| Advertisement |

वार्षिक २० लाखको सेरोफेरोमा कृषिबाट आम्दानी गर्दै आइरहेका पाल्पा तानसेन नगरपालिका वडा नंं १४ अर्गलीका असल तथा सफल कृषक निर्मल राना हुन् ।
लकडाउनको समयमा पनि उनी खेतकै काममा ब्यस्य छन् । उनलाई यतिबेला तरकारी तथा अन्य उत्पादन बजारीकरणका लागि भ्याई नभ्याई छ । अहिले सेमी बन्दाबाट मात्रै यो लक डाउनको समयमा १ लाख बढी आम्दानी भएको उनले बताए ।
पैसा कमाउनका लागि बिदेश जानुपर्दैन, गाउँमै पनि केही गर्न सकिन्छ भन्ने योजनाका साथ लागिपरेका किसान राना जिल्लाकै नमुना युवा किसान हुन् । उनले २०७४ सालमा निमिषा कृषि फर्म दर्ता गरि कृषि पेशालाई अगाडि बढाउँदै आएका छन् ।
रानाले काक्रा टमाटर भिन्डी काउली बन्दा आलू करेला मकै लगायतबाट झण्डै बार्षिक २० लाख आम्दानी गर्दै आएको बताए । रानाले १० रोपनी आफ्नो जग्गा र १५ रोपनी भाडामा लिई कृषि कर्म गर्दै आएको र परिावरको पनि पूर्ण सहयोगका कारण यो सफलता मिलेकी उनकी पत्नी सुमित्रा रानाले बताइन् ।
उनी दायित्व सञ्चालन गरेको तानसेन नगरपालिका स्तरीय उद्यम प्रतियोगितामा उत्कृष्ट ५ उद्यमीमा समेत परेका छन् । उनलाइ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सहित कृषिसँग सम्वन्धित कार्यालयहरुले सघाउँदै आएका छन् ।
