कृषिसम्बन्धी केही तथ्यहरु

कृषिसम्बन्धी केही तथ्यहरु
  • सुन्तलालाई चिसो तथा भिजेको अवस्थामा टिप्दा सुन्तलाको बोक्रामा भएको तेलिय ग्रन्थिहरु फुटेर बोक्रामा पहेलो कालो खालको धब्बाहरु देखा पर्दछ  ।
  • बोटबाट फल टिप्दा फललाई घडिको उल्टो दिशा तिर मोडेर फल भेटनोबाट छुट्याई टिप्नाले फलको भण्डारण अवधि लामो हुन सकछ ।
  • मकैको पातमा ख् आकारमा पातको टुप्पोबाट सुकन शुरु भई पातको मुख्य नसा हुदै पुरै पात नै सुकदै गएको छ भने मकैमा नाइट्रोजनको कमि भएको हो बुझनु पर्दछ ।
  • फलफूल छिटो पकाउनको लागि प्रयोग गरिने क्यालसियम र्काबाइड रसायनबाट उत्पन्न हुने एसिटिलीन ग्यासँ स्टिल धातु वेल्डिङ्ग गर्न प्रयोग गरिन्छ र यो ग्यासँले मुखको अल्सर हुन सकने , मानसिक रोग लाग्ने तथा कयान्सर समेत हुने तथ्य पता लागेको छ ।
  • माछा बिग्रन नदिनको लागि माछा पसलेहरुको फर्मालिनको प्रयोग गरेको पाइन्छ । यो बिषाक्त रासायन हो । जसको प्रयोगले श्वासप्रश्वासमा समस्या आउने, आन्द्रामा घाउ हुने र अन्त्यमा मृत्यु समेत हुने गर्दछ ।
  • अधिक पोलिएको वा धुवामा सेकिएको खानेकुरा (जस्तै माछा, मासुको सेकुवा र सुकुटी) मा Benzopyrin
    र स्न्याकस फुड जस्तै दालमोठ, कुरकुरे, आलु चिप्स आदि लाई अधिक तापक्रममा प्रशोधन गरिएमाAcrylamide
    रसायन बिकसित हुन्छ । जसलाई कयान्सरको कारक तत्व मानिन्छ ।
  • प्लाष्टिक जन्य प्याकेजिंग र मसियुक्त कागज जस्तै पत्रपत्रिकामा बेरिएको खानेकुरा स्वास्थको लागि हानिकारक हुन्छ जस्ले स्तन कयान्सर, दम, स्नायूप्रणालिमा क्षति, प्रजननशक्ति क्षीण आदि हुन सकछ ।
  • रातो च्याउ (डाडु च्याउ), Red Mushroom को प्रयोगले छाला चाउरीदैन, त्यसैले यसको सेवन गरेमा बृद्ध अवस्थामा पनि यौवनावस्थामा जस्तै तन्दरुस्त देखिन्छ भन्ने बिश्वास रहेको पाइन्छ । त्यसैले यसलाई अमृत सञ्जिवनी पनि भनिन्छ ।
  • सूर्यमूखीको फूलबाट निकालिएको रस बोट बिरुवामा किटनाशकको रुपमा प्रयोग गर्न सकिन्छ । यसलाई भाइरसद्धारा  बोट बिरुवाहरुमा लाग्ने रोगहरु बिरुद्ध पनि प्रयोग गरेको पाइन्छ ।
  • च्याउ काटदा त्यसबाट दुध जस्तो सेतो रस निस्किएमा उक्त च्याउ बिषालु हो भन्ने बुझिन्छ र त्यस्तो च्याउ खानु हुदैन ।