धादिङका किसान चिन्तित, काँक्रो, लौका र करेला बारीमै कुहिन थाल्यो

धादिङका किसान चिन्तित, काँक्रो, लौका र करेला बारीमै कुहिन थाल्यो

| Advertisement |

Promotional banner

धादिङ जेष्ठ ५ । धादिङका किसानहरुको फलफुल तथा तरकारीबालीहरु बारी मै कुहिन थालेको छ ।

तरकारी पकेट क्षेत्रको रुपमा विकास हुँदै गरेको धादिङ बेनिघाट रोराङको राजमार्ग क्षेत्र र आसपासका किसानहरुले फलफुल तथा तरकारी लकडाउनका बजार सम्म पुर्याउन नपाए सँगै बारी मै कुहिन थालेको हो ।

बेनिघाट रोराङको मलेखु देखि मौवा खोला सम्मका तरकारी संकलन केन्द्रहरुमा हजारौं केजी कांक्रो तथा अन्य तरकारी अलपत्र अवस्थामा रहेको विनोद शाहले बताए ।

जोगिमाराका स्थानीय शाहाका अनुसार, धादिङबेसी, काठामाडौ र पोखराका बजार सम्म पुग्ने यस क्षेत्रको तरकारी लकडाउमा अत्यावस्यक सेवा अन्तरगत पर्ने खाद्यान्न तथा तरकारी बोक्ने गाडी समेत नचलेपछि संकलन केन्द्र मै अलपत्र परेको हो ।

धादिङबेसीका स्थानीय टोल सुधार समितिले धादिङबेसीमा सुरक्षाका सवारी साधन, शव वहान र संचारका साधन मात्र चल्न दिने र अन्य कुनै पनि सवारी साधन चल्न नदिने निर्णय गरेका छन् ।

यति मात्र हैन लकडाउनलाई कडा बनाउन भन्दै धादिङबेसी सदरमुकाममा औषधी पसल भन्दा बाहेकका सबै पसल समेत टोल सुधार समितिले बन्द गरेको छ ।

लकडाउन कार्यान्वयन गराउने केन्द्र सरकारको निति भन्दा बाहिर गएर टोल सुधार समितिहरुले आफुखुसी अत्यावश्यक सेवा समेत बन्द हुने गरि बजार बन्द गर्दा पनि जिल्ला प्रशासन मुक दर्शक बनेको छ ।

जिल्ला कै स्थानीय स्तरमा उत्पादन भएका फलफुल तथा तरकारी र खाद्यान्न सामाग्री समेत विक्रि वितरण गर्न नपाउने गरि तरकारी गाडी समेत स्थानीय सरकारहरुले बन्द गर्दा किसानहरुको नगदे बाली बारी मै कुहिने स्थिति आएको छ ।

बेनीघाट रोराङका स्थानीय कृषक उत्तम घले भन्छन्, तरकारी तथा फलफूललाई पनि चेक जांच गरि सम्बन्धित स्थानमा बिक्री वितरण गर्न दिने तर्फ स्थानीय सरकारहरुले पहल गरे किसानहरुलाई राहत हुने थियो ।

साभार: dhadingpost.com/