नेपालमा फलफूलको संम्भाबना निकै संम्भाबवा रहेकोमा कसैको दुईमत नहोला तर पनि यसबाट मनग्य आम्दानी लिनसकेका छैनौ । यदि तयाई फलफूल कृषि व्यवसायी हुनुहुन्छ भने निम्न कुरामा दिनुहोला ।
- केराको फलमा कोत्रे कीराले कोतरेर फलको गुणस्तर घटाउने हुनाले यसबाट प्रभावित बगैँचामा भएका बुङ्गोलाई बोरा अथवा प्लाष्टिकले बेर्ने वा बेलुकाको समयमा १ भाग गाईको गहुँत ४ भाग पानीमा मिसाएर राखेको झोल वा कुनै नीम जन्य बिषादी ५ एम.एल. प्रति लिटर पानीमा मिसाई फल लागेको ठाउँमा छर्कनुहोस्।
- यस समयमा केरामा गबारो कीरा लाग्न सक्ने भएकोले नियमित अनुगमन गर्नुहोस्। गवारो देखिएमा बगैँचाको सर-सफाई गर्ने, घारि काटिसकेपछिका ठुटाहरुलाई नष्ट गर्ने वा बोटको कापमा वा गुवोमा कार्वोफ्युरान ५-७ ग्राम राख्नुहोस्। गवारो कीरालाई पासोको प्रयोग गरेर पनि नष्ट गर्न सकिन्छ, यसको लागि केराको थामलाई ८-१० ईन्चको टुक्रा काटेर तीनवटा टुक्रा-टुक्राको विचमा स-सानो ढुङ्गा (कंक्रिट) राखेर पासो तयार पार्ने र ठाँउ-ठाँउमा राखेर प्रत्येक दिन यसको अवलोकन गरी पासोमा परेको कीरा नष्ट गर्नुहोस्।
- कागती वा निबुवा खेती गर्नुभएका कृषकहरुले कागतीको पात खन्ने सुलसुले लाग्ने भएकोले करेसाबारीमा भएका बोटमा गाईको गहुँत वा निमको पातको झोल १ भागमा ३ भाग पानी मिसाई ५-५ दिनको फरकमा ३ पटक छर्नुहोस्। व्यवसायिक कागती खेती गर्ने कृषकहरुले रोगर २ एम. एल. प्रति लिटर पानीमा घोलेर सात दिनको फरकमा ३ पटक छर्नुहोस्।
- सुन्तलाजात फलफूल बालीमा फल कुहाउने औँसाको अनुगमन गर्न, भालेको लागि पाराफेरोमोनमा आधारित जोना-ट्रेक (Zona–trac) तथा तरकारी बालीहरुमा क्यु-ट्रेक (Cue–trac) र पोथी झिंगाको लागि जैविक-आकर्षक फेमिल्युर (Femi lure) प्रयोग गर्नुहोस्। छुट्टा-छुट्टै फ्लाई केचर ट्रेप (McPhail Trap) मा एक-एक किसिमको मात्र ल्युर (Lure) र आकर्षित भई आएका कीराहरुलाई मार्न डीडीभिपी ट्रेपिंग स्ट्रिप (DDVP trapping stripe) राखी प्रयोग गर्नुहोस्। १-१ महिनाको अन्तरालमा जोनाट्रेक, क्युट्रेक, फेमिल्युर र डीडीभिपी ट्रेपिंग स्ट्रिप फेर्दै जानुहोस्। झिंगालाई सामुहिक रुपमा आकर्षित गरि मार्न फेमिल्युरमा झिंगा देखिने बित्तिकै सेरानोक बेट स्टेसन (Ceranok bait station) बोटको हाँगामा झुन्ड्याई प्रयोग गर्नुहोस् र ४ महिनापछि पुनः उल्लेखित संख्या थप्दै जानुहोस्। पहिलो बर्ष प्रथम पटक प्रति हेक्टर १०० र ४ महिनापछि अर्को ७५ वटा, त्यसै गरी दोश्रो बर्ष पहिलो पटक ७५ र ४ महिनापछि पुनः अर्को ७५ तथा तेश्रो बर्ष देखि हरेक बर्ष पहिलो पटक ७५ र ४ महिनापछि ५० वटाको दरले सेरानोक बेट स्टेसन प्रयोग गर्दै जानुहोस्।
- किविको कटिङ्ग बिरुवा भन्दा कलमी बिरुवा रोप्दा फलको उत्पादन बढी तथा गुणस्तर राम्रो हुने हुँदा कलमी बिरुवा मात्र रोप्नुहोस्।
- स्याउ टिपिसकेपछि पनि बोटमा कत्ले कीराको प्रकोप रहिरहने हुँदा यसको व्यवस्थापनको लागि खनिज तेल (सर्वो) १० देखी १५ एम.एल. प्रति लिटर पानीमा मिसाई कीरा लागेको स्थानमा भिज्नेगरि सात-सात दिनको अन्तरालमा तीनपटक छर्कनुहोस्।
-
यदि कुनै पनि प्रबिधि आवश्यक परेमा www.agrinepal.com लाई सम्झनुहोला ।