यो
कीराको अंग्रेजि नाम क्उयमयउतभचब
ाचगनष्उभचमब हो । यसले मकै
बाहेक धान, कपास र उखु जस्ता १८०
प्रजातिका बोटबिरुवाहरुमा पनि क्षति पुर्याएको
देखिन्छ । फौजको जस्तो ठुलो सबख्यामा एकसाथ
आक्रमण गरी बोट बिरुवाहरुको सम्पूर्ण भागहरु खाने
र अर्काे खेतमा पनि एकै साथ अक्रमण गर्ने भएकाले
यो किरालाई फौजि कीरा भनिएको हो । सर्वप्रथम
यो कीरा सन् २०१६ मा अफ्रिकामा देखिएको थियो
र तत्पश्चात अफ्रिकाको ४० भन्दा बढि देशहरुमा
यसले मकैमा क्षति पुर्याएको पाइन्छ । यसको लार्भाले
प्राय जसो कलिला बिरुवाहरुमा क्षति गर्दछ र मकैको
प्रजनन अवस्थामा बोटको घोगामा प्वाल बनाई क्षति
पुर्याएको सजिलै देख्न सकिन्छ । भारतमा सर्वप्रथम
यसको प्रकोप सन् २०१८ को जुलाईमा कर्नाटाका
राज्यमा देखिएको थियो । हाल यो कीरा बंगलादेश र
श्रीलंकामा पनि भेटिएको छ । अहिले सम्म नेपालमा
यो कीराको प्रकोप नदेखिए पनि किसानलाई यस
सम्बन्धि सर्तक गराउनु आवश्यक देखिन्छ । यो
कीराको बयस्कले एक रातमा १०० कि. मि. सम्मको
दुरी पार गर्न सकने क्षमता भएकाले एक राज्यबाट
अर्काे राज्यमा वा एक देश बाट अर्काे देशमा सर्न
सकने सम्भावना ब्यापक रहेको पाइन्छ ।
यसका असाधारण गुणहरु
उडन सकने क्षमता तिब्र भएको,
प्रतिकुल वातावरणलाई पनि सजिलै सहन सकने
,
एकैचोटिमा धेरै सबख्यामा बच्चा उत्पादन गर्न
सकने,
बिषादिको असरलाई सहन सकने ।
जीवन चक्र
यो कीराले फुल , लार्भा , प्यूपा र बयस्क गरी चार
अवस्थामा आफनो जिबन चक्र पुरा गर्दछ । फुलबाट
लार्भा ७ दखि ९ दिन , लार्भाबाट प्युपा ९ देखि २
९ दिन र प्युपाबाट बयस्क हुन १३ देखि २१ दिन
गरी यो कीराले एक बर्षमा करीब ३ दखि ४ पुस्ता
सम्म सन्तान उत्पादन गरेको पाइन्छ । यि मध्ये लार्भाले
बालीमा क्षति पुर्याउँछ । ब्यस्क किराले पातको
तल्लो भागमा करिब १०० देखि ३०० अन्डा थुप्रोमा
पार्दछ जुन कडा वस्तुले घेरिएको हुन्छ । लार्भाहरु हल्का हरियो देखी कालो रङ्गका हुन्छन भने
ढाडतिर पहेलो धर्सा पनि हुन्छ । पुतलिको
पछाडिको पखेटा सेतो र पारदर्शि हुन्छ भने
अगाडिका पखेटा खैरो रङ्गको हुन्छ जसमा
हल्का रङ्गका थोप्लाहरु हुन्छन । प्रत्येकको
अगाडिको पखेटाको टुप्पामा सेतो थोप्ला
हुन्छ । तापक्रम र खाघपदार्थले कीराको
जीवनचक्रको अवधी निर्धारण गर्छ । सुरुमा
चिसो र ओसिलो अनि त्यसपछि न्यानो
र आद्रता बढि भएको मौसम यसको
जीवनचक्रका लागि उपयुतm हुन्छ ।
क्षतिको प्रकार
फौजी कीराको चार अवस्था मध्ये लार्भाले
बिरुवाको सबैजसो भागमा हानी र्पु याउँछ ।
जमिन सुख्खा भएको बेला वा खडेरी परेको
बेला यसको प्रकोप धेरै हुने गरेको पाइन्छ ।
लार्भाहरु रातको समयमा बढी सक्रिय हुने
भएकोले दिनको समयमा खेतमा कीरा
नभेटिन पनि सकछ । र्भखरको लार्भा
अत्यन्त सानो हुनाले नाङ्गो आँखाले देख्न
कठिन हुन्छ । त्यसैले कीराको आक्रमण
थाहा पाउन पातमा पुर्याएको क्षति हेर्न
पर्दछ । मकैको पातमा यसले झयालको
सिसा जस्तो आकृति बनाएको देखिन्छ ।
अपरिपक्क लार्भाले सुरुमा पातको एक पट्टी
बाट खान शुरु गर्दछ र पछाडिको भागमा
भने यसले हानी र्पु याएको देखिदैन ।
बेर्ना अवस्थाबाट क्षति गर्न सुरु गरी यसले
कोपिला र मुना नष्ट नहुँदा सम्म क्षति
र्पु याउँछ । परिपक्क लार्भाले पातको छेउबाट
प्वाल बनाउदै निश्चित आकारमा पात खान्छ । यसले
बिरुवाको फेदबाट नै काटी पुरै बिरुवा ढलाउन पनि
सक्छ । साथै पातमा किराको दिशा पनि देखिन्छ ।
लार्भाको अत्याधिक आक्रमण भएमा यसले ठुलो
क्षति र्पु याउन सक्छ ।
रोकथाम तथा नियन्त्रणका उपायहरु
खेतिपातिको तौरतरीकामा ध्यान दिने जस्तै
स्वस्थ बिउँको प्रयोग, उचित मात्रामा बिरुवाको
मलखादको प्रयोग, सहि समयमा सिचाई
इत्यादि ।
कीरा अवरोधक मकैका जातहरु लगाउने,
यसका पुतली समाउन वत्तिको पासो वा
फेरोमोनको पासो प्रयोग गर्ने,
मकैको अगौटे जातहरुको प्रयोग गर्ने,
खेतमा भएका झारपातहरुलाई उचित
ब्यवस्थापन गर्ने,
मकैको घोगा समयमै टिप्ने,
शिकारी कीरा जस्तै माकुरा, भुई खपटे, इत्यादी
फौजि कीराको शत्रु भएकोले यिनको सँरक्षणमा
ध्यान दिने ,
लार्भाहरु मकैको ठुटोमा लुकेर बस्ने र अचल
अवस्थामा माटोमा रहने हुनाले बाली कटान
गरीसकेपछि बालीको अवशेष नष्ट गर्ने ,
धान काटिसकेपछि ३–४ दिन सम्म खेतमा पूर्र्ण रुपले पानि पटाई खेतमा भएका लार्भाहरु नष्ट
पार्ने ,
खेत खालि भएको बेला खनजोत गरेर लार्भालाई
नष्ट गर्ने ,
जैबिक बिषादिको रुपमा द्यत २ गा्रम प्रति लिटर
पानिमा मिसाई छर्ने ,
रासायनिक बिषादिको रुपमा म्भतिबmभलतजचष्ल
द्द।ड ५ भ्ऋ (डेसिस) १–२ ५ प्रति लिटर
पानिमा मिसाई छर्ने ,
एकिकृत शत्रुजिव व्यवस्थापन पद्धति (बाली
निरीक्षण) ः यो कीरा नियन्त्रणका निम्ति
रासायनिक बिधि बाहेक अन्य तरीकाहरु पनि
छन् । यसको व्यवस्थापनको उतम उपाय एकिकृत
शत्रुजिब व्यवस्थापन पद्धति हो । यो कीराको
नियन्त्रण गर्न शुरु देखि नै बाली निरीक्षण गरीराख्न
पर्दछ र कीरा देखिएको खण्डमा तत्काल नियन्त्रण
गर्नु पर्दछ । यो कीराको लार्भा जति सानो हुन्छ
, यसको नियन्त्रण गर्न उतिनै सजिलो हुन्छ ।
मकैको बोट प्रजनन अवस्थामा नपुगुन्जेल सम्म
बाली निरीक्षण गरि राख्नु पर्दछ । प्रजनन अवस्था
पछि यो कीराका लार्भाहरु बोटमा देखिएपनि
बाली जोगाउन असम्भव नै हुन्छ । त्यसैले
शुरुवाती अवस्था देखि नै यसको निरीक्षण गर्नु
महत्वपूर्ण हुन्छ ।
मकैको खतरनाक फौजि कीरा
