बढ्दो हरित गृह ग्या ँ स उत्सर्ज नः समाधान कार्बन खेती

बढ्दो हरित गृह ग्या ँ स उत्सर्ज नः समाधान कार्बन खेती

कार्बन खेती भन्नाले विभिन्न वातावरण मैत्रि उपायको प्रयोग गरी माटोमा कार्बनको मात्रा बढाउन टेवा पु¥याउने माध्यम हो । आज विश्वमा जलावायु परिवर्तन मुख्य समस्याको रुपमा आइरहेको छ जसले गर्दा प्राकृतिक प्रकोप बढ्न गई मानब जातिमा प्रतिकुल असर समेत परिरहेको छ । विश्वमा विकसित देशको विकासका नाममा तीव्र विनाशले हाम्रो जस्ता साना मुलुक यसको चपेटामा परिरहेका छन् । विश्वमा बढ्दा कलकारखानाबाट उत्पादित हरितगृह ग्याँस उत्सर्जनले गर्दा ओजोन तहमा प्वाल पर्न गई सूर्यका हानिकारक विकिरण पृथ्विको सतहमा प्रवेश गरि तापक्रम बृद्धि भएको छ जसका कारण हिमश्रृंखला पग्लने, पानीको मुहान सुक्दै जाने, अल्पवृष्टि, अनावृष्टि, खडेरी, बाढीपहिरो, २००० मिटरको उचाई सम्म लामखुट्टे देखा पर्ने, वन्यजन्तु लोप हुने, महामारी रोग फैलने,विनाशकारी एवं बेमौसमी आँधी र बाढी आउने, नदीनालाको सतह घटबड हुँदै जाने आदि वातावरण विनाशबाट उत्पन्न परिणाम हुन् साथै विभिन्न रोग तथा संक्रमण पनि बढिरहेको अवस्था छ । वातावरण संरक्षण हावा, पानी, माटो आदि जैविक वस्तुहरुको अस्तित्वका लागि अति आवश्वयक हुन्छन् । यी जैविक वस्तुहरुमा भएको वातावरण विनाशको मात्राले पनि बृहत रुपमा प्रभाव पार्दछ । जीवजन्तु, वनस्पति र स्वयं मानिस पनि वातावरण विनाशको मात्राबाट अलग रहन सक्दैन । मानवको अस्तित्व उसको वरीपरीको वातावरण तथा पर्यावरण एवं परि स्थितिमा निर्भर गर्दछ । मानिसको अस्तित्वको लागि वनजंगल जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । वनजंगल, जलआदिको अस्तित्व संकटमा पर्नु भनेको मानवजीवन नै पूर्ण संकटमा पर्नु हो । मानिसको आफ्नो अस्तित्वको लागि प्रकृतिबाट धेरै वस्तुहरु ग्रहण गर्दछ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ नकी वातावरणीय विनाशबाट ।

कार्बन खेतीप्रविधि त्यो शुत्राधार हो जसमा विभिन्न जैविक बाली नालीको उत्पादनले कार्बनलाई माटोमै राखि बाहिर उडेर जान दिदैन । यसले गर्दा हरितगृह ग्याँस उत्पादनमा ह्रास आई वातावरणको विनाश रोक्दछ । कार्बन माटोको उर्वरा शक्तिको आधार मानिन्छ जुन बोट विरुवाले समेत आफ्नो वृद्धि विकासका लागि समेत उपयोग गरेको पाइन्छ । विशेषत कार्बन चक्रले माटोबाट कार्बन सतहमा ल्याई पूर्ण माटोमै राख्ने काम गर्दछ । सतहमा कार्बन अर्काे तत्वसँग गाँसिएर बसेको हुन्छ । कार्वनडाईअक्साइड, मिथेन, कार्वनमोनोअक्साईड एवंम नाइट्रस अक्साईड, इत्यादि जस्ता हरितगृह ग्यास उत्सर्जन भएर वातावरण प्रदुषण गर्ने प्रमुखकारक तत्व भएकाले तिनलाई व्यवस्थित गर्न वढि गर्न भन्दा बढि बोटविरुवा लगाउनु पर्छ जसले सतहमा रहेको कार्वनडाईअक्साइडलाई प्रयोगमा ल्याई फेरि पुरानै अवस्थामा माटोमा मिसाइदिन्छ ।

वैज्ञानिकका अनुसार प्रत्येक वर्ष विश्वबाट करिब १६ अर्ब गिगाटन कार्वनडाईअक्साइड उत्सर्जन हुने गरेको छ । साथै एक अध्ययनले कार्वनडाईअक्साइड कार्बन भन्दा ३.६७ प्रतिशतले बढि रहेको जनाएको छ । यस्तै अवस्था रहे विश्वमा कार्वनडाईअक्साइडको मात्रा बढि भई अन्तत जलवायु परिवर्तन चरम विन्दुमा पुग्ने छ । जसको असर मानवजातिले प्रत्याभुति गरिरहेको सर्वविधितै छ ।

कार्बन खेतीले जलवायु समस्यालाई हल गर्नुका साथै माटोको उर्वराशक्ति बढाई त्यसलाई स्वस्थ राख्न मद्दत गर्दछ । यो खेती प्रणाली नेपालमा पनि व्यापक छलफल तथा प्रयोगको क्रममा छ । कार्बनको मात्रा माटोमा जोगाई राख्नका लागि एकिकृत खाद्यतत्व व्यवस्थापनको अवधारणा फलदायी सावित हुने देखिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), खुमलटारमा मिति २०७५१००३गते सम्पन्न नेप्लिज सोसाइटी अफ सोइल साइन्सद्धारा आयोजित कार्बन खेती सम्बन्धित एक दिने विचार गोष्ठीमा अष्ट्रेलियाको कार्बन खेती गर्ने किसान समुहको विचार आदानप्रदान कार्यक्रममा वरिष्ठ विशेषज्ञहरुका भनाई अनुसार विश्वमा २ प्रतिशतमात्रै माटोमा कार्बनको अवस्थामा वृद्धि गर्न सकियो भने हरितगृह ग्याँसको उत्पादनमा पूर्ण रुपमा रोकथाम गर्न सकिन्छ ।

एकिकृत खाद्यतत्व व्यवस्थापनको अवधारणामा माटो अवस्थामा क्रमिक सुधार ल्याउन सकिन्छ । जस्तै माटोको बुनोट तथा बनोट, पि.एच, सूक्ष्म जीवाणुको उपस्थिति तथा प्राङ्गारिक पदार्थको खाद्यतत्वका उपलब्धता रहेको हुन्छ । माटोको भौतिक, रासायनिक तथा जैविक गुणहरुमा प्राङ्गारिक तदार्थले ठुलो महत्व राख्दछ । प्राङ्गारिक पदार्थले माटोको कणहरुलाई एक आपसमा बाधँेर दानेदार संरचना बनाइ दिन्छ । यस्तो माटोमा हावा र पानीको संचार पनि राम्रो हुन्छ । तसर्थ प्राङ्गारिक पदार्थ धेरै भएको माटोमा बिरुवाले जराहरु सजिलै बढ्न पाउँछन् । प्राङ्गारिक पदार्थले पनि माटोको अम्लियपना वा क्षारीयपनालाई सुधार गर्दछ । प्राङ्गारिक पदार्थले आल्मुनियम, म्याङ्गनिज तथा फलाम तत्वलाई आफूमा बाँधेर राख्ने हँुदा अम्लिय माटोमा यी तत्वबाट बिरुवालाई हुने हानीबाट जोगाउँछ । प्राङ्गारिक पदार्थको विघटन पछि यसमा भएको खाद्यतत्वहरु बिरुवालाई प्राप्त हुन्छ । रासायनिक मल प्रयोग नगरेको माटोमा बिरुवालाई आवश्यक नाइट्रोजनको एकमात्र स्रोत प्राङ्गारिक पदार्थ नै हो । यस्तै गरि फस्फोरस, सल्फर र सुक्ष्मतत्वहरुको ठुलो भाग पनि प्राङ्गारिक पदार्थबाटै प्राप्त हुन्छ । प्राङ्गारिक पदार्थ को अर्काे महत्वपूर्ण कामभित्र रहेका सुक्ष्म जीवाणुहरुलाई खाना प्रदान गर्न पनि हो । माटोमा प्राङ्गारिक पदार्थको कमी भएमा यी सुक्ष्म जीवाणुहरुको संख्या र क्रियाकलापमा कमी आउँछ । सुक्ष्म जीवाणु सक्रिय भएनन् भने प्राङ्गारिक पदार्थको विघटन, खाद्यतत्वहरुको रुपान्तरण र नाइट्रोजन स्थितिकरण जस्ता महत्वपूर्ण कामहरुमा कमी आउँछ । यसका साथै माटोमा कार्बनको मात्रा बढाउन खनजोतलाई व्यवस्थित वा बिनाखनजोत (जिरो टिलेज) गरी बाली लगाउने,भकारो सुधार कार्यक्रम, छापो हाल्ने, एग्रोफरेष्ट्रि (गैर–काष्ठ वनजन्य उत्पादन), बालीचक्र, चरण क्षेत्रको सुधार र व्यवस्थापन, माटोको नियमित जाँच पनि गर्न उपयुक्त मानिन्छ ।