| Advertisement |

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले कृषि मन्त्री घनश्याम भुसाललाई पत्र पठाएका छन्।
कोरोना महामारीका बेला कृषि क्षेत्रलाई त्राण दिन नसक्ने हो भने धरासायी हुने सांसद थापाको भनाइ छ।
‘महासंकटको यो अवस्थामा कृषि क्षेत्रलाई बचाउन तत्काल पहलकदमी नलिने हो भने कृषि क्षेत्र कहिल्यै नउठ्ने गरी धरासायी हुन्छ नै समग्र अर्थतन्त्र तथा आम मानिसको दैनिकी नै धर्मराउने अवस्था सिर्जना हुनेछ,’ सांसद थापाले कृषिमन्त्रीलाई पठाएको पत्रमा उल्लेख गरेका छन्।
कृषि क्षेत्र उकास्ने रणनीति र योजना द्रुत र तृक्ष्ण हुनुपर्ने उनले बताएका छन्।
थापाले स्थानीय सरकारको समन्वयमा कृषिको व्यवसायीकरणमा प्रोत्साहन गर्नुपर्ने बताएका छन्।
‘कृषिमा आत्मनिर्भर अभियान’ सञ्चालन गर्न सकिन्छ। बाँझो जमिनलाई कृषि भूमि बैंकमा ल्याउने व्यवस्था गरी सरकारले खेति गर्नेलाई उपलब्ध गराउने नीति लिनुपर्छ,’ सांसद थापाले भनेका छन्।
सांसद थापाले १२ बुँदा मन्त्री भुसाललाई कृषि क्षेत्र उकास्नेबारे सुझाव पनि दिएका छन्।
साभार:https://www.setopati.com/