धानबालीमा लाग्ने प्रमुख रोग र तिनको एकिकृत व्यवस्थापन

धानबालीमा लाग्ने प्रमुख रोग र तिनको एकिकृत व्यवस्थापन

धानको मरुवा÷व्लाष्ट (Rice blast)

यो रोग याइरीकुलारिया ओराइजी नामक ढुसीबाट सर्दछ । यो रोग नर्सरी अवस्थादेखि बाली पाक्ने बेलासम्म विभिन्न भागमा देखिन्छ । नर्सरी अवस्थामा साना खैरा पिनको टाउको आकारको थोप्लाहरु देखिन्छन् । पछि वातावरण अनुकुल बन्दै गएमा पातको बीचमा सेतो खरानी रङ्गको दुबैतिर चुच्चो भएको अण्डाकार धब्बाहरु देखिन्छन् । पछि गएर पुरै पात डढाउँएको जस्तो देखिन्छ । यो रोग बोटको आँख्लामा र बालाको घाँटीमा पनि लाग्छ । मरुवा रोगको सबैभन्दा खतरनाक अवस्था घाँटीमा लाग्ने मरुवा हो जसले बालामा लाग्ने धानको सँख्यामा कमी ल्याई धानको आकार घटाउँछ र उत्पादनमा हस पु¥याउँछ । रातीको तापक्रम २० डिग्री र दिउँसोको तापक्रम ३० डिग्री र सापेक्षिक आद«ता ९५ प्रतिशत भन्दा बढी भएको बेला रोग फैलिन्छ ।

व्यवस्थापन

Š रोगमुक्त बीउको प्रयोग गर्ने

Š बेभिष्टिन नामक विषादीबाट २–३ ग्राम प्रति केजी बीउको दरले बीउ उपचार गर्ने

Š सन्तुलित मात्रामा रासायनिक मलको प्रयोग गर्ने

Š धेरै बाक्लो गरी बिरुवा नरोप्ने

Š रोग धेरै लागेको बेलामा खेतमा पानी जमाउने र सुकाउने प्रकृया अपनाउने

Š पहाडी क्षेत्रको लागि खुमल–२, खुमल–६, चन्दननाथ र मधेर र भित्री मधेशको लाग परवानीपुर–१, चैते –२, खजुरा–२, राधा–४, राधा–६, हर्दिनाथ–१ जत लगाउने

Š ट्राइकोडर्माले धानको बिरुवा उपचार गरी रोप्ने

Š नेक व्लाष्ट रोकथामो निम्ति द्यभबm ९त्चष्अथअबिशयभि० २ ग्राम प्रति लिटर पानीको दरले बाला निस्कने बेलामा छर्ने ।

खैरो थोप्ले(Brown Spot)

यो रोग बाइपोलारिस ओराइजी नामक ढुसीबाट लाग्दछ । बीउ र माटोमा बस्ने जीवाणु दुबैबाट यो रोग सर्दछ । पानीको निकास र पोषणतत्व कम भएको माटोमा रोग बढी देखिन्छ । यो रोगको सुरुवात पनि नर्सरी अवस्थादेखि नै सुरु हुन्छ । सुरुमा ससाना काला खैरा, चेप्टा आकारका थोप्लाहरु देखिन्छन् । रोपेको १ महिनादेखि फूल फूल्ने बेलासम्म त्यती नदेखिए पनि त्यसपछि यो रोग व्यापक रुपमा देखिन्छ । मरुवा रोगमा जस्तो चुच्चो आकारको धब्बाहरु नभई अण्डाकार आकारको खैरा धब्बाहरु देखिन्छ । वातावरण अनुकुल भएमा यो रोगको लक्षण पात, डाँठ र दानामा समेत देखिन्छ । २२–३० डिग्री तापक्रम र ९० प्रतिशत आद«ता भएमा रोगको आक्रामण बढ्छ ।

व्यवस्थापन

Š स्वस्थ बीउको प्रयोग

Š रोग लागेका ठुटाहरु जलाउने वा पुर्ने

Š बीउको उपचार गर्ने

Š नर्सरी अवस्थामा रोग देखिएमा युरिया मल प्रयोग गर्ने

Š धूले ब्याडमा भन्दा हिले ब्याडमा नर्सरी राख्ने

ŠBeam (Tricylazole) वा कासु–बी (प्बकगनबmथअष्ल ३%) २ मिलिलिटर पानीका दरले पुरै पात भिज्ने गरी छर्ने ।

पात डढुवा(Bacterial Leaf Blight)

यो रोग जान्थोमोनास ओराइजी ओराइजी नामक शकाणुबाट लाग्दछ । विशेष गरी वर्षायामको धानबालीमा बढी पाइन्छ । यो रोग बालीको सुरुको अवस्था विशेष गरी रोपेको २–३ हप्ता पछि लाग्यो भने बोटनै ओइलाई मर्न पनि सक्छ । यो बिरुवा नै ओइलाउने र मर्ने अवस्थालाई क्रिसेक भनिन्छ । रोग पातमा लाग्दा पातको दुबै किनार वा कहिलेकाहीं एउटै किनारबाट पानीले भिजेको जस्तो लामा नागबेली धर्साहरु पातको टुप्पोबाट तलतिर उल्टो भी आकारमा तलतीर बढ्दै जान्छन् । पराले रङ्गको नागबेली धर्साहरु पछि पातको फेदसम्म पनि पुगी कालो पानीले भिजेको जस्तो धब्बाहरु बनाउँछन् । पात डढुवा नै हो भनि पुष्टि गर्न सिसाको गिलास वा टेस्ट ट्युबमा पानी भरेर पात काटी डुबाउँदा सेतो दूध जस्तो त्यान्द«ोको रुपमा देखियो भने यो रोग लागेको थाहा हुन्छ । २५ डिग्री भन्दा बढी तापक्रम, सापेक्षित आद«ता बढी हल्का पानी परी बादल लागेको अवस्था रोग फैलनलाई मद्दत गर्छ ।

व्यवस्थापन ः

Š स्वस्थ बीउ प्रयोग गर्ने

Š रोगका अवशेष रहने कुहिएका परालका ठुटाहरु जलाइदिने

Š धानको टुप्पो काट्ने चलनलाई हटाउने

Š रोग प्रतिरोधक जातहरु जस्तै जानकी, साबित्री, हर्दिनाथ–१, राधा–४, पोखरेली मसिनो लगाउने

Š सन्तुलित मलखादको प्रयोग गर्ने

Š एग्रीमाइसीन–१०० २ ग्राम ३ लिटर पानीका दरले मिसाइै छर्ने ।

पाते डढुवा (Sheath Blight)

यो रोग राइजोक्टोनिया सोलानी नामक ढुसीबाट लाग्दछ । पातको फेदमा सेतो÷बैजनी रङ्गका अण्डाकार थोप्लाहरु देखिन्छन् र पछि गएर खैरो रङ्गमा परिणत हुन्छन् । वातावरण अनुकुल भएमा बे आकारका धब्बाहरु पातको माथिल्लो भागतीर वृद्धि भई पुरै पात डढाउँछ । यसो हेर्दा खाद्य तत्वको कमीले वा घामको चर्को तापले डढेको जस्तो देखिन्छ । रोग ग्रस्त भागमा ढुसीको खैरो त्यान्द«ो देखिन्छ भने बीच भागमा कालो साना दाना (स्केलेरोसिया) देख्न सकिन्छ ।

व्यवस्थापन

Š धानको अवशेषलाई जलाउने

Š धन बाक्लो नरोप्ने

Š बोटको माटोलाई धुने पातलाई राम्ररी घाउ चोट नलाग्ने गरी हटाउने

Š नाइट्रोजन मलको कम प्रयोग गरी फस्फोरस र पोटासको प्रयोग गर्ने

Š खेतमा लामो समयसम्म पानी जम्न नदिने

Š धान रोप्न १ हप्ता अगाडी ट्राइकोडर्मा ५ के.जी प्रति हेक्टर जग्गामा प्रयोग गर्ने

ŠValidamycin ३ % ी (क्जभबतmबक) ३ ग्राम प्रति लिटर पानी वा कार्वेन्डाजीम ५०% ( वेभिष्टन वा डेरोसाल) १.५ ग्राम प्रतिलिटर पानीको दरले मिसाई १०–१२ दिनको फरकमा २ पटक छर्ने ।

फेद कुहिने रोग (Foot rot) यो रोग फ्युजारियम मोनीलिफर्मी नामक ढुसीबाट लाग्दछ । यो रोग लागेका बोटहरु स्वस्थ बोटहरु भन्दा अग्ला हुन्छन् । बिस्तारै ती अग्ला बोटहरु पहेंलो कुहिएर मर्दछन् । रोगी बोटको तल्लो आँख्लाबाट जरा निस्कन्छ । सो रोग लागेको बेला जिबिरेलीन नामक हरमोनको उत्पादन हुने हुँदा रोगी बोटहरु प्राय स्वस्थ बोटभन्दा अग्ला देखिन्छन् । यो रोग पानी जम्ने खेत भन्दा पनि टाडी खेतमा बढी देखिन्छ ।

व्यवस्थापन

स्वस्थ बीउको प्रयोग गर्ने रोग ग्रस्त बोटहरु उखेलेर नष्ट गर्ने बेभिष्टिन ३ ग्राम प्रति किलोग्राम बीउका दरले उपचार गरी ब्याड राख्ने रोग देखेको अवस्थामा बेभिष्टिन नामक विषादी २ ग्राम प्रति लिटर पानीका दरले छर्ने ।

बालामा लाग्ने कालो पोके रोग ( -False Smut  )

यो रोग ढुसीका कारणबाट लाग्दछ । यो रोग खासगरी २३ डिग्री देखि ३१ डिग्री तापक्रम र सापेक्षित आद«ता ९० प्रतिशत भन्दा बढी, बादल लागेको र फूल फुल्ने बेलामा बढी देखिन्छ । रोग लागेका धानका दानामा ढुसीको कालो पोका बन्न जान्छ । त्यो पोको बाहिरबाट हेर्दा कालो र भित्र पहेंलो वा सुन्तला रङ्गको हुन्छ । बालामा केही दाना कालो ढुसीको पोका भए पनि अरु दानाहरु स्वस्थ हुन्छन् ।

व्यवस्थापन

Š कालो ढुसीको सम्पर्कमा आएका बीउ प्रयोग नगर्ने
Š भटमाससँग घुम्तीबाली लगाउन

Š नाइट्रोजन मलको कम प्रयोग गर्ने

Š खेतमा रोगको लक्षण देखा पर्नासाथ प्लाष्टिकले रोगी बाला छोपेर जरैबाट उखेलेर जलाउने ।

Š खेतमा पानी जम्न नदिने

Š धान चमरा निस्कनु अघि नै द्यष्तियह–छण् (ऋयउउभच यअथअजयिचष्मभ) २ मिलिलिटर प्रति लिटर पानीमा मिसाई छर्ने ।

सिन्केधुप ( Udbata)

यो रोग इपेलीस ओराइजी नामक ढुसीबाट लाग्दछ । यो रोग बीउबाट पनि सर्दछ । नेपालमा खासै यो रोगले स्थान नलिएपनि केही वर्षयता दोलखा, ललितपुर र कास्कीमा सिन्केधुप रोग देखिन थालेको छ । न्यानो वातावरण, धेरै सापेक्षित आद«ता भएको खण्डमा यो रोग देखिन्छ । बाला निस्कने बेलामा ढुसीको सेतो त्यान्द«ोले ढाकेको हुनाले मैलो रङ्गको सिधा परेको, एकल बाला निस्कन्छ जुन अगरबत्ति जस्तो देखिन्छ । रोग लागेका बोटका बालाहरु राम्रा हुँदैनन् र कति पनि दाना लाग्दैन ।

व्यवस्थापन

Š स्वस्थ बीउको प्रयोग

Š थिराम २ ग्राम प्रति केजी बीउको दरले उपचार गर्ने ।

Š रोगी बोटका अवशेष जलाउने

Š ततो पानीमा (५०–५५) डिग्री १० मिनेट बीउ उपचार गर्ने ।

जरामा गाँठो पर्ने जुका (च्ययत पलयत)

यो रोग मेलोइडोगाइनी ग्रामीनीकोला नामक जुकाबाट लाग्दछ । यो रोग विशेष गरी पानी जम्ने खेतमा भन्दा पानी नजम्ने खेतमा बढी देखिन्छ । यो रोग लागेका बोटका जराहरुमा साना बेआकारका गाँठा देखिन्छन् । जरामा जुकाले गाँठो बनाएपछि बोट नबढ्ने ,गाँठाको सँख्या घट्ने, बालामा फोस्रो दाना लाग्ने, ओइलाउने जस्ता लक्षण देखिन्छन् । अन्तत उत्पादनमा ह्रास पु¥याउँछ ।

व्यवस्थापन

Š खेतमा केही समय पानी जमाइ राख्ने

Š खेतमा प्राङ्गारिक मलको बढी प्रयोग गर्ने

Š सन्तुलित मलखादको प्रयोग गर्ने ।

धान खिइने रोग (च्ष्अभ त्गलनचय ख्ष्चगक)

यो धानको महत्पूर्ण भाइरल रोग हो । यो रोग हरियो फड्के कीराले रोगी बोटबाट स्वस्थ बोटमा सार्दछ । रोगी बोटहरु राम्ररी बढ्न नसकी पुड्का देखिन्छन् । पातहरु सेतो, पहेंलो वा सुन्तला रङ्गमा परिणत भइ पातको हरितकण हराउँछ जसले गर्दा राम्ररी दाना लाग्न सक्दैन ।

व्यवस्थापन

Š खेतका झारपात हटाउने

Š होचा र पहेलिएका पातहरु हटाउने र जलाउने

Š हरियो फड्के नियन्त्रणको लागि इमिडाक्लोरोपिड कीटनाशक विषादी १.५ मिली प्रति १ लिटर पानीमा मिसँय छर्ने ।

खैरा रोग

यो रोग वा अवस्था जिङ्क तत्वको कमिले गर्दा देखिन्छ । धान रोपेको १२–१५ दिन पछि तल्लो पातको मसिना नशाबीच पहेंलापन देखिन्छ । बिस्तारै पातमा खैरो रङ्गका थोप्लाहरु देखिन थाली एक आपसमा जोडिन गई पातको पुरै सतह खैरो रङ्गको हुन्छ । रोग लागेको बोटमा गेडा कम लाग्ने, होचो हुने र अन्त्यमा बोट मर्ने लक्ष्ण देखिन्छ ।

व्यवस्थापन

Š खेतमा पानीको राम्रो निकास मिलाउने

Š जिङ्क सल्फेट प्रति हेक्टर १०देखि २५ केजीका दरले धान रोप्ने बेलामा प्रयोग गर्ने

Š नाइट्रोजन मल र फोस्फोरस मल सिफारिस भन्दा बढी प्रयोग नगर्ने ।

आइरन तत्वको विषालुपना

यो रोग पि.एच कम भएको माटोमा बढी देखिन्छ । रोगको लक्षण फेदतिरका पातहरुम खैरा धब्बाहरु देखिइ सुरु हुन्छ । बिस्तारै पुरै पात खैरो रङ्गको भई बोटको वृद्धि विकासमा नोक्सान पु¥याउँछ । बिरुवालाई उखालेर हेर्दा जरा कालो र कम विकसित भएको देखिन्छ ।

व्यवस्थापन

Š पानी निकासको व्यवस्था मिलाउने

Š गर्मी याममा १०–१५ दिन रोप्नु अघि खेत जोती छाड्ने

Š सन्तुलीत मलखादको प्रयोग गर्ने ।

Š कृषि चुनको प्रयोग गर्ने