| Advertisement |

झोलमोल एक प्राकृतिक मल र जैविक विषादी हो। यसलाई घरमा पाइने बोटबिरुवा, झारपात र गौमुत्र बाट सजिलै प्रकृतिक रूपमा तयार पार्न सकिन्छ। झोलमोल बनाउने तरिका एकदम सजिलो र लामो समयसम्म प्रयोग गर्न सकिनाले यो उपचार पद्धति किसानहरुले जान्न निकै आवश्यक भएको छ। यसको प्रयोग बाट बोटबिरुवाले आवस्यक सुस्म तत्वहरू पाइनु को साथै बिभिन्न कीराहरूको आक्रमण बाट जोगाउँछ। कम लगानी तथा सजिलै बनाउन सकिने झोलमोलले कृषी पेसामा लागेका व्यक्तिलाई रासायनिक मोल र विषादी को राम्रो बिकल्प हुन्छ। यसको प्रयोग बाट उत्पादन भएको फलफूल तथा तरकारी हरू उपभोग गर्दा हाम्रो स्वास्थ्यमा कुनै पनि नकारात्मक असर हुदैँन। कृषक हरु को र उपभोता को स्वास्थ्य लाई कुनै नकारात्मक असर नगरी माटो स्वास्थ्य तथा मित्रजीब लाई राम्रो गर्छ। झोलमोल बनाउन चाइने आवश्यक सामाग्री हरु यो भनेर आकलन गर्नु भन्दा , हाम्रै घरआँगनमा पाउने तिता, पिरो, अमिलो, टर्रो वनस्पति हरु को प्रयाेग गर्न सकिन्छ।
यसैगरी हामी ले झोलमोल बनाउन हामीले यसप्रकारको सामग्रीहरु प्रयोग गर्न सकिन्छ:
- तितेपाती
- सयपत्री फूल को मुन्टा र पात
- निम
- असुरो
- केतुकी
- सरिफा
- लसुन
- खुर्सानी
- टिमुर,
- गौमुत्र आदी।
यसरी जम्मा पारे को सबै सामाग्री हरु लाई सानो-सानो गरेर काट्नु पर्छ। त्यसरी काटेको वनस्पतिलाई एउटा पलास्टिकको भाडामा राख्ने अनि त्यसमाथि बाट गौमुत्र हाल्ने। अब त्यो भाडामा हावा पस्न नदिने गरे बालियो संग विर्को बन्द गर्ने।
यदि हामीले झोलमोल जाडो याममा बनाउने हो भने तातो ठाउँमा राख्ने र यदि गर्मी याममा बनाउने हो भने त्यसलाई घाम नपर्ने ठाउँमा राख्नु पर्छ। यसरी राखे को झोलमोल जाडो याममा ३ हप्ता पछि तयार हुन्छ र गर्मी याममा १५ दिनमा तयार हुन्छ । यसलाई प्रयोग गर्दा यति बेर्ना मा हाल्ने हो भने १:५ को अनुपात मा हाल्नु पर्छ भने यदि बोटबिरुवा मा हाल्ने हो भने १:३ को अनुपात मा हाल्नु पर्छ। साथै आजभोलि बजारमा पाइने जीवातु को प्रयोग गरेर पनि यसलाई ३ हप्ता भन्दा छीटो बनाउन सकिन्छ।
वातावरणीय ह्रास नभईकन सामाजिक परिवेश संग मेल खाने तरिका अपनाएर हामी ले हाम्रो भावी पिडी हरु लाई कृषिमय वातवरण प्रदान गर्नु पर्छ, हामी सबै लाई थाहा भएकै कुरा हो ,रासायनिक विषादी को प्रयाेग बाट हाम्रो वातावरण मा प्रतिकुल असर परेको छ। तर झोलमोल प्रयोग ले वातावरण मा कुनै असर गर्दैन। यसमा तीतो, टर्रो, अमिलो, पीरो हुने र साथै एकदम गन्ध आउने भएकाले धेरै किसिमका किरा फटयाङ्ग्रा नियन्त्रण मा सहयोग हुन्छ। यसको गन्धको कारण किराहरु बोटबिरुवा को नजिक आउँदैन।कीराहरूलाई बोटबिरुवाहरु खान अरुची गराउँछ। स्थानीय स्रोत र साधनको प्रयाेग गरेर कम लगानीमा रासायनिक मल र रासायनिक विषादी को बिकल्प यो झोलमोल हुन सक्छ।
झोलमोल का फाईदा हरु यसप्रकार रहेको छन्:
- यसले किराहरु लाई व्यवस्थापन गर्नु को साथै बोटबिरुवा लाई चाइने खाध्य तत्वहरू दिन्छ।
- अन्य रासायनिक विषादी को प्रयाेग पछि फलफुल तथा तरकारीमा त्यसको केहि मात्रामा अवशेष हरु रहेको हुन्छ त्यसैले खानाको लागि केहि दिन पर्खन पर्ने हुन्छ,तर झोलमोलको प्रयाेग पछि तुरून्तै पखालेर खान सकिन्छ।
- यसले हाम्रो माटो को गुण लाई पनि बचाई राख्न मद्दत गर्छ।
- यसको प्रयोगले शत्रुजिव लाई मात्र असर गर्छ र मित्रजिव लाई माटोमा बचाईराख्छ।
- हामी ले झोल मोल को प्रयाेग गरी अर्गानिक खेति गर्न सक्छौं। थुप्रै अध्ययन अनुसन्धान बाट यो प्रमाणित भएको छ कि जैविक विषादी हरु को प्रयाेग बाट रोग किरा सजिलै व्यवस्थापन हुन्छ। अनि गौमुत्र मा एन्टी बाक्ट्रिकल, एन्टी फगल, एन्टी अक्सिडेन् जस्ता थुप्रै गुण हरु हुन्छ जसले गर्दा हाम्रो खेतीबाली लाई धरै रोग किरा बाट बचाउँछ।
लेखक हाल स्नातक तहको (कृषि बिषय ) अन्तिम सेमेस्टरमा अध्यनरत बिद्यार्थी हुन्
साभार:thinknowonline.wordpress.com