| Advertisement |

अरु व्यवसायमा जस्तै कृषि व्यवसायमा पनि तनावपूर्ण अवस्थाको श्रृजना हुन्छ । जलवायु परिवर्तनले ल्याएको मौसमी परिवर्तन, श्रमिकको अभाव, केही क्षणमा नै विरुवा बिरामी हुने फल फल्ने बेला कुहिने, पैसाको व्यवस्थापन नहुने, बजारको समस्या, वैसा नउठने आदि इत्यादि सँग सँगै अत्याधिक वर्षा वा खडेरीले कृषि उद्यमिको धेरै समय बाबजुद पनि प्रकृति सँग जिवन जिउन पाउनु छुटै आनन्द छ भनेर सन्तोष लिने कृषि उद्यमीहरु धेरै हुनुहुन्छ । तर हामीले बिर्सन नहुने कुरा के हो भने तनावले दिने मानसिक समस्याका कारण आफनो शरिर विभिन्न रोगको घर बन्न सुरु गरेको पत्तो नै हुदैँन । केहि कृषि उद्यमीहरुलाई भेट्दा तनावको कारणले सामाजिक र पारिवारिक जिवनमा समस्या आउन थालेको बताउँने गरेका छन् । धेरै जसो व्यवसायिक खेती गर्नेहरुले कसैलाई नभने पनि व्यक्तिगत रुपमा दिनानुदिन यो समस्या भोगिरहेका छन् । कृषि उद्यमी माझ बढि तनाव श्रृजना गर्ने मुख्य कारणहरु भनेको बजारको पूर्वानुमान गर्न नसक्नु र उत्पादनले उचित मूल्य नपाउनु हो । यसको चेन रियाक्सन स्वरुप अन्य तनावहरु सृजना हुदैँ जाने हुन । यी कारण मुख्य भए पनि व्यक्तिगत रुपमा कृषि उद्यमीले मात्र यो समाधान गर्न सक्ने पनि होईन किनकी बजार र मूल्यलाई चलाउने धेरै कारणहरु छन् र उद्यमीले व्यक्तिगत रुपमा यसमा खासै प्रभाव पार्न पनि सक्दैनन् । तनाव तुरुन्त व्यवस्थापन गर्न नसके पनि यसलाई कम गर्नको लागि केहि गर्न सकिन्छ । यदि यसो नगरेमा तनावले उच्च रक्तचाप, मधुमेह, जस्ता रोगहरुलाई नियन्त्रण दिन सक्दछ । यसले निन्द्रा नलाग्ने, व्यवहारमा परिवर्तन आउने , डिप्रेसनमा लैजाने र अन्त्यमा आत्महत्यासम्मको अवस्थामा पुर्याउँछ । नेपालमा कृषि उद्यमीले तनाव कै कारण आत्महत्या गरेको खासै सुन्नमा पनि भारतमा भने धेरै किसानले आत्महत्या गरेको समाचारहरु सुन्न पाईन्छ । तनावलाई व्यवस्थापन गर्नु भनेको सफलता तिर लम्कनु हो । स्वस्थ शाररिक तथा मानसिक अवस्थाले नै मुनाफायुक्त व्यवसाय गर्न सघाउँछ । कसैले कति कमाईरहेको छ वा फार्ममा लगानी कति गरेको छ भन्ने कुरा फार्मको अवस्थाले भन्दा पनि त्यसलाई नेतृत्व दिने उद्यमी कति स्वस्थ्य छ भने कुराले धेरै फरक पार्दछ । तनावमा रहने उद्यमीले कहिले पनि दिगो सफलता हासिल गर्न सक्दैन । सफलता प्राप्त गर्न तनाव मुक्त हुनै पर्दछ । जसको लागि निम्न कुराहरु आजबाट नै शुरु गर्न सक्छौँ ।
सन्काह प्रवृति र मेरो कुरा मात्र सहि भन्ने मानसिकतामा परिवर्तन नै तनावमुक्त रहने पहिलो सुत्र हो । सबै कुरा मै गर्छु र आज नै गर्छु भन्ने कुरालाई छोडेर आजको लागि यति मात्र गर्छु भन्ने धारणा ल्याउनु सक्नु पर्दछ । साथै जुन कुरा तुरुन्तै गर्न सकिन्छ त्यसलाई सम्पन्न गर्ने र आज नै गर्न नसक्ने कामका लागि समय व्यवस्थापन गर्दै काम सम्पन्न गर्नु बुद्धिमता हुन्छ । त्यस्तै गरी यो नगरी हुँदै हुँदैन, त्यसले छोड्दै छोड्दैन भन्ने मानसिकतामा अन्य दैनिक व्यवस्थापकीय काम पनि नगरी त्यसैमा मात्र लागि रहेर काम गर्ने भन्दा पनि समय व्यवस्थापन गर्दै काम गर्ने प्रयास गर्नु पर्दछ । पहिला देखि नै बिग्रिएको बानी तुरुन्त नसुध्रिएला तर प्रयास गरे सम्भव छ । यस्तो अवस्थामा रिसाउनु भन्दा पनि यो अवस्थामा आउनेमा के के कारण छन भन्ने खोजीनीति गर्ने र भविष्यमा यस्तो अवस्था आउन नदिनको लागि के गर्ने भनेर आफनो डायरीमा टिप्ने वा सधै देख्ने ठाउँमा लेखेर राख्नु पर्दछ । त्यस्तै गरी एकदम कम नतिजा पाइरहेको कामलाई हरेक पल्ट गरि रहनु भन्दा कहिले काहि त्यसलाई छोड्रदा पनि तनावमुक्त रहन सकिन्छ ।
कहिले काहि तनावलाई लिने तरिकाले पनि तनाव झेल्नमा मद्धत गर्दछ । तनाव भयो भन्दैमा त्यसमा नै बढी चिन्तिन भयो भने समाधान निस्कदैन । तनाव आउदा धार्मिक तरिकाले लिने र त्यहि अनुसार समाधान गर्न खोज्ने, विभिन्न ग्रन्थले के भन्थ्यो जस्तै रामायणमा वा गितामा यस्तो अवस्था आउदा यस्तो हुन्थ्यो भनेर सम्झीयो भने पनि केहि हदसम्म तनावलाई नियन्त्रण गर्न सकिन्छ । तर यो सबै ज्ञानको लागि अध्ययन त गर्नै पर्छ । त्यसै गरि सकारात्मक सोचले पनि तनावलाई कम गर्न सकिन्छ तर तपाईमा सकारात्मक सोच आउन नियमित शारिरीक व्यायाम गर्ने, ध्यान गर्ने, साथीभाई तथा परिवारसंग समय बिताउने, संगीत सुन्ने गर्नु पर्दछ ।
तनाव कम गर्न अर्को तरिका भनेको आफूले नियमित गर्न सक्ने कामहरु पहिलो नै गर्नु हो । आफनो वशमा भएको कामलाई बेलैमा सम्पन्न गर्नु पर्दछ । जस्तै फार्ममा कुनै मेशिन छ भने त्यसको नियमित सुपरिवेक्षण गर्ने, बनाउनु छ भने बेलैमा कमाउने गर्नु पर्दछ ताकी प्रयोग गर्ने बेला कुनै समस्या नहोस् । पानी बिजुलीको बीउहरु बेलैमा भुक्तानी गर्नु पर्दछ ताकी लाईन नकाटिओस । त्यस्तै गरि बालि लगाउन सुरुसंगै बजारको व्यवस्थापनलाई ध्यान दिने गर्नु पर्दछ , कसलाई बेच्ने, कसरी बेच्ने यी कुरामा बेलैमा सोच्ने गर्नु पर्दछ । जसले गर्दा बजारको कुराले धेरै तनाव नदिओस । तनाव मुक्त हुन कृषि उद्यमीले आफनो नियमित स्वास्थ्य जाँच पनि गर्नुपर्दछ । जसले गर्दा शरिरमा कुनै समस्या आयो भने बेलैमा थाहा पाउन सकिन्छ र काममा खासै असर गर्दैन नत्र सोच्नुस १५ दिन अस्पताल भर्ना हुनु पर्यो भने फार्मको अवस्था के होला ?