कृषि क्षेत्रकोलागि राहतको विशेष प्याकेजको घोषणा गरि कार्यान्वयन गर्नु पर्छ

कृषि क्षेत्रकोलागि राहतको विशेष प्याकेजको घोषणा गरि कार्यान्वयन गर्नु पर्छ

भनिन्छ नि पहिला श्वास, त्यसपछि गाँस अनि बास । हो  मानव जाति आज यो वास्तविक कटु सत्य बन्दै गैरहेको छ | ढुङ्गे युगबाट मान्छे विज्ञानको पनि उत्कृष्ट युगमा आइपुग्दा केहि दिनकोलागि विश्राम लिन बाध्य तुल्याईएको छ । यो कसैको रहर नभई बाध्यता हो । कोरोनाको कहरले गर्दा आज नेपाल मात्र नभई विश्व नै ठप्प भएको छ । यो परिस्थिति कति दिन सम्म हुने हो त्यसको पनि टुंगो नभएको वर्तमान अवस्थामा यसको बहुआयामिक असरहरुले सिँगो विश्व अर्थतन्त्रमा नै धक्का लाग्ने निश्चित प्राय छ । त्यसैले त विश्वका प्राय जसो सबै मुलुकहरुले कोरोनाको कहरबाट तंग्रिनकालागि विभिन्न राहत प्याकेजहरु घोषणा गरिसकेका छन् । हाम्रो देशको सन्दर्भमा पनि अर्थतन्त्रमा ठूलो धक्का लाग्ने निश्चित प्राय छ र यसबाट हाम्रो कृषि क्षेत्र पनि अछुतो रहने छैन् । कृषि यस्तो क्षेत्र हो जसले जीडीपीमा योग्दान मात्र गर्ने नभई अधिकांस जनताको दैनिकीसँग जोडिएको हुनाले ठूलो अर्थ राख्दछ । त्यसैले परिस्थिति अनुकुल हुनासाथ किसानले उत्पादन गर्न सक्ने गरि राहतका प्याकेजहरु समयमा नै घोषणा गरिनु पर्छ नकि मरेपछि अस्पताल भन्ने  जस्तो नहोस |

| Advertisement |

Promotional banner

अर्जुन लुईटेल
जी सेभेन एग्रीकल्चर

अहिले कृषिलाई अत्यावश्यक सेवामा राखेर आवजजावतमा कुनै रोकटोक नलगाईएको भनिएको भएता पनि व्यवहारत यो लागु हुन सकेको छैन् । कृषि क्षेत्रसँग सम्बन्धित अन्यसेवाहरु पनि सुचारु गराउन जरुरी छ । सुरक्षितरुपमा सामाजिक दुरी कायम गरि गर्न सकिने कामहरु एग्रो भेट संचालन, कृषि प्रसार सेवाहरुलाई निरन्तरता दिनै पर्छ । विश्वमा अन्य देशको अवस्था हेर्दा कम्तिमा २ महिना लकडाउन हुने अवस्था पनि आउन सक्छ । यतिका समय सबै कृषि सम्बन्धि सेवाहरु पनि अवरुद्ध हुँदा त्यसको असर त्यस पछिका दिनहरुमा देखिने छ । बिशेष गरि यो समय भनेको कृषकले योजना तयारी पुरा गरि खेतबारीमा बिरुवा लगाउने तथा आवस्यक पूर्वाधार तयार गर्ने कृषि उपकरण व्यस्थापन गर्ने अति नै महत्वपूर्ण समय हो | यो बेलामा यी कुराहरुको व्यवस्थापन गर्न सकिएन भने स्वभाविक रुपमा कृषि उत्पादन घट्नु को साथै किसानले बैंकको ऋण तिर्न नसक्ने अवस्था आउन सक्छ । हामी आर्थिक वर्षको आन्तिम तिर छौ जसले अहिलेको स्थिति लम्बिने आवस्था आएको खण्डमा अनुदानका कार्यक्रम असार भित्र पुरा गरि भुक्तानी लिन सहज हुने छैन जसले गर्दा धेरै बजेट फ्रिज हुने संभवाना रहन्छ भने बजारमा मल, बिउ , यन्त्र उपकरणको अभाव हुन नदिनको लागि आयात तथा उत्पादनमा पनि सहजीकरण गरि सरकार बेलैमा अगाडी बढ्न जरुरि छ | विगतका अनुभवबाट पाठ सिक्दै कृषि मन्त्रालयको यस तर्फ यथेष्ट ध्यान जाने कुरामा विश्वस्त छु । कृषि उत्पादनमा ह्रास आउन नदिन सरकारले कृषि अनुदानका कार्यक्रमलाई निरन्तरता दिदै कृषि क्षेत्रकोलागि राहतको विशेष प्याकेजको घोषणा गरि कार्यान्वयन गर्नु पर्छ ।