बाह्य परिजिवीले शरिरको बाहिरि भागमा बसी विभिन्न पशु र पंक्षीलाई हानि पुराउछ । यसमा उपिया, जुम्रा, किर्ना, माइट्सहरु पर्छन । यिनीहरुले बाख्रापालन व्यावसायमा ठुलो नोक्सानी गराइरहेको हुन्छ । बाख्राको मृत्यु नगराए पनि उत्पादन र उत्पादकत्वमा असर गरिरहेको हुन्छ । यसको असरहरु संक्रमण भएको ठाउँमा चिलाउने, धेरै संक्रमण भएको अवस्थामा रक्त अल्पता हुने, फ्लिको संक्रमणका कारणले एलार्जिक रिएक्सन देखा पर्ने गर्छ । रगत चुस्ने भएका कारणले गर्दा रक्त अल्पता देखा पर्छ , रिएक्सनका कारणले गर्दा टिक प्यारालाइसिस देखा पर्छ ।
| Advertisement |

बाख्रा विज्ञ
विभिन्न रिकेटसियल र जीवाणुका रोग सार्न सहयोग गर्ने जस्ता असर समेत देखा पर्छ । डेमोडेक्सको संक्रमणमा साना साना संक्रमित भागहरु अनुहार, अगाडीको खुट्टामा देखा पर्ने, संक्रमित भागमा रौ झर्ने गर्छ । माइट्सको संक्रमणले कानको भागमा चिलाउने, घाउ हुने, टाउको हल्लाउने, हल्लाउदा चोट लाग्ने जस्ता लक्षणहरु देखा पर्छ । फलस्वरूप उत्पादन र उत्पादकत्वमा असर गर्छ । तसर्थ यसको रोकथाम, नियन्त्रण र उपचारमा विषेश ध्यान दिनु पर्छ ।
जुम्रा, किर्ना र उपियाको उपचार:
पशुपालनलाई फाइदाजनक बनाउनका निम्ति बाह्य परजीवीवाट बचाउनका निम्ति बिभिन्न औसधिहरु प्रयोग गर्न सकिन्छ । बाख्रालाई यस्ता परजीवीवाट मुक्त गर्नका लागि डिपिङ ट्यांकमा यस्ता औसधि प्रयोग गर्न सकिन्छ ।यस्तो प्रबिधिलाई डीपिङ भन्ने गरिन्छ ।
– मालाथिन ०.५ – १% सम्मको पानिमा घोल बनाई पशुको बाहिरी भागमा प्रयोग गर्ने ।
-बजारमा उपलब्ध भएका साईपरमेथिनलाई १ एम.एल. पाँच लिटर पानिमा प्रयोग गर्न सकिन्छ ।
-पशुको शरीरवाट बाह्य परजीवी हटाएर मात्र नभएर खोरको सरसफफाईमा समेत ध्यान दिनु पर्छ ।
-मेंजको उपचारका लागि Ivermectin को सुइ छालामा प्रयोग गर्न सकिन्छ ।
-बाख्राको बाह्य परिजिवीको उपचारको लागि डीपिङ गर्दा उपयुक्त हुन्छ ।
बाख्रामा हुने बाह्य परजीवीको लागि डीपिङ प्रबिधि

डिपिङ गर्दा ध्यान दिनु पर्ने बुदाहरु :
- डीपिङ गर्दा सधै मौसम सफा भएको र घाम लागेको बेलामा मात्र गर्नु पर्छ ।
- यदी बादल लागेको छ भने उक्त समयमा डिपिङ गर्नु हुदैन ; त्यस समयमा बिषादीले पशुलाई असर गर्न सक्छ ।
- बाख्राले डीपिङ गर्दा पानि खाने सम्भावना हुन्छ तसर्थ डीपिङ गर्नु भन्दा अगाडी बाख्रालाई प्रयाप्त मात्रामा पानि पिउन दिनु पर्छ
- डीपिङ गर्नु पुर्ब बाहिरी शरीरको जाँच गर्नु पर्छ ; चोट पटक लागेको अवस्थामा डीपिङ गर्नु हुदैन ।
- डीपिङ गर्दा बाख्रा कम्तिमा आधा मिनेट पानिमा डुब्नु पर्छ , बिस्तारै हिड्न दिनु पर्छ जसले गर्दा शरीरमा रहेको बाह्य परिजिवी शरीरवाट बाहिर आउछ ।
- एकै उमेर समुहका पशुलाई एक पटक डीपिङ गर्नु पर्छ ।
- डीपिङ गराउदा समय समयमा डीपिङको लागि प्रयोग हुने बिषादीको घोललाई चलाउनु पर्छ ; नचलाएको अवस्थामा बिषाधी थेग्रीएर बस्छ र राम्रो काम गर्दैन ।
- डीपिङको घोल कम भएको अवस्थामा अलि अलि टप अप गर्नु पर्छ ; थप्दै जानु पर्छ
- डीपिङ गरिसकेपछी १०-१५ मिनेट डीपिङ गर्ने ठाउँ नजिकै रहन दिनु पर्छ जसले गर्दा विषादी अन्यत्र लाग्नवाट बचाउनु पर्छ
- डीपिङ ट्यांक बनाउदा लम्बाई लामो र चौडाई सानो बनाउनु पर्छ जसले गर्दा बाख्रा फर्केर नआओस, अगाडी बढ्दै जान्छ ।
- डीपिङ गरेको बाख्रालाई ३ हप्ता सम्म मासुको लागि बध गर्नु हुदैन ।
डीपिङ गर्दा अपनआउनु पर्ने साबधानी:
- डीपिङ गर्दा सधै मौसम सफा भएको र घाम लागेको बेलामा मात्र गर्नु पर्छ, साधारणतया घाम लागेको समयमा १० बजेको सेरोफेरोमा डीपिङ गर्न सुरु गर्नु पर्छ ।
- विषादीलाई उचित ठाउँमा भण्डारण गर्नु पर्छ ; घरमा रहेका स-साना बाबु/नानिको पहुच भन्दा टाढा राख्नु पर्छ ।
- डीपिङ गर्नु पुर्ब पानि खान दिनु पर्छ साथै घास खुवाउनु पर्छ ।
- विषादी प्रयोग गर्ने व्यक्तिले हातमा पन्जा, मुखमा माक्स लगाएर मात्र डीपिङ गर्नु पर्छ ।
- विषादीको मात्रालाई ध्यान दिएर प्रयोग गर्नु पर्छ , तोकिएको भन्दा बढी मात्रा भएको खण्डमा बाख्रालाई बिष लाग्ने गर्छ
डीपिङको लागि प्रयोग हुने रसायन
बिष लागेको अवस्थामा ध्यान दिनु पर्ने:
डीपिङ गर्दा विष लागेमा र्याल आउने, वान्ता गर्ने र लड्खडाउने जस्ता लक्षणहरु देखा पर्छ ।
यस्तो लक्षण देखा परेमा धरायसी उपचार जस्तै: कडा चियाको झोल , जौको खोले, कागती पानी आदि दिन सकिन्छ ।
अवस्था हेरेर Atropine Sulphate चलाउन सकिन्छ ।
डीपिङको फाइदाहरु
बाख्राको शरीर भरी राम्रो संग भिज्छ र परजीवीलाई सहजै हटाउन सक्छ ।
ध्यान दिएर डीपिङ गरको अवस्थामा असर खासै देखा पर्दैन ।
डीपिङको बेफाइदाहरु
धेरै पानिको आवश्यकता हुने ।
ट्यांकको संरचना बनाउन लगानी बढी हुने ।
विषादी सधै प्रयोग गर्दा पशुको स्वस्थमा नकारात्मक असर ।
डीपिङ गर्दा पशुलाई चोट पटक लाग्न सक्ने ।