ब्यंग्य : कोरोना युगका हामी मान्छे !

ब्यंग्य : कोरोना युगका हामी मान्छे !

प्रकाश पौडेल//

हामिले पिलो आएको घाउ फूटेर पिपै-पिप र रगतै-रगत भएको त देखेकै छौं। मानिलिनुहोस त्यस्तो संक्रामक घाउ एकदमै ठूलो स्याउको गेडा जत्रो भयो अनि फूटेर पिपै-पिप र रगतै-रगत भएर गन्हाउन थाल्छ। मानौं दुवै काखिमुनी, दुवै जांघमा, घांटीमा, ढाडमा लगायत त्यस्ता घाउहरु शरीरभरी आएर एकाएक फूट्न थाल्दछन् । सवै शरीरको सतह पिपै पिप र रगतै रगतले भरिएर जताततै गन्हाउन थाल्दछ।परिवारका मान्छेहरु समेत विरामी सदस्यको नजिक जानै नसक्ने हुन्छन्। विरामीले दुखाइको कहरले गर्दा सुत्न, उठ्न, वस्न, खान र पिडामा कहराउन समेत सक्दैन। विग्रीएको रगत ति घाउहरुवाट वाहिर निस्किएर कालै-कालो फींजमा परिणत हुन्छ, र मान्छे नरकमा डुव्दछ।

| Advertisement |

Promotional banner

यस्तो विमारको कुनै ओखती छैन। अनि यस्तो रोग एक मान्छे वाट अर्कोमा सजिलै सर्न सक्दछ भन्ने ज्ञान पनि छैन। त्यसकारण यस्तो समस्या एक जना मान्छेलाइ मात्र हुंदैन। परिवारमा रहेका हजुरवुवा, हजुरआमा, वुवा, आमा, र छोरा-छोरीमा समेत देखिन्छ। पिडाको चित्कार मिसिएको दुर्गन्धमय घरमा कोहि पनि छिमेकी उद्धारको लागि आउंदैन। पिडाले कहराइरहेको वच्चालाइ आफ्नै आमाले समेत एकपटक काखमा लिएर दुध चुसाउन सक्दिन। दारुण क्रन्दनका साथ सवै परिवार घरै भित्र नरकिय मृत्यु वरण गर्दछन। लास उठाउन कोहि आउंदैन। किनकी रोग फैलिइसकेको छ र छिमेकिको घरमा समेत त्यहि अवस्था छ। संक्रमण वढ्दै जान्छ। शहर र गांउहरु कुहिंदै र गन्हाउंदै गरेका लाशहरुले भरिन्छन । गिध्द, व्वांसो र श्यालहरुले कुहिंदै गरेका लासहरु लतार्न र लुछ्न थाल्दछन।

गांउ शहर हुंदै त्यस्तो संक्रामक महामारी संसार भरी फैलीन्छ। सय जना होइन, हजार जना होइन, एक लाख जना होइन, एक करोड जना होइन त्यस्तो महामारीले पृथ्वीकै लगभग एक तिहाइ तत्कालिन जनसंख्या वरावर वीसौं करोड मान्छेलाइ सिध्याइदिन्छ। वांचेका केहि निर्विवेकी, स्वार्थि र निर्दयी मान्छेहरु नजीकै रहेका पिडीतको क्रन्दन सुन्न र एक चम्चा पानी समेत दिन तयार हुंदैनन र टाढा टाढा जंगल तिर भाग्दछन। र वांच्दछन।

यो कथामा मैले कुनै कुनै काल्पनिक मिथकको प्रयोग गरेको छैन। हामिले भोगिआएकै घटनालाइ पुन: स्मरण गराउन खोजेको मात्र हुं। आज भन्दा लगभग छ सय पचास वर्ष अगाडी मानव जातीले व्यहोरेको दर्दनाक ‘ववुनीक प्लेग’ अर्थात ‘व्ल्याक डेथ’ भन्ने महामारीको कुरा हो यो।संक्रमित मुसा सहित चिन वाट आएको व्यापारीक पानीजहाज हुंदै इटालीका मान्छेवाट फैलिन शुरुभएको त्यस महामारी वाट वांचेका वलियावांगाहरुका सन्तानहरु त्यस पछि आएका स्पेनीस फ्लु, विफर र अन्य प्लेगका महामारीहरु झेल्दै आजको सभ्यता सम्म आइसकेका छन।

डार्विनको “सक्षम नै वांच्दछन” भन्ने सिद्दान्तलाइ मान्ने हो भने अहिलेका मान्छेहरु तिनै निर्दयी, करुणाविहिन र भगौडाहरुका सन्तानहरु हुन।

इटालियन, अमेरीकन र अन्य युरोपियनहरुको अट्टेरीपन र जंगलीपन जो अहिले “कोरोना युग”मा आएर सडकमा छाडा देखिएको छ, यसले त्यहि ‘ववुनिक युग’को स्वार्थी र अविवेकी गुणनै सन्तान दर सन्तान हस्तान्तरण हुंदै आएको हो भन्न सकिन्छ। हामि एसीयन हरु पनि त्यहि गुण वाट यो वा त्यो रुपमा प्रभावित भइरहेकै छौं।हामि उनिहरुकै संस्कारलाइ निर्वाध भित्र्याइरहेकै छौं।वैदिक समयमा राज्यको नियमलाइ विष्णुको अवतार जस्तै मान्ने हाम्रो संस्कार थियो।आज हामी सडकमा हिंडीरहेका छौं, राज्यले वाहिर नडुल भनिरहेको छ।ववुनिक प्लेगले भन्दा सयौं गुणा ठूलो गर्जनका साथ अर्को महामारी हाम्रो नजिक नजिक आइरहेको छ।

लेखक प्लान्ट क्वारेन्टाइन अफीसर (उपसचिव) तहमा हुनुहुन्छ।

साभार: https://www.jagaranpost.com/