बच्चालाई लिच्ची खुवाउने ? होस गरौ है !

बच्चालाई लिच्ची खुवाउने ? होस गरौ है !

हामीले जति मात्रामा लिच्ची मन पराएर खान्छौ त्यति नै त्यो लिच्ची हानिकारक हुन्छ भन्ने कुराको जानकारी हुन आवश्यक छ । नेपालको अधिकांश स्थानमा लिच्चीको सिजन आईसकेको छ । यो फल स्वादिष्ट एवंम मिठो भएकोले स–साना केटाकेटीहरुको मनपर्दाे फल मध्ये एक हो । सन् २०१४ सालमा बिहारको मुजफरपुरमा ३९० जना बालबालिकाहरु बिरामी भए जसमा १२२ जनाको मृत्यु भयो । यही बर्ष मुजफरपुरमा ४३ जना बालबालिका शंकास्पद रुपले मृत्यु भयो । यस घटनाले सबैलाई चकित गरायो । बालबालिकाहरुमा ज्वरो आउने,काप्ने,बान्ता हुने,बेहोस हुने लक्षण देखा परेको छ । अमेरिकी र भारतीय चिकित्सकहरुको अध्ययनले खाली पेटमा लिच्ची खाएको कारण मृत्यु भएको पुष्टि गरेका थिए । अध्ययनका अनुसार अधिकांश मृत्यु हुने बालबालिकाहरुले खाली पेटमा लिच्ची खाएका थिए । लिच्चीमा पाइने रसायनले शरीरको ग्लुकोज उत्पादनमा असर पु¥याउँछ । अझै नपाकेको लिच्चीमा यो रसायनको मात्रा धेरै भएकोले यसले ठूलो असर पु¥याउँछ धेरै जसो प्रभावित बालबालिकाहरु पहिल्यै नै कुपोषित र गरिब परिवारका सदस्य भएको पाईएको छ । त्यसैले चिकित्सकहरुले अभिभावकहरुलाई खाली पेटमा लिच्ची नदिन र काँचो लिच्ची आफ्नो बालबालिकाहरुलाई नदिन सुझाव दिएका छन् ।