धानको उत्पादन वृद्धि गर्न एसआरआई विधिका प्रमुख विषेशताहरु

धानको उत्पादन वृद्धि गर्न एसआरआई विधिका प्रमुख विषेशताहरु

फराकिलो रोपाई

धानको वेर्ना फराकिलो रोप्नले बिरवाले आवश्यक मात्रामा हावा र सूर्यको प्रकाश प्राप्त गर्दछ । जसको फलस्वरुप गाँजको आकार ठूलो जान्छ , जरा राम्रोसँग फस्टाउन सक्छ र जमिनबाट सुक्ष्म तत्वहरु विरुवाले राम्रोसँग ग्रहण गर्न सक्छ । बोट स्वस्थ र बलियो हुने भएकाले उत्पादन राम्रो हुन्छ ।

कम बिउ

फराकिलो रोपिने भएको र एउटा मात्र बेर्ना रोपिने भएको हुदाँ कम बीउको आवश्यकता पर्दछ । जसको फलस्वरुप किसानले बीउ उत्पादन गर्दा थोरै बीउ उत्पादन गरे पुग्छ वा खरिद गर्नु परेमा थोरै लगानी हुन्छ । कलिलो बेनाृको रोपाई दुईपाते बेर्नाको मात्र रोपाइँ हुन्छ । कलिलो बेर्नालाई ध्यानपूर्वक रोप्नाले बिरुवाको वानस्पातिक वृद्धि राम्रोसँग हुन्छ र राम्ररी गाँजिन्छ । फलस्वरुप धानको उत्पादन वृद्धि हुन्छ ।

कम सिँचाई

धान खेतमा लगातार पानी लगाइराख्नाले हावाको अभाबमा जरा कुहिने सम्भावना रहन्छ । धेरै तलसम्मको खाद्यतत्व बिरुवाले लिन सक्दैन । बिरवालाई स्वस्थ बनाउन खेतमा पानी जमाइराख्नु हुदैन । आवश्यकता अनुसार मात्र सिँचाई गर्नुपर्दछ । जसले गर्दा पानीको कम आवश्यकता पर्दछ ।

झारपातको गोडमेल

यस विधिअन्तर्गत बिरुवाको गोडमेल मेशिनद्धारा गरिने हुँदा खेतमा भएको झारपात माटोमा नै मिसिने भएकोले पछि कुहिएर प्राङगारिक मलको काम गर्दछ । जसको फलस्वरप माटो मलिलो हुने गई उत्पादन राम्रो हुन्छ ।

प्राङगारिक मलको प्रयोग

एसआरआई विधि अन्तर्गत धानखेती गर्दा प्राङगारिक मलको प्रयोग प्रशस्त मात्रामा हुन्छ । यसले जमिनको उर्वराशक्ति बढाउछ । जसको फलस्वरुव गुणस्तरी उत्पादन हुन्छ ।