घाँसको विकल्पमा साईलेज

घाँसको विकल्पमा साईलेज

हाम्रो देश नेपालमा प्राय बर्षातको समयमा धैरे मात्रामा हरियो घाँस पाईन्छ र त्यो सायमा हरियो घाँसको कमि हदैन । तर हिउद तथा सुख्खा समयमा हरियो घाँसको कमि वा अभाव हुन्छ । घाँसको कमि वा अभाव भएको समयमा पशुलाई हरियो घास तथा पौष्टिक तत्वको कमि हुन नदिनको लागि बर्षा याममा बढि भएको घाँसलाई साईलेज बनाई घासलाई संरक्षण गरेर राख्न सकिन्छ । साईलेज बनाउने तरिका गाँउघरमा गुन्द्रुक वा सिन्कि बनाउने तरिका जस्तै हो । साईलेज बनाउनका लागि हरियो तथा नछिपिएको घाँसलाई काटेर टुक्रा पारि खाडलमा खादेर हावा पानि छिर्नबाट बचाई अक्सीजनको सम्पर्क बिना व्याक्टेरीयाको सहयोगले रासायनिक परिवर्तन गराई साईलेज बनाउन सकिन्छ । यसरि तयार गरिएको साईलेजलाई लामो समयसम्म संरक्षण गरेर राख्न सकिन्छ तयार भएको साईलेजलाई हरियो घाँसको कमि तथा सुख्खा समयमा पशुलाई खुवाउन सकिन्छ । जसले गर्दा पशुमा पौष्टिक तत्वको पुर्ती साईलेज खुवाएर गर्न सकिन्छ ।

साईलेज बनाउदा प्रयोग हुने घाँसको छनोट

सकभर राम्रो साईलेज बनाउनको लागि घाँसको छनोट गर्दा मोटो डाठ र डाठमा गुलियोपना भएको घाँस छनोट गर्नु पर्दछ । मकै, टियोसेन्टि, जुनेलो, बाज्रा, सरगम, नेपियर आदि घाँसबाट राम्रो साईलेज बनाउन सकिन्छ । साईलेज बनाउन घाँस काट्दा फुल लाग्ने अवस्थामा काट्नु पर्दछ ।

साईलेज बनाउने तरिका

  • साईलेज बनाउनको लागि घाँसमा फुल लाग्ने अवस्था भएको घाँस काट्नु पर्दछ । जस्तै मक,ै बाज्रा जुनेलो जस्ता घाँस धानचमरा निस्कन थाले पछि काट्नु पर्दछ ।
  • हरियो घाँसमा जंलाशं (पानी) को अवस्था ९० प्रतिशत सम्म हुने गर्दछ । त्यसैले हरियो घाँसलाई काटिसके पछि घाशलाई ५÷६ घण्टा राम्ररी सुकाई ओइलाउनु पर्दछ ।ओइलाएर घाँसमा भएको चिस्यानको मात्रालाई ६०÷६५ प्रतिशत मा झार्नु पर्दछ ।
  • तयारी अवस्थामा राखिएको घाँसलाई टुक््रयाउनु पर्दछ । घाँसलाई राम्रोसँग खाडलमा खाँदियोस र उच्च गुणस्तरको साईलेज तयार गर्नका लागि घाँसलाई २÷३ इन्चको टुक्रा पार्नु पर्दछ ।
  • मिश्रीत साईलेज बनाउने हो भने कोशे र अकोशे घाँसको टुक्राहरु एकै ठाउमा राम्रोसँग मिसिने गरि मिसाउनु पर्दछ ।
  • साईलेज बनाउने खाडलमा हावापानी नर्छिनका लागि खाडलको पिधमा प्लास्टिक वा केराको पातहरु राख्नु पर्दछ ।
  • तयार पारिएको खाडलमा घाँसको टुक्रालाई तह तहमा राखेर खाद्नु पर्दछ । खाडलमा घाँसको टुक्रा राख्दा एकैनासले खाद्नृु पर्दछ । यदि घास राम्ररी खाँदिएन भने घाँसको तहमा हावा रहन्छ र सो हावाले साईलेज सड्ने वा बिग्रिने सम्भावना हुन्छ ।
  • घाँसलाई खाडलमा भरिसके पछि माथिबाट प्लास्टिक वा केराको पातले छोपि माटोले चारै तिर छोपेर लिपिदिने पर्दछ । माथि बाट वजन बढि भएको वस्तु जस्तै मुढा वा ढुङगाले थिचिदिनु पर्दछ ।
  • साइृलेज तयार हुनको लागि ४०÷४५ दिन सम्म लाग्छ । तयार भएको साईलेज निकाल्नको लागि एकातिर सानो मुख बनाई त्यहाँबाट साईलेज निकाल्नु पर्दछ र पुन मुख बन्द गरिदिनु पर्दछ ।

साईलेज बनाउनको लागि खाडल तयारी

सामान्यतया साईलेज बनाउनका लागि खाडल तयार गर्दा पानी नजम्ने भिरालो परेको जमिनमा खाडल तयार बनाउनुपर्दछ । आफुसँग रहेको घासको मात्रा तथा पशुको संख्या हेरि खाडल तयार गर्नुपर्दछ । सामान्यतया साईलेज बनाउनका लागि ५ फिट गहिरो मुखमा ६÷७ फिट व्यास भएको गोलाकार खाडल तयार गर्नुपर्दछ ।

राम्रो साईलेजमा हुनुपर्ने गुणहरु

राम्रो साईलेज हेर्दा हरियो पहेलो रङ, ढुशि रहित, समउदा नरम, रसिलो र मिठो बास्ना आउने हुनुपर्दछ । साइृलेजमा पिएचको मात्रा ४.२ देखि ४.५ हुनुपर्दछ । साईलेजलाई खाडमा मात्रा नभई प्लाष्टिक ब्यागमा पनि बनाउन सकिन्छ । आजकाल साईलेज बनाउदा विभिन्न किसिमका संयोजकको प्रयोग गरिन्छ जस्तै खुदो खनिज ,ढुटो आदि जसले गर्दा साईलेजको गुणस्तर बढि राम्रो हुन्छ ।