| Advertisement |

यो साना उग्राउने पशुमा (भेडा र बाख्रा) लाग्ने अति खतरनाक संक्रमक भईरल रोग हो । यस रोगलाई न्यबत एबिनगभ पनि भनिन्छ नेपाल मा वि.सं २०५१ सालमा भित्रीएको अनुमान छ यो रोग वि.सं. २०५४ देखि २०५७ सम्म सबैभन्दा बढी फैलिई ठूलो संख्यामा बाख्राहरु मरेका थिए ।
कारण
यो रोग उबचबmथहयखष्चष्मभब अन्तर्गतको mयचदष्ििष्खष्चगक बाट लाग्ने गर्दछ । रोगी भेडा बाख्रासंग निरोगी भेंडा बाख्राहरु सिधा सम्पर्क हुँदा स्वास्थ्य पशुमा भाईरसहरु प्रवेश गर्दछन् । रोगी पशुको नाक, मुख तथा आँखाबाट निस्किने तरल पदार्थ तथा दिसाबाट विषाणु बाहिरी वातावरणमा आई फैलिन्छन र उक्त दुषित
वातावरणको सम्पर्कमा स्वस्थ पशु आउँदा भाईरस पशुको शरिर भित्र प्रवेश गर्दछ । यस रोगका प्रकोप हुँदा ८० प्रतिशत सम्म मृत्युदर हुन सक्छ ।
रोगका लक्षणहरु
१. सुरुमा १०५ देखि १०७ डिग्री फरेन्हाइट सम्म ज्वरो आउने ।
२. झोक्राएर बस्ने, थुतुनो सुख्खा हुने, घाँसपात नखाने र उग्राउने बन्द हुन्छ. ।
३. लक्षण देखिएको ३ देखि ४ दिन पछि नाकबाट पानी तथा पिप बग्ने, नाक, मुख गिजा, जिब्रो ओठ आदिम खटिरा निस्कने र पछि खटिरा फुटी माशु मर्ने हुने । ‘
४. आँखाबाट बगेको पातलो पदार्थ पछि बाक्लो हुने फलस्वरुप आँखाका परेला आपसमा टाँसिने, बाक्लो सिंगान आउने, पातलो, कालो छेर्ने हुन्छ ।
५. दिसामा पछि खकार मिसिएको जस्तो देखिने, शरिर मा पानी को कमी हुने, तापक्रम घट्दै जाने, गिँजामा चोकर दले जस्तो हुने र अन्त्यमा निमोनिया भई ५ देखि १० दिन भित्रमा मर्दछ ।
रोकथाम तथा उपचार
-एकै पटक धेरै भेडा र बाख्राहरु विरामी परि मरेमा यस रोगको शंका गर्न सकिन्छ । यस्तो अवस्थामा विरामी पशुलाई अलग्गै राखी तुरुन्त नजिकको पशु सेवा केन्द्र, पशु सेवा कार्यलय, वा पशु प्राविधिक संग सम्पर्क गर्नु पर्दछ ।
-भेंडा र बाख्रालाई २÷२ वर्षमा यो रोग बिरुद्ध खोप लागउनु पर्दछ ।
-रोगको निदान र नियन्त्रण खटिएका प्राविधिकलाई सहयोग गर्नुपर्छ ।
-यस्तो महामारी जन्य पशुरोग फैलिन नदिन, नियन्त्रण र रोकथाम गर्ने आम नागरिकको कर्तब्य हो ।
-यो भाईरसबाट सर्ने रोग भएकोले यसको विशेष उपचार छैन, तर जिवाणुको संक्रमणबाट बचाउन निम्न उपचार गर्न सकिन्छ ।
१. पोटास, एक्रीफ्लाभिन, बेटाडीन आदिले मुखको घाउ सफा गर्ने ।
२. एभलष्अष्ििष्ल नचयगउ को खोप ५ दिन लगातार लगाउने ।
३. ख्ष्तबmष्ल द्य अयmउभिह बलम खष्तबmष्लब्, भ् पनि प्रयोग गर्न सकिन्छ ।
खोप किन लगाउने?
महामारी रोगबाट पशुधनको सुरक्षा गर्न ।