कोरोना भन्दा मकैको अमेरिकी फौजी कीराको प्रकोपले गाउँपालिकामा दुःख दिएको छ -अध्यक्ष केशर मेन्याङबो

कोरोना भन्दा मकैको अमेरिकी फौजी कीराको प्रकोपले गाउँपालिकामा दुःख दिएको छ -अध्यक्ष केशर मेन्याङबो

कोरोनाले गर्दा हाम्रो गाउँपालिकामा त्यस्तो खासै असर त परेको छैन । एक जना व्यक्ति काठमाण्डौँतिरबाट आउनुभएको छ उहाँ संक्रमितको शंकास्पदमा रहेकाले आज १० दिन भयो क्वारेन्टाइनमा हुनुहुन्छ । गाउँघरमा भने सामान्य कामहरु भई नै राखेको छ । खेतिपातीको कामलाई त रोकेर भएन । कुखुरा पाल्ने किसानहरुलाई दानाको अभाव त भएको छ तर तरकारीको बिषयमा कुरा गर्ने हो भने यो एक गाउँ हो यहाँ निर्यात हुने गरी उत्पादन गरिरहनु भएको छैन् त्यसकारण बजारीकरणमा पनि खासै समस्या छैन् । टमाटर निकाल्ने समय भएको भए अवस्य नै नोक्सान हुने थियो । अहिले भर्खरै लगाईरहेका छन् र उत्पादन हुने क्रममा पनि छन उत्पादन भएपनि हामीले ति उत्पादित तरकारीलाई ताप्लेजुङको बजारतिर लैजाने पासहरु बनाउने योजना बनाएका छौँ तर जुन चितवन र धादिङमा उत्पादन गरेर काठमाण्डौँ ल्याएर बेच्ने जस्ता समस्या हाम्रोमा छैन् । हामीले अस्तिमात्र मकैको बिउ बाड्यौँ र हाम्रो यस क्षेत्रमा लोकल धान नै रोप्ने भएकाले किसानले बिउहरु स्टक गरेर राखेको हुन्छ । अहिलेको समस्या भनेको मकैको पहिलो गोडाई भैराखेको छ जसमा फौजी किराले अप्ठयारो पारेको कुरा एउटा वडाको रिपोर्टमा आएपछि हामीले केहि प्रविधिकलाई यर्थात के हो र यसमा कस्तो बिषादी प्रयोग गर्न सकिन्छ भनेर अध्ययनको लागि प्राविधिकलाई पठाएका छौँ । मलको कुरा गर्ने हो भने हामी युरिया मल नै प्रयोगमा ल्याउछौँ । अहिलेको लागि भने मैले थाहा पाए अनुसार स्थानीय व्यापारीले स्टक गरेर राख्नु भएको छ । यदि नपुगे बिर्तामोडबाट ल्याउने योजना बनाउने छौँ । लकडाउनले गर्दा हाम्रो गाउँपालिकामा भने त्यस्तो असर परेको छैन र सामान्यतया दैनिक उपभोग्य वस्तुहरु आर्पूति भई नै रहेको छ ।

पाथीभरा याङवरक गाँउपालिका प्रदेश नं. १ को  ताप्लेजुङ्ग जिल्लाको पुर्वी भागमा अवस्थित एक सुन्दर गाँउपालिका हो।  गाउँपालिका अध्यक्ष केशर मेन्याङबोसँगको कुराकानीमा आधारित रहेर लक्षमी थापाले तयार पारेको रिर्पोट । अध्यक्षलाई मो.न.९८४२६६०११९ मा सम्पर्क गर्न सक्नु हुन्छ ।