बर्खामा मात्रै डडेल्धुरामा उत्पादन भयो झण्डै छ हजार मेट्रीक टन आलु

बर्खामा मात्रै डडेल्धुरामा उत्पादन भयो झण्डै छ हजार मेट्रीक टन आलु

डडेल्धुरा । यस बर्ष बर्खामा मात्रै झण्डै हजार मेट्रीक टन आलु उत्पादन भएको छ । जिल्लाको दुई सय हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे आलुमा पाँच हजार नौ सय मेट्रीक टन आलु उत्पादन भएको हो । बर्खे सिजनमा मात्रै यो मात्रामा आलु उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना डडेल्धुराका प्रमुख खेमराज जोशीले बताए ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालीका, गन्यापधुरा गाउँपालिका, आलिताल गाउँपालिका र भागेश्वर गाउँपालिकामा बर्खे आलु लगाईएको थियो ।

किसानले बर्खे आलुको मुल्य राम्रो पाउँनुका साथै माँग पनि बढी हुने गरेको छ । यसै कारण पछिल्लो समयमा डडेल्धुरामा बर्खे आलु खेती गर्ने किसानको संख्यामा बृद्धि हुँदै गएको छ । यहाँ उत्पादन भएको आलु तराईका जिल्लामा निर्यात हुने गरेको छ । लकडाउनका समयमा यहाँको आलु संघिय राजधानी काठमाण्डौँ सम्म पुगेको छ ।

लकडाउनका कारण अन्तरािष्ट्रय सिमानाका बन्द भए संगै भारत बाट आयात हुने तरकारी रोकिए पछि अहिले स्थानिय उत्पादनले राम्रो बजार पाएको छ । अन्य तरकारी उत्पादन भन्दा पनि यस बर्ष आलुले भने उचित मुल्य पाएको छ । किसानले यस बर्ष बारीमै प्रति कुन्टल तिन हजार बढी आलुको मुल्य पाएका छन । यसले हालु खेती गर्नाे किसानमा थप उर्जा थपेको छ ।

डडेल्धुरामा आलु सुपर जोन लागु र आलुले राम्रो मुल्य पाए पछि किसान अझ निकै उत्साहित भएका हुन । प्रत्येक बर्ष आलु खेती गर्ने किसानको संख्या बढ्दै गएको छ । अहिले बाँझो रहेका जमिन भाडामा लिएर भए पनि यहाँका किसानले व्यवसायिक रुपमा आलु खेती गर्ने गरेका छन । लकडाउनका कारण रोजगारी गुमाएर भारत लगायत अन्य मुलुक बाट स्थानिय घर फर्केकाले हिउदे मौसममा पनि आलुखेती गर्ने किसानको संख्या बढ्ने अनुमान गरिएको छ ।

आलुको उत्पादन र आलु खेती गर्ने किसानको संख्या बढे संगै सुदूरपश्चिम आलुमा आत्म निर्भर हुने देखिएको छ ।

साभार:lipuleknews.com