शरीरको भित्री अङ्ग मुख्य गरी पाचन प्रणालीमा रही जनावरलाई रोग लगाउने परजीविलाई आन्तरिक परजीवि भनिन्छ । आन्तरिक परजीविलाई बनावट, रोग आदि विभिन्न समूहमा विभाजन गरिएको छ ।
नाम्ले जुका
परिचय : यो परजिवी गाई भैसी भेडा बाख्रा जस्ता जनावरमा लाग्दछ । यो परजीविको वृद्धि विकासको क्रममा परजीवि पशुको कलेजो तथा पित्त नलीमा गई बस्दछ । कलेजोलाई खराब बनाई काम गर्न नसक्ने बनाउँछ । यो रोग पशुहरुमा फैलन र आफनो जिवनचक्र पुरा गर्न मध्यस्त आश्रयदाताको रुपमा विषेश प्रकारको शंखे किराको आवश्यकता पर्छ । शंखे किरामा पहिलो चरणको विकास भई सकेपछि यो परजीवि पानीमा निस्कन्छ र पानीमा भएको घाँसपातको माध्यमबाट गाईभैसी जस्ता जनावरमा सर्दछ ।
रोगको लक्षण
- नाम्लेको असर पशुको जात अनुसार फरक देखिन सक्छ ।
- यो रोगले भेडामा चाडो संक्रमण गरी छोटो समयमा गम्भीर अवस्था ल्याउन सक्छ भने कुनै अवस्थामा गाईभैसीमा संक्रमण भएता पनि लक्षण नदेखिन सक्छ ।
- यो रोग लागेपछि दुध उत्पादन घट्ने, रौँ जिङरिङ्ग देखिन,े बाली नजाने, पेट नउस्काउने, दुब्लाउदै जान,े घाँस–दाना नपचेको कारणले कालो गन्हाउने छेर्ने, जिर्ण अवस्थामा च्यापु सुन्निन्छ ।
उपचार र रोकथाम
- Tricalbendazole समुहको औषधी १२ मि.ग्रा. प्रति के.जी.को दरले खुवाउने।
- Oxyclozanide ePsf] Zanide–L १० देखि १५ मि.ग्रा. प्रति के.जी. तौलको दरले एकैपटक खुवाउने ।
- सहायक चिकित्सा : Liver Tonic भिटामिन खुवाउने ।
- पशु चिकित्सक बाट सिफारिस भएको औषधी बर्षा लाग्नु अघि र हिउँद लाग्नु अघि गरी बर्षमा २ पटक खान दिने ।
- गाईभँैसीलाई चिसो, भिजेको तथा सिम क्षेत्रमा चराउनु हुदँैन ।
- पशुलाई पराल खुवाउँदा जराको माटो, धुलो फालेको सफा पराल खुवाउनु पर्छ ।
- शंखेकिराको नियन्त्रण गर्नुपर्छ ।
गोलो जुका
यो गाई भैसीको पेट र आन्द्रामा बस्ने शरीर लामो गोलो आकार भएको परजीवि हो । पशुको आन्द्रा र पेटमा रहेर पशुले खाएको दाना गोलो जुकाले आन्द्रामा घाउ बनाई सोस्न नसक्ने बनाँउछ जसले गर्दा पोषण तत्व शरीरमा लाग्न पाउँदैन । गोलो जुकालाई सानो गोलो जुका र ठूलो जुका गरी दुई भागमा विभाजन गरिन्छ ।
रोग सर्ने तरिका
- पेट तथा आन्द्रामा जुकाले लाखँौ अण्डा पार्दछन्, गोबरसँंग बाहिर निस्केका अण्डाहरु अनुकुल तापक्रम र वातावरणमा लार्भा बन्दछन्। लार्भा नजिकको घाँसमा टाँसिएर बस्दछ र पशुले घाँस खाँदा लार्भाले घाँससँगै शरीर भित्र प्रवेश गर्छ ।
लक्षण
- बाच्छा पाडाले पातलो दिसा गर्ने, आँउ मासी मिसिएको छेर्ने
- दुध नचुस्ने, स्वास गन्हाउने
- दुब्लाउदै जाने, वजन घटने
- रक्तअल्पता हुने
- दाना भएको प्रोटिन नपचेर छेर्ने
- बंगुर तथा कुकुरले बान्ता गर्ने र शरीरमा पानीको मात्रा कम हुने हुन्छ ।
रोग निदान
- रोगको पहिचान लक्षणबाट गर्न सकिन्छ ।
- गोवरमा जुका भेटिएमा प्रयोगशालामा गोबर जाँच गराउन पर्दछ ।
उपचार
- Piprazine Hydrate ४५ प्रतिशत झोल १० एम.एल प्रति ३० के.जी. शारीरिक तौल अनुसार दिने ।
- Albendazole : ५ मि.ग्रा. प्रति के.जी. तौलको दरले खुवाउने ।
- साहयक चिकित्सा Liver Tonic, Vitamin B Complex प्रयोग गर्न सकिन्छ ।
रोकथाम
- बथानमा रहेका सर्न सक्ने पशुलाई चिकित्सकको सल्लाह अनुसार असोज देखि कार्तिक तथा चैत्र देखि बैशाखमा जुका विरुद्ध औषधी खुवाउने ।
- चरनमा चक्र प्रणाली अपनाउने ।
- आहारमा नियमित खनिज, लवण, भिटामिन खान दिने ।