२ हप्ता देखी २० औ हप्ता सम्म सुरक्षित राख्न सकिने कृषि उपज नफालौ, भएका कोल्ड स्टोरलाई प्रयोगमा ल्याउ

२ हप्ता देखी २० औ हप्ता सम्म सुरक्षित राख्न सकिने कृषि उपज नफालौ, भएका कोल्ड स्टोरलाई प्रयोगमा ल्याउ

कोरोना भाईरसका कारण अहिले भएको बन्दाबन्दीको अवस्थामा विभिन्न स्थानमा तरकारी तथा फलफूलहरु त्यसै फाल्नु परेको समाचारहरु आईरहेका छन् । सामान्यतया २ देखी २० हप्तासम्म सजिलै भण्डारण गरेर राख्न सकिने कृषि उपजहरु ढुवानी तथा बजारको अभावमा त्यसै कुहाएर फाल्नु पर्ने अवस्था आउनु हाम्रो कृषि क्षेत्रको दुर्भाग्य नै हो । यस्तै अवस्थामा तरकारी तथा फलफूलहरुको सुरक्षित भण्डारण गर्न सकियोस भन्ने अभिप्रायले नेपाल सरकारले कोल्ड स्टोर निमार्णमा विभिन्न किसिमका सहुलित उपलब्ध गराई कोल्ड स्टोर निमार्ण भएका छन् । यस्तो संकटको बेलामा ती कोल्डस्टोरहरुको प्रयोग गर्नु पर्दछ ।
कोल्ड स्टोर भएता पनि कतिपय स्थानमा  तरकारी र फलफूल कसरी राख्ने भन्ने ज्ञान नहुँदा सरकारको अनुदानमा निमार्ण भएका कयौ कोल्ड स्टोरहरु संचालनमा नै आएका छैनन भने संचालनमा आएकाहरु पनि स्टोरमा राखेको उपज कुहिएको कारण समस्यामा छन् । सामान्यता,कोल्ड स्टोरमा राखिने  फलफूल तथा तरकारीको भण्डारण आयु त्यसको जात, प्रकार र टिप्नु भन्दा अघिको उपजको अवस्थामा भर पर्दछ । कोल्ड स्टोरको तापक्रम र सापेक्षीक आद्रताको उचित नियन्त्रण मार्फत तरकारी तथा फलफूलको भण्डारण आयु र गुणस्तर कायम गर्न सकिन्छ । तसर्थ यदि तपाईले कुनै उपज भण्डारण गर्ने हो भने सो उपजको बालीको जात, बाली लिनुको अघिको अवस्था, उपयुक्त भण्डारण तापक्रम, उपयुक्त सापेक्षिक आद्रता बारे राम्रो जानकारी लिनु पर्छ । यसका साथै उक्त उपजलाई अधिकतम कति दिन सम्म भण्डारण गरि राख्न सकिने हो भने त्यसको पनि जानकारी राख्नु पर्दछ । कोल्ड स्टोरमा उपजको उचित भण्डारण गर्न सामान्यतया निम्न दुई कुरामा ध्यान दिनु पर्दछ ।

तापक्रम : कुनै पनि कृषि उपजलाई उचित भण्डारणको लागि निश्चित तापक्रममा  भण्डारण गर्नु पर्ने हुन्छ । कोल्ड स्टोरमा राखिने उपजलाई बाहिरी तापक्रमबाट जति सक्दो चाडो उपयुक्त तापक्रममा लैजान सक्यो भण्डारणका दौरान उपजको गुणस्तर त्यति नै राम्रो हुन्छ ।

सापेक्षिक आद्रता : भण्डारणका दौरान उच्च आद्रता कायम राख्नाले उपजमा भएको पानीको मात्रा घट्दैन जसको कारण उपजको  वजन कम हुन्न् ।  उच्च आद्रता जहिल्यै पनि कम तापक्रममा कायम राख्नु पर्दछ । यदि तापक्रम र आद्रता दुवै उच्च भएमा ढुसी र ब्याकटेरियाको बृद्धि बिकासमा मद्दत पु¥याउँछ । तसर्थ कोल्डस्टोरको सापेक्षिक आद्रता आवश्यक मात्रामा छ कि छैन भनि नियमित चेक गर्नु पर्दछ ।

केही तरकारी बालीको विभिन्न तापक्रममा हुने भण्डारण आयुको तालिका

| Advertisement |

Promotional banner

कोल्ड स्टोर सम्बन्धि विभिन्न कुरालाई मध्य नजर गर्दै यस पत्रिकाले कोल्ड स्टोरमा भण्डारण सम्बन्धि प्राविधिक जानकारी नियमित रुपमा प्रकाशन गर्दै आएको छ । यदि तपाईलाई पनि कस्तो कोल्ड स्टोर बनाउने, कुन उपज कसरी राख्ने सम्बन्धि तालिम तथा ज्ञानको आवश्यक्ता छ भने सम्पर्क गर्न सक्नु हुन्छ ।
नोट :कुनै पनि उपजलाई माथि उल्लेखित तापक्रम अनुसार  राखे पछि उल्लेखित समयसम्म भण्डारण गर्न त सकिन्छ तर हाम्रो देशमा बिक्री कक्ष तथा ढुवानी साधनहरु  वातानुकुलित नभई दिनाले न्यून तापक्रममा भण्डारण गरि राखिएका उपजहरु बिक्रीको लागि लैजादा र बिक्री प्रयोजनका लागि राख्दा झन धेरै बिग्रिन सक्छ । तसर्थ हाम्रो देशको बजार सुहाउँदो तापक्रम व्यवस्थापन गर्न अनिवार्य हुन्छ ।

कुलबट नेपाल नयाँ बानेश्वर, काठमाडौ
सम्पर्क : ०१ ४७८५७५६, ९८४००७२७१७, ९८०१०८४२०५ Email : coolbotnepal@gmail.com