Deprecated: Redux::setField is deprecated since version Redux 4.3! Use Redux::set_field( $opt_name, $section_id, $field ) instead. in /home/krishak/public_html/wp-includes/functions.php on line 4859

कृषि कर्महरू जेठ – कृषक र प्रविधि

कृषि कर्महरू जेठ

कृषि कर्महरू जेठ

 सिफारिस गरिए अनुसारका (पाएसम्म रोग कीरा सहन सक्ने) धानको बीउ
खोजी गरि नर्सरी ब्याड राख्ने । सिफारिस गरिएका जातहरू जस्तै खुमल –४,
खुमल –२, खुमल –८, खुमल –१०, चाइनुब–२४२, ताइचुब –१७६, खमल– ११,
कञ्चन, हिमाली आदि । धानको बीउ राख्नु भन्दा पहिला एक लिटर पानीमा
२०० ग्राम नुन राखी त्यसको घोलमा धानको बीउलाई छानेर माथि तैरिएको
जति निकालेर फालीदिने र पिंधमा रहेको बीउ तुरुत्तै सफा पानीले पखाली नर्सरी
व्याडमा छरि दिने । यसो गर्दा रोगकीरा लागेका धान, पपटा, माथिल्लो भागमा
तैरिन्छन भने राम्रो जति पिंधमा नै रहन्छन् । यसो गर्दा धानको बीउ सत प्रतिशत
उम्रने र १० देखि १५ प्रतिशत उत्पादन बढ्न क
ो साथै बीउको मात्रा कम लाग्छ ।
 वैशाख महिनामा छरेको मकैको पहिलो गोडाइ गर्ने, पहिलो गोडाइ गरि सकेको
मकै घुंडासम्म आउने भएको छ भने, सिफारिस अनुसारको (नाइटोजनयुक्त)
युरीया मल राखी उकेरा दिने, उकेरा राम्रोसंग दिनाले मकैले प्रशस्त खाद्यतत्व
पाउनुको साथै ढल्नबाट समेत सुरक्षित हुन्छ ।
 बेमौसमी गोलभेंडाको लागि टनेल निर्माण गर्ने कार्यलाई निरन्तरता दिने,
सिफारिस गरिए अनुसारको गोलभेंडाको बीउ छर्ने, तयार भएको बेर्ना रोप्ने र
सिंचाई गरिदिने ।
 काठमाडौं जस्तो हावा पानी भएको क्षेत्रमा लगाईएको गहुँ काट्ने, चुट्ने र ४–५
घाम सुकाएर बीउ र खाद्यान्नको लागि छुट्टा–छुट्टै भण्डारण गर्ने, भण्डारण गर्दा
मेटलविन वा सुधारिएको भकारीमा गहुँ राखी नीम, मरिच, टिम्मुर, खुर्सानीको
धूलो ५ देखि १० ग्राम प्रति केजी गहुँमा राखी भण्डारण गर्ने, वा बोझोको
धूलो २.५ ग्रामको दरले राखी भण्डारण गरेको खण्डमा घुनबाट केही हदसम्म
बचाउन सकिन्छ । अथवा एक मेटल बिन वा एक बोरा गहुँमा रासायनिक
विषादी सेल्फस एक चक्कीको दरले प्रयोग गर्ने, प्रयोग गर्दा विषादीलाई मखमल
वा कोराको कपडा भित्र पोको पारेर सकेसम्म अनाजको बीच भागमा राख्न
पर्छ । विशेष याद गर्नु पर्ने कुरा यो विषादी अत्यन्त कडा हुने भएकोले सावधानी
साथ प्रयोग गर्नु पर्छ । हावाको संपर्कमा आउने वित्तिकै यसबाट ग्याँस निस्कने
भएकोले चाँडै प्रयोग गर्नु पर्छ । प्रयोग गरिसके पछि कम्तिमा एक हप्ता अनाज
राख्ने भाँडाको ढक्कन खोल्नु हुँदैन । यो विषादी अत्यन्त कडा हुने भएकोले
विषादी भण्डारण गर्दा सावधानी पूर्वक गर्नु पर्छ ।
 गाईवस्तुलाई आन्तरिक परजीवीवाट बचाउन जुगाको औषधी खुवाउने, खोरेत
रोग विरुद्ध खोप लगाउने । गाईवस्तुको लागी आवश्यक पर्ने घाँसको लागी
बहुवर्षीय घाँसको बीउ छर्ने ।
 तपाइले लगाएको कांक ा ्र , फर्सि, लौका, घिरौंला, करेला आदिमा औंसा कीरा
९ँचगष्त ँथि० को प्रकोप देखिएको छ भने, फेरोमोन ट्रयाप राखी हाल्नुहोस् ।
फेरोमोन ट्र«्याप राख्दा प्रति रोपनी ४ वटाको दरले राखी दिने । फेरोमोन ट्र«्यापको
लागि पहेंलो पारदर्शी प्लाष्टिकको बट्टा भित्र ढलान तारमा थोरै कपास राखी
त्यसमा ५, थोपा क्यूलियर ५ थोपा मालाथियन झोल राखी ५ फिट उचाईमा
राखी दिने । हरेक १५–१५ दिनमा मालाथियन र क्यूलियर ५÷५ थोपा थप्दै
जाने ।
 गोलभेंडामा फल खाने गभारो लागेको छ भने जैविक विषादी एन.पि.भि.प्रति
लिटर पानीमा १.एम.एल.को दरले स्प्रे गरि दिने ।
 खेतबारीमा लगाइएको तरकारी तथा अन्य बालीको नियमित अवलोकन गर्ने,
रोग कीरा लागेको भए विषादी छर्नुपर्ने अवस्था भएमा मात्र सम्भव भएसम्म
बजारमा पाइने जैविक विषादी प्रयोग गर्ने नपाइएको खण्डमा सुरक्षित खालको
रासायनिक विषादीको प्रयोग गर्ने