बढ्दो जनसङख्यालाई दैनिक खाद्यान्न उपलब्ध गराउन उन्नत प्रबिधिको प्रयोग सगँसँगै गुणस्तरीय बीउको प्रयोगमा पनि ध्यान दिनु पर्ने आवश्यक रहेको छ । अधिक उत्पादन दिने बीउको प्रयोगको साथसाथै उत्पादित बीउको उचित संरक्षण गरी बीउको गुणस्तरमा ह्रास हुन नदिनु उतिकै जरुरी हुन्छ । गुणस्तरीय बीउको प्रयोगले मात्र १५–२० % सम्म उत्पादन बृद्घि भएको तथ्य विभिन्न अनुसन्धानले देखाएको छ । तसर्थ बीउलाई नै कृषि विज्ञानमा गरिएको बिकास र नयाँ प्रविधिको बिस्तार गर्ने वाहन मानिएको छ । बीउको गुणस्तर नियन्त्रण गर्न नसकेमा उन्नत जातका बिउ पनि पछि गएर स्थानीय जात सरह नै हुन जान्छ । जसले गर्दा उन्नत बीउको अभावको साथै उत्पादनमा पनि ह्रास आउछ । अत ः बीउ छरे देखि बीउ बिक्री बितरण गर्दा सम्म यसको निरीक्षण गरी प्रमाणिकरण गर्नु आवश्यक देखिन्छ ।
बीउमा लगाइने टयागको विभिन्न स्तरहरु
१) प्रजनन बीउ: काठ रँगको खैरो पृष्ठभूमिमा कालो अक्षरले लेखिएको टयाग हुन्छ । जसमा प्रजनकले हस्ताक्षर गरेको हुन्छ । यो मूल बीउ उत्पादन गर्नका लागि श्रोत बीउको रुपमा प्रयोग गरिन्छ ।
२) मूल बीउ : सेतो पृष्ठभूमिमा कालो अक्षरले लेखिएको टयाग हुन्छ । यसलाई बीउ प्रमाणिकरण निकायका बिशेषज्ञहरुले प्रमाणित गरेको हुन्छ । यो प्रमाणित बीउ उत्पादन गर्नका लागि श्रोत बीउको रुपमा प्रयोग गरिन्छ ।
३) प्रमाणित बीउ :
- पहिलो पुस्ता : सेतो पृष्ठभूमिमा निलो अक्षरले लेखिएको र टयागको एक किनारा तर्पm निलो धर्सा भएको हुन्छ ।
- दोस्रो पुस्ता : सेतो पृष्ठभूमिमा निलो अक्षरले लेखिएको र टयागको संकेत पत्रको एक किनारामा हरियो धर्सा भएको हुन्छ ।
४) उन्नत बीउ ः पहेलो पृष्ठभूमिमा कालो अक्षरले लेखिएको हुन्छ । यो बीउ किसानले बजारबाट किनेर आफनो खेतबारीमा प्रयोग गर्छन । नोट ः आलुको हकमा प्रजनन (एचभ(दबकष्अ), मूल (द्यबकष्अ), प्रमाणित (द्यबकष्अ ज्ञ ७ द्यबकष्अ द्द) र उन्नत गरी चार प्रकारका बीउका स्तरहरु हुन ।
चिस्यानको आधारमा बीउलाई २ भागमा बाँडिएको छ ।
१) सुख्खा बीउः यसमा खाद्यान्न , तरकारी र नगदे बालीको बीउ पर्दछ ।
२) बढी चिस्यान आवश्यक पर्ने बीउः कफि, चिया, आँप, कटहर आदिको बीउ पर्दछ ।
बीउ प्रमाणिकरण गर्ने चरणहरु
- बीउ उत्पादकबाट प्राप्त निवेदनहरुमा उल्लेखित स्थान, जग्गा, इत्यादि बिज बृद्धिको लागि पर्याप्त र अनुकुल छ÷छैन यकिन गर्ने,
- बिउ उत्पादकले प्रयोग गर्ने श्रोत बीउको स्तर र श्रोतको जानकारी लिने,
- खडा बाली निरीक्षणको लागि प्राविधिक खटाउने,
- बालीको प्रकार तथा आवश्यकता अनुसार खडा बालीको निरीक्षण गर्ने,
- उत्पादन उपरान्तका गतिविधिहरु जस्तै बीउ दाउनी, बीउ प्रशोधन, प्याकेजिङ, इत्यादी को निरीक्षण गर्ने,
- बीउको लट उल्लेख गरी बीउको बोरालाई सिलबन्दी गर्ने,
- बीउको नमूना लिई बोरा सिलबन्दी गर्ने बेला प्रमाणिकरणको संकेत पत्र लगाई सिलबन्दी गर्ने ,
- उक्त नमूना परीक्षणका लागि फेरी नमुनालाई ल्याबमा पठाउने ,
- ६–६ महिना को अन्तरालमा बीउ पुनःपरीक्षण गराई गुणस्तरयुक्त पाइएमा म्याद थप गर्न सकिन्छ
बीउ बाली निरीक्षण गर्दा आकडा लिने तरिका
प्रति आकडा बोटको सङख्या
- धान, गहुँ, जौ, दलहन, तेलहन बाली को लागि १००० बोट÷बाला
- रायो र मटर को लागि ५०० बोट÷बाला
- लहरेबाली को लागि ५० बोट
- मकै, काउली, बन्दा, खूर्सानी, प्याज, गोलभेडा, मूला को लागि १०० बोट
बीउको लट सङख्या
लट सङख्याको ४ भाग हुने गर्दछ । जसमा चारै भागलाई डयास (–) ले छुटयाएको हुन्छ । उदाहरणको लागि “असा–७६–धनुषा–०२–०४ ले निम्न विवरण जनाउँदछ
- असा– असार ७६– २०७६ साल
- धनुषा– बीउ उत्पादित जिल्ला धनुषा
- ०२– बीउ बिजन प्रशोधन कारखाना, जनकपुर
- ०४– बीउ उत्पादनको संकेत सङख्या