केरामा सिगाटोका रोग

केरामा सिगाटोका रोग

सिगाटोका पात थोप्ले ( singatoka life stop ) केराको एक प्रमुख रोग हो । शुरुमा यो रोग फिजी देशको सिगाटोका उपत्यकामा पत्ता लागेको थियो । हाल केरा खेती हुने विश्वका प्रायः सबै भू–भागमा यो रोग फैलिएको छ । ढुसीद्धारा लाग्ने यो रोग दुई किसिमको हुन्छ: पहेंलो सिगाटोका ( mycosphaerella fijiensis)। पूर्वी तराईमा विशेष गरी पहेलो सिगाटोकाले वर्षायाम देखि हिउँदसम्म ठूलो क्षति पुयाउने गरेको छ । विशेष गरी केराको रोगी माउबाट गानो छुट्याएर रोप्दा यो रोग सर्दछ । यसका साथै यो रोग हावा र वर्षाको पानीको माध्यमबाट पनि सर्न सक्दछ । यो रोगको प्रकोप असार श्रावणबाट शुरु हुन्छ भने कार्तिक देखि पौष सम्म धेरै क्षति पुयाउने गर्दछ ।

| Advertisement |

Promotional banner


रोगको लक्षण
शुरुमा हल्का हरिया, लागभग १ मि.मि.लामा, मसिना थेग्ला देखा पर्दछन् । त्यसपछि ती थेग्लाहर बढ्दै गएर केही लामा र लगभग १ मि.मि.चौडा धर्सामा परिणत हुन्छन् । विस्तारै ती फैलदै गएर लाम्चो खालको घाउ बन्छन् र खिया जस्तै रातो रंगमा परिणत हुन्छन् । उक्त घाउको वरिपरी पानीले भिजे जस्तै घेरा देखिन्छ । यो विशेष गरेर बिहानीपख शीत भएको बेलामा देख्न सकिन्छ । घाउको बीचमा गाढा खैरो भाग पछि गएर ध्वाँसे खैरो रंगमा परिणत हुन्छ जुन हल्का दबेको खुम्चिएको र वरिपरिबाटगाढा खैरो घेराले औंठी जस्तै रिङ्ग बनाएको हुन्छ । यस्तो पूर्ण विकसित घाउ धब्बा सुकेको पातमा पनि देख्न सकिन्छ । कलिला पातमा यस्ता धब्बा थेग्लाहरु ठूला र गोलाकार हुन्छन् । पूर्ण विकसित थेग्लाहरु ८ देखि १२ मि.मि. लामा हुन्छन् । थेग्लाको वरिपरिको पातको भाग पहेलो हुन्छ । यस्तो लक्षण विशेष गरेर थेग्लाबाट पातको किनारा तर्फको भागमा बढी देखिन्छ । रोगको प्रकोप धेरै भएमा पातका धेरै भाग पहेला र त्यसपछि गाढा खैरो किनारा भएर मर्दै जान्छन् माथिबाट खुलेका पात गन्दै जाँदा तेस्रो वा चौथो पातमा यो रोग शुरुवात भएको देखिन्छ तर वातावरण अनुकूल भएको बखत दोस्रो पातमा पनि लक्षण देख्न सकिन्छ । पुराना पातमा विकसित दाग देख्न सकिन्छ । प्राय: गरी माथितिरका पात भन्दा तलतिरका पातमा यो रोगले बढी क्षति पुयाएको हुन्छ । यो रोग धेरै फैलिएमा पातलाई सुकाई दिन्छ । फल राम्रोसँग वृद्धि हुन सक्दैन र पूर्ण विकसित नभई चाँडै नै पाक्दछ । त्यस्ता फलका कोसा साना र पातला हुन्छन् ।

व्यवस्थापन
यो रोग नियन्त्रण गर्न एकिकिृत रुपमा निम्न विधिहरु अपनाउनु पर्दछ:

  • नियमित रुपमा बगानको अवलोकन गर्ने ।
  • रोगमुक्त बिरुवा रोप्ने । गानो छुट्याएर रोप्दा रोग मुक्त माउबाट छुट्याउनु पर्दछ ।
  • उचित दूरिमा रोप्ने । बाक्लो गरी लगाइएको बगानमा यो रोगको प्रकोप ज्यादा हुन्छ, निकासाको व्यवस्था गर्ने ।
  • सिँचाई गर्दा फोहरा सिंचार्य विधिको प्रयोग नगर्ने

थोपा सिंचाई
थोपा सिंचाई वा जमिन मुनिको सिंचाइको व्यवस्था गर्ने । नियमित र उचित मात्रामा मलको प्रयोगले रोग सहने क्षमताको विकास गराउँदछ । तसर्थ सन्तुलित मात्रामा मलखादको प्रयोग गर्ने । नियमित रुपमा रोग लागेका पातहरुलाई काटेर जलाउने वा गाड्ने र रोगी बोटहरु काटी नष्ट गर्ने ।

  • ढुसिनासक विषादिको प्रयोगले रोगको न्यूनिकरण गर्ने ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, तरहरामा गरिएको परीक्षणमा यो रोगलाई पिनाकलच (propiconazole 25 %EC ) ले स्प्रे गर्दा प्रभावकारी रुपमा नियन्त्रण गरेको पाईएको छ । तसर्थ यो रोगको प्रकोप बढेमा पिनाकल ०.५–१ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्कने । यो ढुषीनाशक विषादि आवश्यकता अनुसार २–३ हप्ताको फरकमा छर्न पनि सकिन्छ तर लगातार एउटै विषादी प्रयोग गर्दा रोगको जिवाणु (ढुसी) ले विषादी सँग प्रतिरक्षात्मक क्षमता विकास गर्न सक्ने हँुदा बीच–बीचम( manacozeb वा chlorothalonil) युक्त ढुसी नासक विषादिको प्रयोग गर्नु उपयुक्त हुन्छ ।