प्रदेश २ ले ल्यायो एकदमै राम्रो राहत कार्यक्रम । कृषि कर्जाको ४ महिनाको व्याज तिरिदिने ।

प्रदेश २ ले ल्यायो एकदमै राम्रो राहत कार्यक्रम । कृषि कर्जाको ४ महिनाको व्याज तिरिदिने ।

प्रदेश २ सरकारले कोरोना महामारी रोक्न गरिएको लकडाउनको कारण प्रभावित किसानले लिएको ऋणको चार महिनाको व्याज तिरिदिने निर्णय गरेको छ ।

शुक्रबार विहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले किसानले बैंक, वित्तीय संस्था वा सहकारीबाट लिएको ऋृणको ४ महिनाको व्याज तिरिदिने निर्णय गरेको हो । कृषि कर्मको लागि किसानहरुले ५ लाखसम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशतसम्मको ४ महिनाको, पाँच लाखदेखि १५ लाखसम्मको ऋणमा १२ प्रतिशतसम्मको व्याजदरमा ५० प्रतिशत तिरिदिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । त्यस्तै १५ लाखदेखि ३० लाखसम्मको ऋणमा ४० प्रतिशत र ३० लाख भन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले निर्णय गरे बमोजिम व्याज तिरिदिने निर्णय भएको उनले बताए । यस्तै, दूध, फलफूल, तरकारी, कुखुरा तथा माछापालक किसानलाई थप राहत दिने निर्णय समेत प्रदेश सरकारले  गरेको छ ।