धान खेतीमा सघन प्रणाली (एसआरआइ)

धान खेतीमा सघन प्रणाली (एसआरआइ)

| Advertisement |

Promotional banner

धान नेपालको प्रमुख खाद्यान्न बाली हुनुका साथै देशको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने एकल बाली पनि हो । नेपालको कुल खेती योग्य जमिन मध्ये १४ लाख हेक्टर भन्दा बढि क्षेत्रफलमा खेती हुने यो बालीको उत्पादकत्व भने बिगत केहि बर्ष देखि अन्य देशहरू तथा महादेशहरूको तुलनामा निक्कै कम ३ टन प्रति हेक्टरको हाराहारीमा रहेको छ । विगत आधा शताब्दी भन्दा धेरै समय देखि देशमा भैरहेका कृषि बिकासका प्रयासहरूमा यो बालीले मुख्य प्राथमिकता पाउदै आएको छ । अनुसन्धानको क्षेत्रमा हेर्दा पनि धान बालीमा सबै भन्दा बढी काम भएको र सबै भन्दा धेरै धानका जातहरू उन्मोचन भएको पाईन्छ । तर विगत ३० बर्षको उपलब्धिलाई हे¥यो भने धानको उत्पादकत्व २०४१ सालमा १९८६ किलोग्राम प्रति हेक्टरबाट बढेर २०६० सालमा २६७५ किलोग्राम प्रति हेक्टर र २०७० सालमा ३१७१ किलोग्राम प्रति हेक्टर पुगेको देखिएता पनि दक्षिण एशियाली मुलुकहरूमा भन्दा पनि कम हो । फेरी यो निरन्तर बढिरहेको छैन , बढ्ने र घट्ने भइरहको छ । विगत १० वर्षमा नेपालको सिंचित खेती योग्य जमिन बढेर १२ लाख हेक्टर पुगेको छ र मलको आयात लगायत अनुदान पनि बढी रहेको छ । सिंचाई सुविधामा बृद्धि, प्रशस्त उन्नत धानका जातहरू, रसायनिक मलको बढदो प्रयोग तथा बाली संरक्षणका विविध उपायहरूको प्रयोग भएर पनि देशको धानको उत्पादकत्व तथा उत्पादनमा उल्लेख्य बृद्धि हुन सकिरहेको छैन ।
आज भन्दा १५ बर्ष अगाडी हामी जस्तै अवस्थामा रहेको भियतनामले उत्पादकत्व तथा उत्पादनमा बृद्धि गरेर हरेक बर्ष ७० लाख टन भन्दा धेरै चामल निर्यात गर्दै हाल संसारकै दोश्रो ठूलो चामल निर्यात देश बनेको छ । तर दुई दशक अगाडी सम्म चामल निर्यात गर्दै आएको नेपाल बिगत केहि बर्ष देखि अरबौको चामल आयात गरिरहेको छ । हालका बर्षमा चामल आयातको रकम २० अरब भन्दा बढि भएको छ । त्यस अलावा रोग कीरा नियन्त्रणको नाममा स्वास्थ्यमा समेत प्रतिकुल असर पु¥याउने खालका बढदो लगानी, कम उत्पादन र बालीको राम्रो बजार भाउ नपाउदा धानखेतीमा संलग्न हुदै आएका कृषकहरू आफ्नो परम्परागत पेशालाई त्यागेर अन्यत्र पलायन हुने क्रम लगातार बढिरहेको छ । यी सब कुरालाई ध्यान दिँदा हाम्रो अवस्था अनुसार थोरै लगानी र आफ्नै स्रोत साधनका भरमा बढी उत्पादन लिन सकिने प्रविधिको कमी टडकारो रूपमा रहेको छ ।

विभिन्न खतरनाक विषादीहरूको प्रयोग ब्यापक मात्रामा भैरहेको छ । स्वास्थमा प्रतिकुल असर पार्ने बढी समय सम्म विषको असर रहने विषादीहरूको प्रयोग बढिरहेको छ । त्यस्तै माटोमा प्रयोग गरीने त्यस्ता विषादीहरूको अब्यवस्थित प्रयोगबाट माटोमा रहेका फाइदाजनक कीराहरू तथा शुक्ष्मजिवाणुहरू समाप्त भैरहेका छन भने बोट बिरुवालाई हानी पु¥याउने कीराहरूको विष पचाउने क्षमता लगातार बढिरहेको छ । जसका कारणले गर्दा वातावरण सन्तुलनमा खलल पर्नुका साथै कृषकहरूलाई बाली संरक्षणको लागी अझ बढी खर्च गर्नु पर्ने भैरहेको छ । त्यति हुदा हुदै पनि उनिहरूले प्राप्त गर्ने उत्पादन भने बृद्धि हुन सकेको छैन । बढदो लगानी कम उत्पादन र बालीको राम्रो बजार भाउ नपाउदा धान बालीमा संलग्न हुदै आएका कृषकहरू आफ्नो परम्परागत पेशालाई त्यागेर अन्यत्र पलाएन हुने क्रम लगातार बढी रहेको छ । यी सब कुरालाई ध्यान दिंदा हाम्रो अवस्था अनुसार थोरै लगानी र आफ्नै स्रोत साधनका भरमा बढी उत्पादन लिन सकिने प्रबिधिको कमी टडकारो रूपमा रहेको छ । यस्तै समस्याको समाधानको रूपमा हामीले धान खेतीबाट बढी उत्पादन र मुनाफा प्राप्त गर्न एस. आर.आई. ९क्थकतझ या च्ष्अभ क्ष्लतभलकषष् अबतष्यल० तरिकाको प्रयोग गर्न सक्छौ । झण्डै तिन दशक भन्दा केहि अघि मेडागास्करमा बिकास गरिएको यो तरिका हामीले हाल प्रयोग गरिरहेको धान खेती गर्ने तरिका भन्दा निक्कै भिन्न छ । मेडागास्कर, चीन, भारत, इन्डोनेसिया, कम्बोडिया, भियतनाम, थाईलैण्ड, क्युवा, श्रीलंका, बंगलादेश आदि ५० भन्दा बढि देशहरूमा लोकप्रिय भएर गइरहेको यो तरिका नेपालमा बिस्तारै फैलदै गइरहेको छ । आफै संग रहेको थोरै बीउ, गोठको मल, थोरै पानी र आफ्नै श्रम शक्तिका भरमा उल्लेख्य उत्पादन प्राप्त गर्न सकिने यो तरिका हाम्रो जस्तो कम श्रोत साधन र विकट भौगोलिक अवस्था भएको ठाऊका लागी ज्यादै सुहाउदो छ । यो तरिका प्रयोग गरी भैरहेको उत्पादनको कुरा गर्दा भारतको आन्ध्रप्रदेशमा यो तरिका प्रयोग गर्ने कृषकहरूले सरदर १० मेट्रिक टन प्रति हेक्टर उत्पादन प्राप्त गरेका छन भने हाम्रो नजिकै भारत बिहारका कृषकले २१ मेट्रिक टन प्रति हेक्टर भन्दा बढि उत्पादन गरेर बिश्व रेकर्ड कायम गरेका छन । चीन र मेडागास्करमा भएका परिक्षणहरूमा यो तरिका प्रयोगबाट १० मेट्रिक टन प्रति हेक्टर भन्दा धेरै उत्पादन पाउन सकिने देखिएको छ । नेपालमा भएका परिक्षणहरूमा हामीले सरदर ६ मेट्रिक टन र अधिकतम १२ मेट्रिक टन प्रति हेक्टर सम्म उत्पादन प्राप्त गरेका छौ ।
बदलिदो परिस्थितिमा धान खेती बिगत केहि बर्ष देखि संसारभरी भइरहेका परिवर्तनहरूले कृषि पेशामा संलग्न मानिसहरू बिस्तारै घटदो क्रममा रहेका छन । जसको कारणबाट कृषि क्षेत्रबाट गैरकृषि क्षेत्रमा मजदुरहरू जाने क्रम तिब्र भएको छ र यसबाट कृषि मजदुरको ज्याला महंगिदै गएको छ । महंगो मजदुर, महंगो कृषि सामाग्रीले गर्दा खेतीखर्च बढन गई अन्नबालीबाट प्राप्तहुने मुनाफा लगातार घटदो क्रममा रहेको छ र अन्नबालीमा आश्रित कृषकहरूको जिविकोपार्जन झनझन कठिन हुदै गइरहेको छ । त्यसैले बदलिदो परिबेशमा अन्नखेतीलाई जोगाउन हामीले खेतीखर्च घटाउने तथा उत्पादन बढाउने रणनितिहरू लिनु अत्यन्त जरुरी भैसकेको छ । जसको लागि धान खेतीमा कृषि औजार उपकरणहरूको प्रयोग (यान्त्रिकरण) र धान खेतीको एस.आर.आई.तरिका एक अर्काको पुरक भएर देखा परेका छन ।

कसरी बदल्न सकिन्छ धान खेतीलाई ?
परम्परागत रुपले मानव र पशु श्रममा आधारित रहेर धान खेती गर्दा ७० प्रतिशत भन्दा धेरै खर्च जमिनको तयारी, बाली गोडमेल तथा बाली कटाई चुटाईमा लाग्ने गर्छ । मोरङ्ग जिल्लामा गरिएको एक अध्ययनमा ३ मेट्रिक टन प्रति हेक्टर उत्पादन गर्ने कृषकहरूले मुस्किलले आफनो खेती खर्च मात्र अठाउन सक्ने पाईएको छ भने ३ मेट्रिक टन प्रति हेक्टर देखि ६ मेट्रिक टन प्रति हेक्टर धान उत्पादन गरिरहेका कृषकहरूको उत्पादन खर्चमा खासै भिन्नता देखिएको छैन । त्यसैले धान खेतीबाट मुनाफाका लागि खेती व्यवस्थापनमा सुधार गरेर कृषकहरूले उत्पादन बढाउनु जरुरी देखिएको छ । मेसिनको प्रयोग (ट्रयाक्टर र रोटाभेटर, धान गोडने औजार र कम्बाईन
हार्भेष्टर) बाट यस्तो खर्चलाई ५० प्रतिशत सम्म घटाउन सकिन्छ । यस्तै एस.आर.आई. तरिकाबाट कलिलो बेर्ना, थोरै बेर्नालाई फराक फराक दुरीमा रोपेर, राम्ररी पानी तथा मलखाधको ब्यवस्थापन र गोडने औजारको प्रयोगबाट खेती खर्च नबढाई धानको उत्पादनमा उल्लेख्य बृद्धि गर्न सकिन्छ । यसरी एकातर्फ खर्चमा कमी र अर्को तर्फ उत्पादन बृद्धिबाट धानखेतीमा आश्रित कृषकहरूले आफनो मुनाफामा उल्लेख्य बढोत्तरी गरि आफनो जविकोपार्जनलाई सहज बनाउन सक्छन । नेपालमा धानको मुल्यमा केहि सिमित औधोगिक घरानाहरूको वा मिलवालाहरूको नियन्त्रण रहेको छ । उनीहरूको ईच्छामा धानको भाउमा उतार चडाव आउने गर्छ । यो बर्षकै कुरा गर्ने हो भने पनि बास्मती जातका धानहरूको मुल्य बैसाख जेष्ठमा आउदा पौष रोपेको एक महिना पछिको एस.आर.आई. फिल्ड आवरण माघमा भन्दा कम भएको छ । सामान्य अवस्थामा यो हुनैनसक्ने कुरा हो । अर्को तर्फ धानको मुल्यमा आएको गिरावट चामलको मुल्यमा देखिएको छैन ।

एउटा बीउबाट फैलीएको बोट र बाला
कृषकहरूले आफनो उत्पादन कौडिको दाममा बिक्रि गर्नु परिरहेको छ । यसले कृषकहरूमा धान खेती प्रति बितृष्णा जगाएको छ । कृषकहरू संगठित भएर थाईलैण्ड, जापानमा जस्तै सहकारी मार्फत धानको बजार ब्यवस्थापन गर्ने र सरकारी निकायबाट धानको खुल्ला आयात ब्यवस्थापन गर्न पहल गर्ने हो भने यो समस्यालाई कम गर्न सकिन्छ । हाम्रो जस्तै अवस्थाबाट छोटो समयमा उन्नती गरेको भियतनामको एउटा उदाहरूण पनि यंहाँ मननयोग्य छ । भियतनामका धेरै जसो धानका जातहरू ९० देखि १०० दिनका छन । यस्ता जातहरू बर्षमा सजिलै दुई पटक खेती गरेर हिउदमा अर्को एउटाबाली लिन सकिन्छ । त्यहांको धानको सरदर उत्पादन ६ मेट्रिक टन प्रति हेक्टर रहेको छ । यसरी सिंचित क्षेत्रको एक हेक्टरबाट त्यहांका कृषकहरूले प्रति बर्ष प्रति हेक्टर १२ मेट्रिक टन धान उत्पादन गरिरहेका छन् र अर्को एउटा बाली पनि लिईरहेका छन । तर हाम्रा धेरै जसो धानका जातहरू १३५ देखि १५५ दिनका छन जसले गर्दा हाम्रो बाली चक्रनै खलबलिएको छ र धेरै जसो जग्गाहरू एक बालीमै सिमित भएका छन । त्यसकारण धानको जातिय बिकास गर्दा र जातहरू भित्राउदा यो कुरालाई ध्यान दिन जरुरी छ ।

परिवर्तनको सुरुवात कहाँबाट गर्ने ?
उपयूक्त धानका जातहरूको छनौट र प्रर्वधन गरौ । यसपछि धानको ब्याड वा बेर्नाबाट सुरुवात गरौ । नर्सरी ब्याड राम्ररी बनाउ सकेसम्म हिले ब्याडको ठाँउमा धुले ब्याडको बनाउ, ५० देखि ७५किलोग्राम प्रति हेक्टर सम्म प्रयोग भैरहेको बीउको मात्रालाई कमगरी १५ देखि २० किलोग्रामको तहमा ल्याउ र नर्सरीमा पातलो गरि बीउ छरौ । यसबाट राम्रो गुणस्तरको बेर्ना तयार गर्न सकिन्छ । बीउको उपचारको लागि हामीले गर्दै आएका उपाएहरू यहाँपनि अपनाउन छोडनु हुदैन । सकेसम्म कम उमेरको गुणस्तरिय बेर्ना प्रयोग गर्ने बानीको बिकास गरौ । ६० दिनको बेर्ना रोप्नेहरू ३० दिनमा झरौ, ३० दिनको रोप्नेहरू २० दिनमा र २० दिनको रोप्नेहरू १५ दिनको रोप्न थालौ । धानको बेर्नाले चौथो पातसंगै पहिलो बच्चा उत्पादन गर्छ त्यसकारण गाँजहाल्ने प्रकृया सुरुहुनु अगाडी बेर्ना सार्ने प्रयास गरौ । सके सम्म २—३ वटा भन्दा बढि बेर्ना एक ठाँउमा नरोपौ र सकिन्छ भने एस.आर.आई. तरिकामा झै ३ पाते अवस्थाको एउटा मात्र बेर्ना एक ठाँउमा रोपौ । सकेसम्म धानको बेर्ना लाईनमा रोपौ
अझ सक्दा बर्गाकार रूपमा बेर्नाहरू रोपौ । निश्चित दुरीमा लाईनमा रोपेको धान गोडने औजारको प्रयोग गरि सजिलै गोडमेल गर्न सकिन्छ अनि गोडने औजारको प्रयोगबाट हामीले धान खेतमा हालेको मलको अधिकतम सदुपयोग गर्न सकिन्छ । परम्परागत तरिकाले गरिने धानखेतीमा हामीले हालेको दुई तिहाई भन्दा धेरै मल बालीले लिन नसकि खेरजाने हुन्छ । तर एस.आर.आई. तरिकाको प्रयोगबाट हामीले हालेको मलको उपयोग ६० देखि ७० प्रतिशतसम्म बढाउन सकिन्छ । यस अलावा धान खेतीमा बढि भन्दा बढि कम्पोष्ट वा प्राङ्गारीक मलको प्रयोग र भिजाउदै सुकाउदै गरिने सिंचाई ब्यवस्थापनले धानको लागत घटाउदै उत्पादनमा उल्लेख्य बृद्धि गर्न सकिन्छ ।

 

धान खेतीको एस.आर.आई. तरिका
माथि वर्णन गरिएको परिवर्तनलाई अझै अगाडी लैजाने हो भने धान खेतीकोे एस.आर.आई. तरिका अपनाउन सकिन्छ । एस.आर.आई. तरिकाको सुरुवात बेर्नाको तयारीबाट गर्न सकिन्छ । तिन पाते अवस्थाको कलिलो धानको बेर्ना बर्गाकार रूपमा एउटा एउटा रोपेर एस.आर.आई. तरिकाको सुरुवात गर्न सकिन्छ । तर बेर्ना राख्ने हतारो गर्नु भन्दा धान रोप्ने खेतको तयारीमा ध्यान दिन सकियो भने झारपात ब्यवस्थापनको झंझटलाई धेरै हदसम्म कम गर्न सकिन्छ । माटो तयार गर्दा संभव भएमा पहिलो जोताई गरेर खेतमा पानी जमाई हिलो कुहाउनु ज्यादै फलदायी हुन्छ । यसरी राम्ररी हिलो कुहाएको खेतमा झारपातको ब्यवस्थापन सजिलो हुन्छ । एस.आर.आई. तरिकाले खेतीगर्दा अर्को ध्यान दिनु पर्ने कुरा भनेको कम्पोष्ट वा प्राङ्गारिक मलको प्रयोग हो । धान खेतीमा रसायनिक मलको साथै जती धेरै प्राङ्गारिक मलको प्रयोग गर्न सकियो त्यतिनै बढि धान त्यस्तै धान रोपे पछि सुरुको अवस्थामा धान खेतमा पानी जमाउनु राम्रो हुदैन । माटोमा चिस्यानमात्र राख्यो भने धानको जराको बिकास र गाँज हाल्ने क्षमता तिब्र रूपमा हुन्छ । धानको बोट राम्ररी स्थापित भए पछि हल्का माटो भएको खेतलाई पानीले भिजाउने र सुकाउने गर्न सकिन्छ । तर चिम्टाईलो र कम प्राङ्गारिक पदार्थ भएको माटोमा चिस्यानको मात्रा कायम राख्नु फाईदाजनक हुन्छ । धानको बोट पोटाउन थालेपछि संभव भए २—३ सेन्टिमिटर पानी जमाईदिनु राम्रो हुन्छ । यसरी जमाएको पानी धानको दानामा दुध पसिसकेपछि हटाईदिनु पर्छ । यस अलावा धान खेतीको खाद्यतत्व ब्यवस्थापन एउटा भहत्वपूर्ण पाटो हो सकेसम्म सन्तुलितरूपमा नाईट्रोजन, फस्फोरस र पोटासको प्रयोग गरौ । केहि बर्ष अगाडी सम्म नेपाली माटोमा फस्फोरस र पोटास अधिक मात्रामा पाईन्थ्यो यी तत्वहरू बिस्तारै कम हुदैगएका छन । धेरै फल्ने धानका जातहरूको प्रयोग बढदै जांदा नाईट्रोजन मलको परम्परागत प्रयोग पनि प्रयाप्त हुन छोडेको छ । त्यसकारण बालीको अवस्था बिचार गरि मलखाद्यको राम्रो ब्यवस्थापन गरौ । पानी जमिरहने खेतहरूमा जिङ्क खाद्यतत्वको कमी बराबर देखिईरहन्छ त्यस्तो खेतहरूमा धान रोप्नु अगाडीनै
५०० देखि ७५० ग्राम जिङ्क सल्फेट प्रति कट्ठा प्रयोग गरौ । रोग किराको ब्यवस्थापन पहिला जसरी नै गर्न सकिन्छ तर समस्या देखानपरी बिषादीको प्रयोग नगरौ । त्यसै पनि राम्ररी खेती गरिएको बिरुवाहरू स्वास्थ्य हुन्छन र रोग किराले कम सताउछन । समग्रमा भन्नु पर्दा धानखेतीले अहिले पनि राम्रो नाफा दिनसक्छ र हाम्रो विकोपार्जन लाई सहज बनाउन सक्छ त्यसैले धान खेतीको सुधारमा एकजुट भएर काम गरौ, हामीले परिस्थिती बदल्न सक्छौ ।

निष्कर्ष
नेपालमा धान खेतीमा आमुल परिवर्तन गर्न सकिने धेरै धेर संभावनाहरू रहेका छन । कृषकहरू र धानमा कामगर्ने प्राविधिक बैज्ञानिकहरूले बालीचक्र सुहाउदा उपयुक्त धानका जातिय बिकास र छनौटमा ध्यान पु¥याउ । धानको मुल्यमा रहेको सिमित मानिसहरूको नियन्त्रण तोडनका लागि कृषक स्तरबाट र सरकारी स्तरबाट पहल गरौ । संभव बाली ब्यवस्थापनका उपाएहरू अपनाउन अग्रसरता लियौ र धान खेतीमा यान्त्रिकरणलाई बढाउ । यी परिवर्तनहरूले धानको उत्पादनमा बृद्धि गर्नेछ भने खेतीखर्चमा कटौति गर्नेछ फलस्वरुप धान खेती गर्ने कृषकको मुनाफा बढन गई उनीहरूको जिविकोपार्जन सहज हुनेछ । यसको सबैभन्दा ठूलो प्रभाव धानको आयात घटाउने र खाद्यान्नमा आत्मनिर्भर हुनमा पर्ने छ । धान आयातमा बिदेशिरहेको अरबौ रुपैया हाम्रा कृषकहरूको हातमा पर्ने छ र धान खेतीको खस्कदो अवस्थामा आमुल परिवर्तन आउने छ ।

धान खेतीमा सघन प्रणाली (एसआरआइ)

धान उत्पादन वृद्धि गर्ने दिगो उपाय
एस आर आईका फाइदाहरू
१. बढी उत्पादन (५ देखि १७ टन प्रति हेक्टर वा सो भन्दा बढी)
२. कम बिउ लाग्ने (५ देखि ६ किलो प्रतिहेक्टर)
३. कम मात्रामा सिंचाईको आवश्यकता
४. नगण्य मात्रामा रासायनिक कृषि सामग्री चाहिने
५. उच्च गुणस्तरको दाना उत्पादन हुने
६ उत्पादन लागत कम हुने
७. रोग किरा सहने क्षमता बढ्ने
८. बोट नढल्ने
९. चिसो सहन सक्ने
१०. माटोको गुणस्तरमा सुधार ल्याउदछ ।

धान उत्पादनमा सघन प्रणाली (एसआरआइ) का सिद्धान्तहरू
कलिलो रोपाई

१. कम उमेरका बेर्ना सार्ने (८–१२ दिन उमेरको दुई पाते बेर्ना) ।
२. कम उमेरको बेर्ना छिटो सर्दछ ।
३. कम उमेरको बेर्ना सार्दा गाँज हाल्नको
लागि लामो समय पाउँछ ।

सावधानी पुर्वक रोपाई
१. एउटा डोवमा एउटा मात्र बेर्ना सार्ने ।
२. एउटा बेर्नामात्र रोप्दा १०० वटा भन्दा बढी गाँज आउन सक्छ । बेर्ना सार्दा सावधानी पुर्वक रोप्नुपर्छ । धेरै गहिराईमा बेर्ना सारेमा गाँज हाल्न असर पर्दछ । तसर्थ धेरै गहिरो गरी बेर्ना सार्नु हुँदैन । बेर्ना उखेलेपछि लगत्तै सार्नुपर्छ ।

पानीको व्यवस्थापन
१.जमिनलाई आलोपालो गरी सुख्खा र ओसिलो राख्ने ।
२. जमिन सुख्खा हुनासाथ पानी पटाउने ।
३. २ दिन भन्दा बढी पानी नजमाउने यसले जराको बृद्धि विकास र गाँज बढ्नमा असर

यो लेख कृषक र प्रबिधिको प्रिन्ट कपिबाट साभार गरिएको हो जसलाई कृषि बिज्ञ राजेन्द्र उप्रेतीले लेख्नुभएको थियो ।