नेपालमा सलह आतंक : नियन्त्रणका लागि वाग्मती प्रदेशको आफ्नै तयारी

नेपालमा सलह आतंक : नियन्त्रणका लागि वाग्मती प्रदेशको आफ्नै तयारी

| Advertisement |

Promotional banner

काठमाडौं । गत शनिबार देखि सलहको बथान नेपाल प्रवेश गरेका कारण अनिकाल पर्ने अनुमान किसानहरुले गरेका छन् । एकै रातमा हज्जारौं हेक्टरको कृषिबाली मात्रै होइन बोट बिरुवानै सखाप पार्ने एक प्रजातिको फट्यांङ्ग्रालाई सलह भनिन्छ । जसका कारण सलहलाई खतरनाक मानिन्छ ।
शनिबार फाट्ट फुट्ट देखिएको सलह सोमबार विहानसम्म देशका २७ जिल्लामा फैलिइसकेको छ । सलह नियन्त्रणका लागि संघीय सरकार, सातै वटा प्रदेश सरकार तथा अधिकांश स्थानीय सरकारहरुले विशेष कार्यक्रम ल्याएका छन् । यसैबीच बाग्मती प्रदेश सरकार सलह नियन्त्रणमा विशेष सक्रिय देखिएको छ । आइतबार वाग्मती प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सलह नियन्त्रणका लागि आकस्मिक बैठक बोलाएको छ । बैठकले विज्ञहरु, सरोकारवाला निकायसँगको वृहत्त छलफलबाट सलह किरा फैलाबट नियन्त्रण, क्षति आकलन तथा व्यवस्थापन सम्बन्धी विस्तृत कार्ययोजना तयार गरेको छ ।

बैठकका निर्णयहरु यस प्रकार छन्
१ स्थानीय तह : गाँउपालिका र नगरपालिकाको कृषि विकास शाखा प्रमुखको संयोजकत्वमा ४ सदस्य समिति गठन गर्ने ।
क. प्रमुख, कृषि विकास शाखा, सम्बन्धित गाँउपालिका तथा नगरपालिका–संयोजक
ख. स्थानीय स्तरमा कृषि क्षेत्रमा काम गर्ने गै सहकारी संस्थाको प्रतिनिधि–सदस्य
ग. कृषि समूह र सहकारीको प्रतिनिधि–सदस्य
घ. आर्थिक विकास शाखाको संयोजक–सल्लाहाकार

स्थानीय तहमा गठन समितिको काम, कर्तव्य र अधिकारहरु
क. स्थानीय तहमा भएको सलह किराको फैलावट, क्षतिको आकलन गर्ने ।
ख. स्थानीय स्तरमा सचेतना फैलाउने,
ग. सिफारिश गरिएका प्रविधिहरु (ठूला आवाज निकाल्ने (थाल, टिन, ड्रम ठटाउने, ठूला आवाजमा स्पिकर बजाउने), धुवाउने, नर्सरी ब्याडलाई जालीले ढाक्ने, हातले संकलन गर्ने र नष्ट गर्ने, लामो डोरी समाती हल्लाएर धपाउने आदी को प्रसारमा आवश्यक कार्य गर्ने ।
घ. जिल्ला स्तरको समितिसँग आवश्यक समन्वय र रिर्पोटिङ गर्ने ।

२ जिल्ला : कृषि ज्ञान केन्द्र प्रमुखको संयोजकत्वमा समिति गठन गर्ने ।
क. प्रमुख, कृषि ज्ञान केन्द्र–संयोजक
ख. गाँउपालिका र नगरपालिकाकको कृषि विकास शाखाको प्रमुख–सदस्य
ग. जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि–सदस्य
घ. कृषक समूहरसहकारीको प्रतिनिधि–सदस्य
ङ. बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र–सदस्य सचिव

जिल्लामा गठन समितिको काम, कर्तव्य र अधिकारहरु
क. जिल्लास्तरमा भएको क्षतिको फैलावटको आकलन गरी कमप्लिट गर्ने ।
ख. आवश्यक परेको खण्डमा जिल्ला स्थित अन्य सरोकारवाला निकायसँग समन्वय गर्ने ।
ग. सिफारिश प्रविधिः ठूला आवाज निकाल्ने (थाल, टिन, ड्रम ठटाउने, ठूला आवाजमा स्पिकर बजाउने), धुवाउने, नर्सरी ब्याडलाई जालीले ढाक्ने, हातले संकलन गर्ने र नष्ट गर्ने, लामो डोरी समाती हल्लाएर धपाउने आदी प्रसारका लागि स्थानिय स्तरमा गठन गरिएको समितिलाई कतचभलनतजभलष्लन गर्ने,
घ.टेक्निकल कमिटिसँग आवश्यक समन्वय गरी सिफारिश प्रविधिहरु सहित अन्य प्रगति सिटिङ कमिटी लाई समय समयमा जानकारी गराउने,
ङ. श्रोत पहिचान, श्रोत आकलन सहित आवश्यक बजेटको बअतष्यल उबिल तयार गरी सिटिङ कमिटीमा पेश गर्ने ।

१.२ टेक्निकल कमिटी गठनः यस कमिटी अन्तर्गत विज्ञहरु सहित रहने गरी समिति गठन गर्ने निर्णय गरियो ।
क. श्री गणेश कुमार श्रेष्ठ, एडीएस एक्सपोर्ट योजक
ख. डा. सुन्दर तिवारी, सह–प्राध्यापक, कृषि तथा वन विश्वविधालय(सदस्य
ग. श्री घनश्याम भण्डारी, वैज्ञानिक, राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम–सदस्य
घ. श्री मेघनाथ तिम्लसिना, बरिष्ठ कृषि अधिकृत( प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, चितवन–सदस्य
ङ. श्री कृष्ण भद्र अधिकारी, प्रमुख, बाली संरक्षण प्रयोगशाला–सदस्य
टेक्निकल कमिटी गठन समितिको काम, कर्तव्य र अधिकारहरु
क. प्रविधिको सिफारशि गर्ने,
ख. मौसम पूर्वअनुमान तथा अधययन गर्ने,
ग. सरोकारवाला निकायसँग समन्वय गर्ने ।

१.३ सिटिङ कमिटी गठनः प्रादेशिक स्तरमा माननीय मन्त्रीज्यूको अध्यक्षतामा सरोकारवाला तथा विज्ञहरु सहित रहने गरी समिति गठन गर्ने निर्णय गरियो ।
१. माननीय मन्त्री, दावा दोर्जे लामा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय–अध्यक्ष
२. डा. योगेन्द्र कुमार कार्की, सचिव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय–सदस्य
३. सचिव, आर्थिक तथा योजना मन्त्रालय–सदस्य
४. सचिव, आन्तरिक तथा कानून मन्त्रालय–सदस्य
५. प्रा. डा. शरदा थपलिया, उपकुलपति, कृषि तथा वन विश्वविधालय–सदस्य
६. श्री लालकुमार के.सी,कृषि सल्लाहाकार,भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय–सदस्य
७. श्री रविन्द्र कुमार प्रधान, प्रमुख, कृषि विकास निर्देशनालय–सदस्य
८. डा. हरिकुमार रघु श्रेष्ठ , नि. निर्देशक, पशु तथा मत्स्य विकास निर्देशनालय–सदस्य
९. श्री प्रताप विष्ट, बरिष्ठ पत्रकार, कान्तिपुर दैनिक–सदस्य
१०. श्री केशव खनाल, बरिष्ठ कृषि प्रसार अधिकृत,भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय–सदस्य
११. श्री कृष्णभद्र अधिकारी, प्रमुख, बाली संरक्षण प्रयोगशाला–सदस्य सचिव

समितिको काम, कर्तव्य र अधिकारहरु
क. आवश्यक श्रोत पहिचान गरी बजेट आकलन तथा व्यवस्थापन गर्ने,
ख. प्रादेशिक स्तरमा सलह किरा अवस्था, वस्तु स्थिति, फैलावट आदिको तथ्याङ्क अध्यावधि गर्ने,
ग. मास मिडियामार्फत क्षति न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी आवश्यक सुचना प्रवाह गर्ने,
घ. आवश्यकता अनुसार आवश्यक निर्देशन तथा सहजिकरण गर्ने ।

२. यस प्रदेशमा रहेको १३ वटै जिल्ला समन्वय समिति मार्फत सबै स्थानिय तहहरुमा सचेतना फैलाउन, निराकरणको लागि पहलिकदम चाल्न जिल्ला समन्वय समितिको संयोजकज्यूलाई अनुरोध गर्ने निर्णय गरियो ।
३. व्यापक रुपमा सलह किरा नियन्त्रण बाहिर गएको खण्डमा प्रहरी प्रशासनलाई अनुरोध गर्ने तथा सोको व्यवस्थापनमा सहयोग लिने निर्णय गरियो ।
४. आवश्यक परेमा भोलेन्टरलाई भर्ना गरी सलह किरा नियन्त्रण तथा व्यवस्थापनमा खटाउने निर्णय गरियो ।
५. सलह किराको संकलन गर्ने व्यक्ति र समूहरसंस्थार निजि क्षेत्रहरुलाई रु ३०।– प्रति किलोको दरले रकम दिने सम्बन्धमा कार्यविधि तयार गर्ने र सो कार्यविधि आर्थिक तथा योजना मन्त्रालयमा सहमति लिने निर्णय गरियो ।

संघीय सरकारको यस्तो तयारी

संघीय सरकारले नेपालमा फैलिएको सलह किराको गतिविधिको विषयमा निगरानी गर्ने भएको छ । कृषि तथा पशुपञ्छी मन्त्रालयमा आइतबार बसेको मन्त्रीसहितको बैठकमा संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीसँग यो विषयमा समन्वय गर्ने निस्कर्ष निकालिएको हो ।

बैठकमा विज्ञले भारतको राजस्थानबाट सलह किराको अझै ठूलो क्रियाकलाप हुने देखिएको जानकारी गराएका थिए । हालसम्म नेपालमा देखिएको सलह किराको बथान सानो रहेको र यसले धेरै क्षति नपु¥याएको भन्दै किसानलाई नआत्तिन विज्ञले बताएका छन् ।

विज्ञसँगको छलफलपछि मन्त्री भुसालले सलह किरा कुन–कुन स्थानमा देखिएको छ भनेर किसानहरुबाट जानकारी लिन हटलाइनको व्यवस्था गर्ने बताए । एउटा टेलिफोन नम्बर मन्त्रालयले व्यवस्था गर्ने र त्यसमा फोन गरेर किसानले सलह किराबारे जानकारी दिन सक्ने मन्त्री भुसालको भनाइ छ ।

छलफलमा सरोकारवाला निकायका अधिकारी र विज्ञले सलह रोकथामका लागि दमकल र ड्रोनबाट विषादी छर्किन सिफारिस गरेका छन् ।

के हो सलह ?

सलह गर्मी र समोतिष्म जलवायुमा हुर्किने किटपतङ्गको श्रेणी अन्तर्गत एक प्रजातिको फट्याग्रा हो । यो प्राणी अधिकतम पाँच महिनासम्म बाँच्ने साना आकारदेखि सरदर पाँचदेखि आठ सेन्टिमिटर लम्बाई हुने हल्का खैरो रंगको हावामा विचरण गर्दै वनस्पति खाने सामान्य प्रकृतिको हुन्छ । बहुसंख्यक सलहको बाढी जसरी लाखौंको फौजले खेती बाली नष्ट गर्ने विनाशकारी क्षमता यसको खतरनाक पक्ष हो । प्रजनन दरको हिसाबले वंशवृद्धिमा धेरै समय नलाग्नाले यसलाई तिब्र गतिशील र जोखिमगर्ने मानिन्छ । अनिकाल र भोकमरीको विशेष कारण बन्न सक्ने यो जीवलाई नियन्त्रणका लागि समयमै अग्रिम रणनीति सोंचिनु अपरिहार्य हुन्छ ।
यसको वायुको वेगसंग छलाङ्ग लगाउन सक्ने तागत प्रति दिन १५० किलोमिटरका हिसाबले समग्र नेपालमा छाउन यसले बढीमा छ दिनको समय लिने छ । त्यसमा यदि हुरी बतास सामेल भइदिए फैलिने गतिको रफ्तार अझ दु्रत हुन सक्दछ । गर्मीको मौसम भर्खर शुरु हुन लागेकोले नेपालको दक्षिणी भेगबाट तराईका फ‘ाट अतिक्रमण गरेमा जाडो याम आउन बाँकी पाँच महिना सिंगै अन्नपातको नाश गर्ने लीलाको समयावधि लामो हुनेछ ।

नियन्त्रणका उपाय

पूर्वी अफ्रिका, मध्य पूर्व र एशियाका देशहरु लगायत चीन, जापान र कोरियामा सलह एक स्वादिष्ट परिकारको व्यञ्जनका रुपमा खाने प्रचलन रहेको कथामा सिमित होइन अद्यावधि कतिपय देशहरुमा कायम रहेको छ । इस्लाम धर्मावलम्बिहरुका लागि यो जलचर प्राणी माछा सरह हलाल मानिन्छ । अर्थात यसलाई खान चाहेमा मुस्लिमलाई धार्मिक बन्देज छैन । खानेहरुका लागि मधुर स्वाद दिने प्रचुर मात्रामा प्रोटीन रहेको स्वास्थ्यप्रद आहारको रुपमा सलहको पहिचान रहेको छ । आजको आधुनिक परिवेशमा बालीनाली सखाप हुनबाट बचाउन विनाशकारी सुक्ष्म जीवजन्तु आदि नियन्त्रण गर्ने प्रयासमा किटनाशक विषादीहरुको प्रयोग अत्यधिक गरिएबाट सलहको शरीर भित्र गएका औषधिको अंश मानव शरीरको मुटु, कलेजो, मृगौला जस्ता भित्री अंगहरुमा रोग र बिकार पैदा गर्ने किसिमका हन्छन् । त्यसैले विगतमा जसरी निर्वाध भुटेर, पोलेर वा स‘ादेर स्वाद मानेर खानेहरुले आफै निषेध गर्नु निसंकोच अप्रत्याशित रोगबाट बच्न उत्तम तरिका हुनेछ ।

सन् २०२० को फेब्ररी महिनामा पाकिस्तानको पूर्वी भागमा सलहले अन्नबाली नष्ट गरेकै कारण राष्ट्रिय संकट घोषणा गरेको थियो जसमा दैनिक एउटा पानीहाँसले दुई सय सलह खाने एक लाख संख्याको पानीहाँस चीनले पठाउने समाचारले स्थान पाएको थियो । चीनमा पनि सन् २०००मा त्यस किसिमको सलह प्रकोप विरुद्ध लड्न सिन्जियाङ युगुर स्वशासित क्षेत्रमा खास किसिमको ठुलो जीउडालकोे पानीहाँस प्रयोग भएको थियो ।

 

साभार:sankalpakhabar.com