कृषि तथा पशुपंक्षीजन्य उत्पादनको बिक्री वितरणमा समस्या आएको छ-खनियावास गाउँपालिका

कृषि तथा पशुपंक्षीजन्य उत्पादनको बिक्री वितरणमा समस्या आएको छ-खनियावास गाउँपालिका

कोरानाको कारण खासै समस्या नभएता पनि संक्रमणबाट बच्नको लागि लिनु पर्ने सावधानीका कारण सिंगो गाँउपालिका नै सावधानीका लागि परिचालन भएको छ । कोरोनाको शंका भएका विदेशबाट आएकाहरुहरुको कोरोना परीक्षण गर्ने तयारी पनि गरिएको छ । लकडाउनका कारण खास गरि गाउँघरमा शहरको जस्तो पुरै घरभित्र नै बस्ने नै भन्ने त यहाँ छैन । अधिकाँस कृषि पेशामा नै आबद्ध भएका कारण मकै गोडने, गहुँ झार्ने जस्ता कृषि कर्महरुमा नै व्यस्त छन् । कोरनाको कारणबाट सिर्जित लकडाउनका कारण कृषि र पशु पालन क्षेत्रमा भने समस्या देखिएको छ । बन्दाबन्दीका कारण बजारहरु बन्द भएकोले उत्पादित तरकारीहरु, दुधजन्य पदार्थ बिक्री गर्न कठिन भएको छ । कुखुराजन्य उत्पादन ब्रोइलर कुखुरा , लेयर्सको अण्डाहरु पनि अहिले बिक्री भईरहेको छैन् । पालिकाले अति विपन्न लगायत एकल महिला, मजदुर,अपाङग गरि २०० परिवारलाई राहत वितरण गरिसकेका छौं । कृषिको लागि छुट्याएको बजेट ७० प्रतिशत जति कार्यान्वयनमा ल्याएका छौँ । एक चरणमा मल खरिद गरेर बिक्री गरिसकेका छौं । पतझर बिरुवाकोलागि कृषि प्राविधिक नभएको कारण खरिद गर्न सकिएन । हाम्रो पालिकाको तर्फबाट यसपाली कागती , अलैँची, कफिको बेर्ना कृषकहरुलाई उपलब्ध गराएका छौँ । यस पालिकाले व्यवसायिक फलफूल खेतीको प्रबद्र्धनका लागि ५० देखि ८५ प्रतिशत अनुदान दिएर बिरुवा र औजारहरु वितरण गरी किवी कफिलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ । यसै कार्यक्रम अन्तरगत किवीको १२०० देखि १५०० बेर्ना र कफिको २० हजार देखि २५ हजार बेर्ना उत्पादन गरि यो बर्षमा रोप्ने योजना छ ।
खनियावास गाउँपालिका अध्यक्ष रण बहादुर तामाङ्गसँग गरिएको कुराकानीको आधारमा सम्झना श्रेष्ठले तयार पारिएको रिर्पोट