प्रविधि, प्राविधिक र संरचनाको समष्टी विना कृषिले दिशाबोध गर्न सक्दैन – अरुण जि.सि

प्रविधि, प्राविधिक र संरचनाको समष्टी विना कृषिले दिशाबोध गर्न सक्दैन – अरुण जि.सि

| Advertisement |

Promotional banner

अरुण जि.सि
कृषि प्रसार अधिकृत
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि क्षेत्र विश्वभर नै संरक्षित क्षेत्रको रुपमा रहेको छ तर उदारीकरणका नाममा हामीले कृषिलाई पनि धेरै हदसम्म खुल्ला बजारकै ज़िम्मा लगायौं । तुलनात्मक लाभको कोरा सिद्धान्तका आधारमा जहाँ सस्तो उपज पायौं त्यहाँबाट आयात गर्यौं । यो सोचेनौं कि यदि निर्यात गर्ने मुलुकले खाद्यान्न नदिए के खाउँला ? दुर्भाग्यवश कोरोना भाईरसले यहि परिस्थिति श्रृजना गरिदियो । मा. कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालज्यूले घोषणा गर्नु भएको नेपाली कृषिको पंचरत्न सूत्रको आधारशिला पनि यहि नै हो । अझ संक्षेप भन्दा कृषि धेरै श्रम गर्नु पर्ने तर बचतको सूनिश्चितता नभएको क्षेत्र भएको र सरकारले उचित ध्यान दिन नसक्दा हामी आजको अवस्थामा छौं । तर, आधारभूत कृषि उपजमा हामी जुनसुकै मूल्यमा पनि आत्मनिर्भर हुनै पर्छ । यसको लागि हाम्रो उत्पादन सामाग्री तथा कृषि उपजको वासलातका आधारमा तीनै तहका सरकारले समन्वयात्मक रुपमा कार्यहरु अगाडी बढाउनु पर्छ । त्यस पश्चात मात्र हामी तुलनात्मक लाभको सिद्धान्तका आधारमा उत्पादन तथा निर्यात र आयात गर्नु पर्छ । अब कृषि क्षेत्र कसरी अगाडी बढ्छ भन्नेको निर्धारक कृषि प्राविधिकहरु पनि हुन् । संघियता पश्चात कृषिको संयन्त्र खलबलिएको छ । अझै कर्मचारी समायोजन पश्चात प्राबिधिकको मनोबलमा पनि धक्का लागेको छ । यो मुद्दालाई अब नयाँ सिराबाट सम्बोधन गर्नुपर्छ । प्रविधि, प्राविधिक र संरचनाको समष्टी विना कृषिले दिशाबोध गर्न सक्दैन ।