भेंडा बाख्रामा लाग्ने पि. पि. आर. रोग

भेंडा बाख्रामा लाग्ने पि. पि. आर. रोग

योसाना उग्राउने पशुमा (भेडा र बाख्रा) लाग्ने अति खतरनाक संक्रमक भईरल रोग हो । यस रोगलाई न्यबत एबिनगभ पनि भनिन्छ नेपाल मा वि.सं २०५१ सालमा भित्रीएको अनुमान छ यो रोग वि.सं. २०५४ देखि २०५७ सम्म सबैभन्दा बढी फैलिई ठूलो संख्यामा बाख्राहरु मरेका थिए ।

कारण

यो रोग paramyxoviridea अन्तर्गतको morbillivirus बाट लाग्ने गर्दछ । रोगी भेडा बाख्रासंग निरोगी भेंडा बाख्राहरु सिधा सम्पर्क हुँदा स्वास्थ्य पशुमा भाईरसहरु प्रवेश गर्दछन् । रोगी पशुको नाक, मुख तथा आँखाबाट निस्किने तरल पदार्थ तथा दिसाबाट विषाणु बाहिरी वातावरणमा आई फैलिन्छन र उक्त दुषित वातावरणको सम्पर्कमा स्वस्थ पशु आउँदा भाईरस पशुको शरिर भित्र प्रवेश गर्दछ । यस रोगको प्रकोप हुँदा ८० प्रतिशत सम्म मृत्युदर हुन सक्छ ।

रोगका लक्षणहरु

१. सुरुमा १०५ देखि १०७ डिग्री फरेन्हाइट सम्म ज्वरो आउने । २. झोक्राएर बस्ने, थुतुनो सुख्खा हुने, घाँसपात नखाने र उग्राउने बन्द हुन्छ. । ३. लक्षण देखिएको ३ देखि ४ दिन पछि नाकबाट पानी तथा पिप बग्ने, नाक, मुख गिजा, जिब्रो ओठ आदिम खटिरा निस्कने र पछि खटिरा फुटी माशु मर्ने हुने । ४. आँखाबाट बगेको पातलो पदार्थ पछि बाक्लो हुने फलस्वरुप आँखाका परेला आपसमा टाँसिने, बाक्लो सिंगान आउने, पातलो, कालो छेर्ने हुन्छ । ५. दिसामा पछि खकार मिसिएको जस्तो देखिने, शरिर मा पानी को कमी हुने, तापक्रम घट्दै जाने, गिँजामा चोकर दले जस्तो हुने र अन्त्यमा निमोनिया भई ५ देखि १० दिन भित्रमा मर्दछ ।

रोकथाम तथा उपचार

ड्ड एकै पटक धेरै भेडा र बाख्राहरु विरामी परि मरेमा यस रोगको शंका गर्न सकिन्छ । यस्तो अवस्थामा विरामी पशुलाई अलग्गै राखी तुरुन्त नजिकको पशु सेवा केन्द्र, पशु सेवा कार्यलय, वा पशु प्राविधिक संग सम्पर्क गर्नु पर्दछ ।

ड्ड भेंडा र बाख्रालाई २÷२ वर्षमा यो रोग बिरुद्ध खोप लागउनु पर्दछ ।

ड्ड रोगको निदान र नियन्त्रण खटिएका प्राविधिकलाई सहयोग गर्नुपर्छ ।

ड्ड यस्तो महामारी जन्य पशुरोग फैलिन नदिन, नियन्त्रण र रोकथाम गर्ने आम नागरिकको कर्तब्य हो । ड्ड यो भाईरसबाट सर्ने रोग भएकोले यसको विशेष उपचार छैन, तर जिवाणुको संक्रमणबाट बचाउन निम्न उपचार गर्न सकिन्छ । १. पोटास, एक्रीफ्लाभिन, बेटाडीन आदिले मुखको घाउ सफा गर्ने । २. एभलष्अष्ििष्ल नचयगउ को खोप ५ दिन लगातार लगाउने । ३. ख्ष्तबmष्ल द्य अयmउभिह बलम खष्तबmष्ल ब्, भ् पनि प्रयोग गर्न सकिन्छ ।

खोप किन लगाउने?

ड्ड महामारी रोगबाट पशुधनको सुरक्षा गर्न ।

ड्ड कम लागतमा पशु स्वास्थ्यको संरक्षण गर्न ।