तर्व ु जामा कलमी प्रविधि

तर्व ु जामा कलमी प्रविधि

तर्बुजा उष्ण र उषोष्ण हावापानी भएको क्षेत्रमा पाईने काक्रो समूहमा पर्ने एकवर्षीय लहरे बाली हो । हरेक वर्ष एउटै जमिनमा तर्बुजा खेती गर्दा माटोजन्य रोगहरु र विभिन्न कीराहरुको समस्याहरु आईपर्छन् । कलमी प्रविधि, विषेश गरी माटोजन्य रोग जस्तै फ्युजारीयम विल्ट ९ँगकबचष्गm ध्ष्ति० को व्यवस्थापनको लागि प्रयोग गरिन्छ । सन् १९२० को अन्ततिर कोरिया र जापानमा पहिलो पटक तर्बुजामा माटोजन्य रोगका कारण घट्दो तर्बुजा उत्पादनको समस्या समाधान गर्न तर्बुजाको सायनलाई लौकाको रुटस्टक मा कलमी गरिएको थियो । उपयुक्त प्रतिरोधि रुट स्टकको प्रयोगले तनावपूर्ण वातावरणमा (जस्तै माटोको कम तापक्रम सहने क्षमता,माटो जन्य रोग विरुद्ध प्रतिरोधात्मक क्षमता) बोटविरुवाको अनुकुलन हुने क्षमता विकास गर्छ । फीउजेरीयम विल्टको व्यवस्थापनमा रासायनीक फ्यूमीग्यान्टको प्रयोगले वातावरण प्रदुषण गर्नुका साथै मानव स्वास्थ्यमा पनि नकरात्मक प्रभाव पार्दछ तसर्थ कलमी विधी अपनाउनु नै उपयुक्त हुन्छ । तर्बुजाको सायनलाई फर्सी, लौकाको रुटस्टक आदि प्रयोग हुन्छ । तर्बुजाको बेर्ना १४ देखी २१ दिनको हुदा कलमी गर्न उपयुक्त मानिन्छ। कलमीको लागि सायन र रुटस्टकको व्यास बराबर हुनपर्दछ । सायन र रुटस्टकको बेर्नालाई कलमी गर्नभन्दा १२ देखी २४ घण्टा अघि पानी दिनपर्छ । कलमी गर्न प्रयोग गरीने सामग्रीहरु निर्मलीकरण गर्नपर्छ ।

होल इन्सर्सन्, स्पलाइस्, साइड ग्राफ्रट गरेको विरुवालाई अनुकुलन गराउन नर्सरीहरुमा सानो प्लाष्टिक टनेलको प्रयोग गरिन्छ । एप्रोच कलमी गरेको बिरुवा लाई भने ट्रान्सप्लान्ट ट्रेमा राखेर ग्रीन हाउसमा राख्दा हुन्छ । बिरुवालाई आवश्यकता अनुसार पानी मिस्टको रुपमा दिनपर्छ । एप्रोच ग्राफ्टमा रुटस्टकको माथिको भाग कलमी गरेको ५ दिनपछि काटेर हटाउनुपर्छ । त्यसको ७ दिनपछि सायनको तल्लो भाग हटाउनपर्छ ।