दिल्लीमा फुड डेलिभरी गर्ने युवकमा कोरोना भाईरसको संक्रमण, यहाँ पनि डेलिभरी गर्नेलाई सुरक्षित किट उपलब्ध गराउन जरुरी

दिल्लीमा फुड डेलिभरी गर्ने युवकमा कोरोना भाईरसको संक्रमण, यहाँ पनि डेलिभरी गर्नेलाई सुरक्षित किट उपलब्ध गराउन जरुरी

अहिले लकडाउनका कारण खाद्य सामग्री, तरकारी तथा फलफूलहरुको बिक्री वितरण गर्ने अधिकाँस पसलहरु बन्द रहेको वा आपूर्ति गर्न नसकिरहेको अवस्थामा अनलाईन अथार्त ई कमर्स मार्फत होम डेलिभरी सर्भिस माफर्त अत्यावश्यक सामानहरु आपूर्ति हुदाँ उपभोक्ताहरुलाई धेरै राहत भएको छ । तर यसरी गर्ने डेलिभरी सेवा पनि सुरक्षित नरहेको कुरा आज भारतको राजधानी दिल्लीमा डेलिभरी एजेन्टलाई कोरोना भाईरस संक्रमण भएको पुष्टी भए सँगै प्रमाणित भएको छ । दक्षिणी दिल्लीस्थित एक रेस्टुरेन्टमा कार्यरत ती किशोरमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँको प्रशासन उनीसँग सम्पर्कमा आएका सबैको पहिचान गर्न जुटेको छ। माल्वियानगरस्थित जोमाटो रेस्टुरेन्टमा कार्यरत ती किशोरको राममनोहर लोहिया अस्पतालमा उपचार भइरहेको छ। उनीसँगै कार्यरत १७ जनालाई  र सेवा लिएका ७२ जनालाई क्वारेन्टाइनमा राखिसकिएको छ। पछिल्लो १५ दिनदेखि ती किशोरले हौज खस, माल्विया नगर र सावित्री नगरमा खानेकुरा पुर्‍याउने काम गर्दै आएका थिए।

त्यहाँका स्वास्थ्य अधिकारीहरूले खानेकुरा पुर्‍याउन जाँदा संक्रमित परिवारबाट उनलाई कोरोना भाइरस संक्रमण भएको हुन सक्ने आशंका गरेका छन्। किनभने ती किशोरको अहिलेसम्म बाहिर यात्रा गरेको हिस्ट्री फेला परेको छैन। यसले गर्दा डेलिभरी गर्ने र डेलिभरी लिने दुवैमा कोरोना संक्रमणको खतरा रहेको कुरा प्रष्ट हुन्छ । अझ सुरक्षाका उपायहरु अवलम्बन नगरिकन गरिने डेलिभरी सर्भिसबाट सेवाप्रदायक र सेवा लिने पनि कोरोना संक्रमणको चपेटामा पर्न सक्ने सम्भावना हुने हुदाँ नेपालमा पनि खास गरि काठमाडौमा सामान डेलिभरी गर्ने कम्पनीहरुलाई पिपिई, मास्क जस्ता अत्यावश्यक सुरक्षा कीट उपलब्ध गराउनु पर्दछ ।  बन्दाबन्दीका कारण अस्तव्यस्त भएको वितरण प्रणालीमा केही हदसम्म सहजता ल्याएका डेलिभरी कम्पनीहरुलाई अत्यावश्यक सेवामा सुचिकृत गरि अत्यावश्यक स्वस्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएर सेवालाई सुरक्षित बनाउन तर्फ राज्यको ध्यान जान जरुरी छ ।

समाचार श्रोत : https://economictimes.indiatimes.com/