कृषि क्षेत्रलाई बचाएर राख्न हाम्रो वर्तमान कार्यान्वयन पद्धति सुधारौ – डा. राजेन्द्र उप्रेती

कृषि क्षेत्रलाई बचाएर राख्न हाम्रो वर्तमान कार्यान्वयन पद्धति सुधारौ – डा. राजेन्द्र उप्रेती

जव-जव संसारमा आर्थिक मन्दिहरु र संकट आएका छन त्यो बेला सबैको बाच्ने अन्तिम आधार कृषि क्षेत्र नै भएकोछ । त्यो बेला यो क्षेत्रको महत्व झल्किन्छ तर जव स्थिति केहि समान्य हुन्छ फेरी यो क्षेत्र सबैको प्राथमिकताबाट टाडिन्छ । त्यसैले हामीजस्ता देशहरुको कृषिक्षेत्र र किसानहरु सधै जोखिममा हुन्छन । जवसम्म कृषिमा आर्सित मानिसहरुको जिविकोपार्जन सहज बनाईदैन तवसम्म संसारमा कहि पनि कृषिले फडको मार्न सकेको छैन। हाम्रा अहिलेका रणनितिहरु कागजि र प्रकृया केन्द्रित छन जसबाट कृषिलाई मुख्य पेशा बनाएका मानिसहरु लावान्वित भैरहेका छैनन । राज्यले कृषिको नाममा किसानलाई उपलब्ध गराउने राहतहरु झंन्झटमुक्त¸ पारदर्शि¸ लागत नबढि प्राप्त हुने र बिचौलिया मुक्त हुनुपर्छ । सरकारले तुरुन्त अवलम्वन गर्नुपर्ने अर्को काम भनेको उत्पादकहरुले उत्पादन गरेको सानोसानो परिमाणका कृषि उत्पादनहरुको संकलन र बजारीकरण हो । बस्तुको परिमाण नबढाई बजारिकरण सहज हुदैन । संसारका धेरै बिकाससिल देशहरुले कृषकहरुलाई सघाउन यस्तो रणनिति अपनाएका छन । जवसम्म किसानले उत्पादन गरेका बस्तुहरु बिक्रि भएर किसानको लगानि फिर्ता आउदैन तवसम्म किसानहरुले फेरि उत्पादनकालागि सकृयता देखाउदैनन र अर्को राम्रो विकल्प पाउने बित्तिकै कृषिक्षेत्रबाट पलाएन हुन्छन । त्यसैको परिणाम हो नेपालमा खेती योग्य जग्गाको बाझोपन हरेक बर्ष बढिरहेको छ र सिंचित क्षेत्र बढे पनि बाली सघनता र उत्पादकत्व बढन सकेको छैन । हामीले किसानहरुलाई उपलब्ध गराउने भनेका बीउ¸ मल¸ मेसिनरी आदि कुराहरु हाम्रा प्रकृयागत कुराले गर्दा खुल्ला बजारमा पाउने भन्दा महंगा भएका छन र किसानहरुले केहि राहत पाएका छैनन । त्यसैले हामीले सुधार ल्याउने भनेको मुख्य कुरा भनेको हाम्रो बर्तमान कार्यान्वयन पद्धति नै हो ।

डा. राजेन्द्र उप्रेती, कृषि विज्ञ