बेमौसमी भेडेंखुर्सानी खेती गर्ने उन्नत प्रविधि

बेमौसमी भेडेंखुर्सानी खेती गर्ने उन्नत प्रविधि

| Advertisement |

Promotional banner

 

भेडेंखुर्सानीको उत्पत्ती मध्य अमेरीका विशेषतः ब्राजीलबाट भएको मानिएको छ । सत्रौं शताब्दीमा पोर्चूगीजहरु मार्फत भारतीय उपमहाद्धीपमा पूगेको भेडेंखूर्सानी राणाकालमा काठमाण्डौ उपत्यकामा पसेको अनूमान गरिएको छ ।
कुनै पनि तरकारी बालीका बीउ बेर्ना सामान्य समय भन्दा अगाडी वा पछाडी रोपेर उत्पादन गरीने ताजा तरकारीलाई बेमौसमी तरकारी खेती भनिन्छ । बेमौसममा गरीने खेतीमा बढी सिप, मेहनत र जाँगरको आवश्यकता हुन्छ । तुलनात्मक रुपमा उत्पादन कम हुने भए तापनी बजार मुल्य बढि पाईन्छ । आज भोली हाम्रो दैनीक आहारामा ताजा तरकारीको उपभोगको मात्रा बढ्दो छ ।
भिटामिन ए, सी र अन्य खनीज पदार्थ प्रसस्त पाईने भेडेंखुर्सानी स्वास्थ्यको लागि अती नै राम्रो मानीएको छ । यो थुप्रै ससाना हांगाविंगा हूने एक बर्षिय बोट हो । यसको प्रयोग सलाद, तरकारी र अचार खानामा गरिन्छ ।

नोटः प्लास्टिक घर व्यवस्थापन, प्लास्टिक घरको निर्माण सामग्रीे, प्लास्टिक घरको फाइदाहरु, तापक्रम बचाउन के गर्ने ? तापक्रम घटाउन के गर्ने ? आदी कुराहरुको बारेमा प्लास्टिकको घरमा गोलभेंडा खेति गर्ने उन्नत प्रविधी भन्ने अघिल्लो अँकको लेखमा बर्णन गरिसकेको छु । याहाँ केबल खेति गर्ने उन्नत प्रविधिको बारेमा बर्णन गर्ने जमर्को गरेकोे छू ।

 

हावापानीः
भेडेंखूर्सानी पहाडीलो न्यानो हावापानीमा हूने बाली हो । यो बालीलाई महिनाको सरदर तापक्रम २०  २७ डिग्री से. भए पुग्दछ । सुख्खा र धेरै गर्मी भएमा (३५ डिग्री से.तापक्रम भन्दा बढी भएमा) फल लाग्दैन । यसले केही हदसम्म चीसोपना सहन सक्दछ तर तुषारो सहन सक्दैन । ज्यादै गर्मी ओसीलो र बादल लाग्ने मौसममा फल कूहिने रोग बढि लाग्दछ । तुषारो खप्न सक्ने, हल्का तुषारो खप्न सक्ने र तुषारो खप्न नसक्ने ३ किसिमका तरकारी बालीहरु मध्य सोलेनेसी परिवारमा पर्ने तरकारीहरु जस्तै गोलभेडा, भेडेंखूर्सानी, भन्टा तुषारो खप्न नसक्ने गर्मी मौसमको बाली हून अत कृषकहरुले चिसो समयमा लगाउन धेरै विचार पु¥याउनु पदर्छ ।

माटोः
अन्य किसीमको माटो भन्दा भेडेंखूर्सानीलाई बलौटे , दूमट, दूमट, बालाटेपागो दूमट माटो राम्रो मानिएको छ । यस्तो माटोले धेरै समय समय सम्म पानी अड्याई राख्न सक्छ र प्राय सबै किसीमका खाद्य तत्वहरु विरुवाले यसबाट पाउँदछन् । दूमट किसिमको माटोमा काम गर्न पनि सजिलो हून्छ । बलौटे माटोमा बालुवाको प्रतिशत ज्यादा हूने हूदा खनिजतत्वहरु सिंचार्ईसंगै बगेर जान्छ । अम्लीय प्रकारको माटोमा यसको खेती राम्रो हुदैन ।

विउदरः
गुणस्तरिय भर पर्दो विउ भएन भने उत्पादनमा ह्रास आउँछ । गुणस्तर कायम राख्ने गुणहरु, जातिय शुदता, निरोगीता, उम्रनेशक्ति, उच्च गुणस्तरको मुल बिउको प्रयोग, पृथकता दुरि आदि साथै आवश्यकता अनुसार कृषि विशेषज्ञ ४ारा सुपरिवेक्षण गरि उत्पादन गरेको विउ प्रयोग गरिएमा उत्पादन तथा उत्पादकत्व वढाउन सकिन्छ ।
प्लाष्टिकको घरमा भेडेंखूर्सानी खेती गर्ने हो भने एक रोपनीको लागि १७०० देखि १७८० स्वस्थ्य वेर्नाको आवश्यकता पदर्छ । यसको लागि १० देखि १८ ग्राम विउ चाहिन्छ ।
बाहिर खुलठाउँमा भेडेंखूर्सानी खेती गर्ने हो भने अलिकति बढि १५ देखि १८ ग्राम विउ व्याडमा छर्नू पर्दछ ।

प्लाष्टिकको टनेलमा भेडेंखूर्सानीको नर्सरी व्यवस्थापन
प्लास्टिकको टनेलभित्र व्याड बनाउने हो भने व्याडको चौडाई भन्दा डेढी लामो वाँस वा निगालोको अर्धचन्द्राकार डण्डी बनाई डयाङ्को किनारामा गाडी प्लास्टीकले छोप्नु पदर्छ । नर्सरी १ मी ×२ मी × १५ से मी साइजको १०×३ से मी दुरीको फरकमा सानो छेस्काले २ से मी गहिरो धर्साहरु बनाउँनु पदर्छ । वालुवा फुको माटो वा खरानिले पूर्नु पर्दछ । व्याडलाई पराल वा सुकेको खरले छोपी हजारीबाट पानी दिनु पदर्छ । बिउ उम्रनासाथ छापो हटाउने, व्याडलाई निरन्तर चिसो राख्ने तर पानी जम्न दिनु हँुदैन । जाडो मौसममा टनेलको प्लास्टीक नहटाउने र बर्षादको मौसममा छानोको प्लास्टीक बाहेक दिनको र चर्काे घाम र बढि तापक्रम भएको बेलामा वरिपरिको प्लास्टिक खोल्ने गर्नू पर्दछ । टनेल भित्रको बेर्नाहरुलाई पनि अरु व्याडका बेर्नाहरु सरह हेरविचार गर्नू पर्दछ बेर्नाहरुमा विहान बेलुका पानी दिने, झारपात निकाल्ने रोग कीरा नाषक औषधि छर्ने आदी कार्यहरु गर्नू पर्दछ । बेर्ना उखेल्दा जरा नबिग्रीनेगरी उखेली हल्का तरीकाले सारी औलाले बेर्ना वरीपरीको माटोलाई थिची सम्म पार्ने र हल्का सिंचाई दिनू पर्दछ । हाल आएर टे्र« पनि उपलब्ध हुने भएकोले त्यसमा पनि बेर्ना उर्मान सकिन्छ ।

जग्गा तयारी र मलखादः

बाहिर खूल्लाठाउँमा भेडेंखूर्सानी खेती गर्ने हो भने गहिरो जोताई गर्नू पर्दछ । राम्ररी डल्ला फोरेर २÷३ पटक जोती वा खनीसके पछि राम्ररी पाकेको गोबरमल वा कम्पोष्ट मल प्रतिरोपनी २००० के.जी वा ४० डोको अनिवार्य रुपमा अन्तिम जोताईमा दिन पर्दछ । मलखादको प्रयोग गर्दा पुरै खेत बारीमा मलखाद छर्नूको सट्टा बेर्ना सारिने ड्याङ बनाई हारबाट हारको बिचमा कुलेसो बनाउनू पर्दछ र कुलेसोमा मल राखी पूर्नु पर्दछ ।

कति मलखाद दिने भन्ने कूरा माटोको मलिलोपना, जात र याममा भर पर्दछ तापनि जमिनको अन्तिम जोताईमा रासायनिक मल ना. पm.पो. १०ः १०ः ७.५ केजि प्रति रोपनि वा डिएपि २० केजि, पोटास ११ केजि साथै जिंकसल्पmेट १ केजि, बोरेक्स तत्व १ केजि, वायोजाइम प्रति रोपनी १ केजी पर्ने गरी राख्ने ।

 

 

वेर्ना तयारी र बेर्नाे सार्ने समयः
 प्लाष्टिकको घरमा भेडेंखूर्सानी खेती गर्ने हो भने ।
वेर्नाहुर्काउने बाली टिप्ने
मध्य पहाडमा ८००  १५०० मी मंसिर देखि पुष १५ सम्म फाल्गूण देखि बैशाखमा
आषाढ श्रावणमा भदौ कार्तिकमा
 बाहिर खूल्लाठाउँमा भेडेंखूर्सानी खेती गर्ने हो भने
मध्य पहाडमा माघ देखि फाल्गुण सम्म नर्सरी राखी फाल्गुणा चैत्रमा बेर्नासारी जेष्ठ आषाढमा विक्री गर्न सकिन्छ भने दोस्रोपटक फेरी आषाढ श्रावणमा नर्सरी राखी भदौ असोजमा वेर्नासारी मंसीर सम्म बेच्न सकिन्छ । धादिङका कृषकहरुले मंसिर देखि पुष तिर प्लास्टिकको टनेलभित्र भेडेंखूर्सानी लगाइ फाल्गूण देखि विक्री सुरु गर्दछन ।
तराईमा भाद्र असोजमा वेर्ना सारेर मंसिर देखि माघ सम्म फल प्राप्त गर्न सकिन्छ ।
उच्च पहाडी भागमा चैत्र बैशाखमा बेर्ना सारेर असार देखि भाद्र सम्म बाली लिन सकिन्छ ।

बेर्ना सार्ने दूरीः
प्लाष्टिकको घरमा भेडेंखूर्सानी खेती गर्ने हो भने प्लास्टिक घरको चौडाइ तिर बाट लम्बाईको समानान्तर हुने गरी लगभग बर्षाको मौसममा १८२२ दिने बेर्ना वा हिउद मौसममा ४०४५ दिने २÷४ पाते बेर्ना ८ हार बेर्ना रोप्ने । हारबाट हारको दूरी ६० से.मी. र बोटबाट बोटको दूरी ४५ से.मी. हूने गरी सार्नू पर्दछ ।

बाहिर खुल्लाठाउँमा खेती गर्ने हो भने हिउँद तथा सूख्खा मौसममा एक ड्याङमा २ हार सार्ने गरी ९० से.मी. चौडा ड्याङ बनाउने र १ हार रोप्ने हो भने हारबाट हारको दूरी ६० से.मी. र बोटबाट बोटको दूरी ३०४५ से.मी. हूने गरी ५÷६ पाते बेर्ना सार्नू पर्दछ ।

मुख्य कुरा के भने ज्यादै तुषारो र ज्यादै चीसो मौसम यो बालीले खप्न सक्दैन । यदि बर्षादको समयमा खेतबारीमा यस्तो बेर्ना रोप्नू छ भने माटोमा १ ड्याङमा १ हार बेर्ना सार्ने गरी ड्याङ बनाउनु पर्दछ र उक्त डयाङमा मात्रै बेर्ना रोप्नू पर्दछ । १ हार रोप्न ४५ से.मी. चौडा ड्याङ तथा ३० से.मी. को कुलेसो बनाउनू पर्दछ । हारबाट हारको दूरी ६० से.मी. र बोटबाट बोटको दूरी ३०४५ से.मी. हूने गरी सार्नू पर्दछ ।
डाठलाई धेरै पूर्नू हूदैन, व्याडमा बेर्नाको जूनभाग सम्म माटोको पूरीएको छ सो भाग मात्र माटोमा गाडी हल्का थिच्ने र छापो दिने वा कालो प्लाष्टीकले पूरै व्याड छोपी दिने यसले बर्षादको पानीको पिटाईबाट जरालाई बचाउन मद्दत गर्नूको साथै गोडमेल र घाँस हाउने काममा समेत सजिलो पार्दछ । ठण्डीको बेला वा ठण्डी मौसमको अन्तिम तिर बेर्ना रोप्दा ठण्डीको कारणले गर्दा बेर्नाको वनस्पतीक बृद्धि अति नै कम हून्छ र बेर्नाको जराले पनि ठण्डीले गर्दा माटोमा भएको तत्व लिन नसक्ने अवस्थामा हून्छन् तसर्थ बेर्ना रोपे पछि जराको तापक्रम बढाउन बेर्ना वरिपरी बाक्लो हूने गरी सूकेको खर वा धानको परालले छापो दिनू पर्दछ ।
हिउँद तथा सूख्खा मौसम र बलौटे माटोमा एक ड्याङ्मा २ हार सार्ने गरी र २ हार रोप्न ९० से.मी. चौडा ड्याङ बनाउनू पर्दछ र उक्त ड्याङ्मा मात्रै बेर्ना रोप्नू पर्दछ ।

तालिम र काँटछाँट

भेडेंखूर्सानीबाट अधिक उत्पादन लिनका लागि प्लाष्टिकको घरभित्र उचित तालिम र काँटछाँट गर्नु पर्दछ । बेर्ना बढ्दै गएपछि सुरुमा आएका पहिलो हागाका मुन्टाहरुलाई सानैमा चुडेर हटाइदिने । यसरी यसबाट दुइटा मुख्य हागाँहरु पलाउदछन, ति २ हागाहरु बढ्दै गएपछि पूनः दुबैको मुन्टा चिमोटि दिने त्यस पछि प्रतिबोट फलको संख्या ६८ बाट १६ सम्म लिन सकिन्छ । बोट बढ्दै गएपछि तल्लो भागका पहँेला पातहरु हटाई दिनु पर्दछ ।

गोडमेल र सिंचाईः
भेडेंखूर्सानीमा गोडमेल र सिंचाई बारम्बार गरी रहन पर्दछ । बाहिर खुलाठाउँमा खेती गर्ने हो भने बेर्ना सारेको १ महिना पछि कूटोले हल्का गोडाई गरी आधा भाग यूरीयाले टपड्रेस गरी दिनू पर्दछ । गोडमेल र टपड्रेस गरी सिंचाई अनिवार्य रुपले दिन पर्दछ । विरुवा सारेको ४५ दिन पछि जब फुल फुल्न सूरु गर्दछ त्यसबेला दोस्रो गोडाँई र उकेरा दिनू पर्दछ । यो समयमा आधा भाग यूरीयाले टपडे«स गरी दिनू पर्दछ । यसबाहेक झारपातको प्रकोप र चिस्यानको अवस्था हेरी गोडमेल र सिंचाई गरी दिन’ पर्दछ ।
प्लाष्टिकको घरमा भेडेंखूर्सानी खेती गर्ने हो भने बेर्ना रोपेको ३०—३५ दिन भित्र पहिलोपटक गोडाँई र उकेरा दिइ सिफारिस अनुसार प्रति बोट मल दिनु पर्दछ र प्रत्येक पटक फल टिप्दा प्रति रोपनी ४ केजि युरीया मल बेलुकी पख राख्नु पर्दछ ।

बाली तयारीः
भेडेंखूर्सानी सारेको ४५५० दिन पटि फुलफुल्न थाल्दछ । फूलफुलको दिनबा६ १०१५ दिनमा ताजा तरकारी फल टिप्न योग्य हून्छ । पहिलो पटकको फल टिपाईमा भन्दा दोस्रो पटकको टिपाईमा फलको संख्या, तौल र गूणस्तरमा बृद्धि हूदै जान्छ । लगातार २÷३ महिना सम्म बाली प्राप्त हून्छ ता पनि व्यावसायीक रुपले खेती गर्दा विच मै उत्पादनको मात्रा हेरी बन्द गर्नू पर्दछ । फल टिप्दा फललाई हातले च्याप्प समातेर दाहिने तीर धूमाउनू पर्दछ । एक मौसममा करिब ८१० पटक सम्म बाली टिप्न सकिन्छ । । भेडेंखूर्सानीको शूरुमा फलेको फललाई चाडै टिप्नू पर्दछ । नत्र भने पछि फलेका फलहरु झर्दछन् । जति जति फलेका फल टिप्दै गयो उति उति नया फल लाग्दछन् ।

 प्लास्टिकको घर भित्र राम्रो व्यवस्थापन, उचित मलखाद, स्याहार , रेखदेख र माथी वताईएको प्रविधि अपनाई खेति गरेमो वर्णशंकर जातहरुमा प्रतिवोट २–२.५ केजी सम्म उत्पादन लिन सकिन्छ । (सन्दर्भः होमनाथ रेग्मी प्लास्टिक घरमा तरकारी खेति)

बजार व्यवस्थाः
ताजा भेडेंखूर्सानी जति सक्यो छिटो विक्री गर्नू उचित हून्छ । फल छिपिसके पछि सफा पानीले फललाई राम्रोसंग धोएर चीसो ओभाउन दिएर ताजापन नविग्रने गरी पराल, कागज वा त्यस्तै नरम चिजमा प्याक गरी टोकरी वा क्रेटमा राखी राम्रो संग ट्रक वा पिकअपमा लोड गरी बजार पू¥याउनू पर्दछ कम तापक्रम (०४ डि.से.) र उच्च आद्रता (९५९८ प्रतिशत) मा भण्डारण गरे २०२२ दिन सम्म पनि भेडेखूर्सानी ताजै राख्न सकिन्छ ।