत जानकारी www.storeitcold.com  बाट पनि लिन सकिन्छ ।
तरकारी तथा फलफूलको पोष्ट हार्भेष्ट क्षतिको न्यूनीकरण गर्ने उपाय कोल्ड स्टोर प्रविधि नै हुने भए पनि परम्परागत कोल्ड स्टोरहरुमा धेरै लगानी लाग्ने , संचालनका लागि थ्री फेज बिजुली चाहिने, मर्मत सम्भारसेवा पनि समयमा उपलब्ध नहुने र कोल्ड स्टोरमा उपज राख्ने तालिम समेत उपलब्ध नहुने हुदा परम्परागत रुपमा बनाईने कोल्ड स्टोरहरु प्रभावकारी रुपमा कृषक स्तरमा संचालन हुन सकिरहेका छैनन् । यस कुलबट प्रविधिमा आधारित कोल्ड स्टोर कम लागत मूल्यमा निमार्ण गर्न सकिने , घर कै बिजुलीबाट चल्ने, प्राविधिक समस्या पनि नआउने र आए पनि स्थानीय स्तरबाट नै सेवा उपलब्ध हुने हुदाँ साना तथा मझौला स्तरका कोल्ड स्टोर निमार्णमा यो प्रविधि एकदमै उपयुक्त हुन्छ । अमेरिकामा मात्र ५० हजार भन्दा बढी कृषकले यो प्रविधिको अवलम्बन गरेका छन् । यो प्रविधिको जडान पश्चात University of California, DAVIS द्धारा संचालित Post Harvest Centre बाट सर्टिफाईड प्राविधिकबाट उपजहरुको भण्डारण सम्बन्धि तालिम समेत उपलब्ध हुन्छ । यो प्रविधिमा घर मै भएको कोठालाई कोल्ड स्टोरमा परिणत गर्न सकिन्छ भने कोठा नभएको अवस्थामा प्यानलको प्रयोग गरि कोल्ड स्टोर बनाउन सकिन्छ । यो प्रविधिमा आधारित कोल्डस्टोरहरु विभिन्न निजी उद्यमी, नार्क, प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गतका तरकारी र सुन्तला जोनमा पनि संचालन भईरहेका छन् ।

कति पर्छ लागत मूल्य ?
घर कै कोठालाई तरकारी तथा फलफूल भण्डारण गर्न योग्य कोल्ड स्टोरमा परिणत गर्नको लागि कोठाको साईज अनुसारको निम्न लागत मूल्य लाग्छ ।

| Advertisement |

Promotional banner

कसरी यो कार्यक्रमलाई प्रभावकारी बनाउन सकिन्छ ?
स्थानीय तह वा प्रदेश सरकारले कृषि सम्बन्धि आफनो कार्यक्रममा यो कोल्ड स्टोर निमार्णमा कृषक वा साना व्यवसायीहरुलाई अनुदान उपलब्ध गराउने हो भने यसको प्रयोग व्यापकरुपमा बढाउन सकिन्छ । ठूला ठूला कोल्ड स्टोरहरु निमार्णका लागि अनुदानका कार्यक्रम भए पनि साना कोल्ड स्टोर निमार्णमा खासै ध्यान दिइएको पाईदैन । ठूला कोल्ड स्टोर निमार्णमा किसान तथा साना व्यवसायीहरुको लगानी गर्ने क्षमता र संचालनका लागि प्राविधिक ज्ञान पनि नहुने हुँदा ठूला स्टोरहरु प्रभावकारी हुदैँनन् । उनीहरुलाई आफनो आवश्यक्ता अनुसारको कोल्ड स्टोर बनाउन प्रेरित गर्नु पर्दछ । अर्को कुरा हालै निमार्ण भएका ठूूला कोल्ड स्टोरहरु कृषकको पहुँचमा नहुने भएको कारण पनि प्रभावकारी बन्न सकेका छैनन् । ठूलो परिमाणमा विदेशबाट कृषि उपज आपूर्ति गर्नेहरुको लागि मात्र ठूला कोल्ड स्टोरहरुको प्रयोग बढी हुने भएकोले किसान वा साना व्यवसायीले यसको फाईदा लिन सकेका छैनन् । तसर्थ आगामी बजेटमा साना कृषक तथा व्यवसायीहरुलाई लक्षित गरि घर कै खाली कोठालाई कोल्ड स्टोरमा परिणत गर्ने कार्यक्रम संचालन गर्न सकेमा यसले अहिले भईरहेको उत्पादनको क्षतिलाई न्यूनीकरण गर्न मद्दत मिल्ने छ ।


यो प्रविधि सम्बन्धि थप जानकारी चाहिएमा कुल बट नेपाल , फोन न. ०१ ४७८६१५८, मो. ९८४००७२७१७, ९८०१०८४२०५ ईमेल : coolbotnepal@gmail.com