मकै बालीमा लाग्ने फौजी कीरा किरा तथा तिनको व्यवस्थापन

मकै बालीमा लाग्ने फौजी कीरा किरा तथा तिनको व्यवस्थापन

| Advertisement |

Promotional banner

भुवन जङ्ग पुडासैनी (कृषि विज्ञ)
भुवन जङ्ग पुडासैनी (कृषि विज्ञ)

नेपालमा मकै खेती तराई, भित्री मधेश र पहाडी खण्डका वेंसी भागहरुमा लगाइन्छ । साधारणतया मकै छरेदेखि भांच्ने बेला सम्म मकैबालीमा धेरै थरिका कीराहरुको आक्रमण हुन्छ । हिउंदमा लगाइएका मकैमा कीराहरुको प्रकोप कम देखिएको छ साथै पहाडी खण्ड भन्दा तराई र भित्री मधेशमा कीराहरुको प्रकोप र क्षति बढी पाइएको छ । नेपालको बिभिन्न भागमा गरिएका सर्वेक्षणको आधारमा मकैबालीमा ५५ थरीका कीराहरुको आक्रमण हुन्छ । तर ती मध्ये ८–१० जातका कीराहरु बढी सक्रिय र त्यसै अनुरुप क्षति पु¥याउंछन् । अमेरीकन फौजी कीरा मकै बालीमा लाग्ने अमेरिकन रैथाने शत्रु कीरा हो Fall Armyworm (Spodoptera frugiperda) हो । नेपालको पूर्वको तराई तथा पहाडमा आक्रमण निकै धेरै देखिएको छ । जाजरकोटको भेरी नगर क्षेत्र तथा छिमेकी जिल्ला सल्यानमा पनि यसको प्रकोप देखिएको छ । त्यसैले समयमा नै यस किराको पहिचान,प्रकोप र व्यवस्थापन नगरिएमा निकै चुनौतिपुर्ण हुने देखिन्छ ।


मकैबालीमा लाग्ने पुतली वर्गको रात्रीचर कीरा हो । बयस्क पुतलीहरु खरानी मिश्रित खैरो रंगको हुन्छ र रातमा सक्रिय हुन्छ । भाले पुतलीको अघिल्लो पखेताहरुको टुप्पो तिर ठुलो सेतो धब्बा हुन्छ भने बीच तिर अण्डाकार हल्का खैरो रंगको धज्बा देखिन्छ । एक रातमा १०० कि.मी. सम्म उदन सक्छ ।

यो कीरा सर्वप्रथम सन् २०१६ जनवरी महिनामा अफ्रीका महादेशमा देखापरेको पाइएको थियो ।त्यसपछि झण्डै सम्पूर्ण अफ्रिको सब सहारा क्षेत्रमा फैलिएको पाइयो र त्यस क्षेत्रमा ब्यापकरुपमा मकै बालीलाई क्षति गरेको पाइयो ।।वर्तमान अवस्थामा ३० भन्दा बढी देशहरुमा यो फैलिइसकेको अवस्था छ नेपालमा ९ मे,२०१९ नवलपरासी जिल्लामा रेर्कडेड भए पनि आधिकारीक रुपमा २०७६ श्रवाण २७ गते राष्ट्रिय बिरुवा संरक्षण संगठनको १९ औं बैठकले पुष्टि गरेको छ ।

वयस्क लार्भाको निधारमा दईवटा आँखाको बिच भागमा अँग्रेजी अक्षरको थ् जस्तो चिन्ह देखिन्छ । यस्को पेटको आठौ खण्डको माथितिर शरिरको करीब अन्तिम भागतिर वर्गाकार रुपमा मिलेर रहेका ४ वटा काला थोप्लाहरु स्पष्टरुपमा देख्न सकिन्छ । शरिरका अन्य भागमा पनि केहि उठेका काला थोप्लाहरु र ती थोप्लामा मसिना रौं हरु पनि देख्निछन । लार्भाको शरिरको मथिल्लो भागमा तीनवटा हल्का पहेंलो रंगका धर्काहरु टाउको पछाडी देखी पेटको अन्तिम भाग सम्म समानान्तर रुपमा रहेको प्रष्ट देखिन्छ । यसको जीवनचक्र गर्मी महिनाहरुमा जतिबेला दिउँसोको तापक्रम २८ डी. से. हुन्छ त्यसबेला ३० दिनमा पुरा हुन्छ । जाडोको महिनाहरुमा यसको जीवनचक्र पुरा हुन ६० देखि ९० दिन लाग्छ । एउटा वयस्क पुतलीले आपm्नो जीवनकालमा १५०० देखि २००० सम्म फुल पार्दछ । यस किराले ८० भन्दा धेरै बालीहरुलाई आक्रमण गरी क्षति पुर्याउदछ । मुख्य गरी मकै , धान , गहूँ , जुनेलो ,उखु ,बन्दागोभी , टमाटर , आलु ,बदाम, भटमास, चुकन्दर, प्याज, कपास, घाँसेबालीहरु लगाएत अरुपनि थुर्पै विभिन्न बालीहरुमा क्षति गर्दछ । सुरुवातीको आक्रमणको अवस्थामा अरु गवारोको क्षति जस्तै देखिन्छ ,गहिरोगरि मकैको गुबोमा क्षति गर्योभने मकैले धान चमरा निकाल्न पनि नसक्ने हुनसक्छ , लार्भा मकैको घोगाको साइडबाट भित्र प्रवेश गरी मकैको दाना खान थाल्दछ भने अरु गबारो चाही घोगा भित्र फेद वा टुप्पोतिरबाट भित्र प्रवेश गर्दछ । झुण्ड झुण्ड अवस्थामा बसी पातहरु चपाएर खादै एकपछि अर्काे खेत वा बारीमा सर्दै जाने यिनको प्रमुख क्षतिको रुपमा लिन सकिन्छ । विशेष गरी रात्रीचर भएकोले यसको क्षति रातीमा वा वादल लागि अध्यारो भएको बेलामा बढी हुने गरेको पाइन्छ । त्यसैगरी खडेरी परेको तथा सुख्खा परेको अवश्थामा यसको प्रकोप धेरै हुने गरेको पाइन्छ ।

व्यवस्थापन विधिस्

कीराको वयस्क अवस्थाको चरम बसाई सराइ गर्नबाट जोगाउन बर्षा सुरु हुनासाथ बाली लगाउने, बिभिन्न ब्याच ब्याचमा बाली लगाउनुको साटो सबै बाली एकैपटक लगाउने कीराका प्राकृतिक सत्रु जस्तै शिकारी कीराहरु को संरक्षण गर्नको लागि फूल फूल्ने बिरुवाहरु खेतबारीको डीलमा रोप्ने विनाशकारी सत्रु कीराहरु नियन्त्रण गर्न जैविक तरिका दिगो तथा प्रभावकारी हुन जान्छ ।
शिकारी कीराहरु माकुरा , क्याराविड खपटे , पेन्टाटोमीड खपटे आदि यस शत्रु कीराको लार्भाको प्राकृतिक शत्रु हुन र तिनीहरुको संरक्षण गरेर पनि यस कीराबाट बालीनाली जोगाउन सकिन्छ । बालीनालीको अवशेष नष्ट गर्ने ।
कीरा लागेको अवश्थामा सिचाई गर्दा पनि क्षति कम गर्न सकिन्छ त्यसैले पानी पटाउने व्यवश्था भएको ठाउँमा धान काटेपछी खेतमा २ – ४ दिनसम्म पानी पटाईदिनाले कीराको सो अवश्था नष्ट हुन्छ ।

Trichogramma spp Telenomus remus व्यासिलस थुरिनजीन्सीस (बी.टी.) २ ग्राम प्रति लिटर पानीमा मिसाई छर्न सकिन्छ ।
कीराको माउहरु रातको समयमा उज्यालोमा आकर्षित हुने भएकोले प्रकाश पासोको प्रयोग गर्न सकिन्छ । यो पासो खासगरी अँधेरी रातमा बढी प्रभावकारी रहन्छ ।

डेस्मोडियम घाँस एक किसिमको गन्ध आउने जुन यो कीरालाई मन नपर्ने हुनाले विकर्षक बालीको रुपमा मकैको बीच बीचमा लगाउने र छेउछाउमा पासो बालीको रुपमा नेपियर घाँस लगाएर कीरालाई आकर्षित गरी नेपियरमा मात्र विषादी प्रयोगद्वारा मार्न सकिन्छ ।
मकैको एकल बाली लगाउनु भन्दा कोशेबाली अन्तरबालीको रुपमा लगाउदा कीराको प्रकोप कम हुन्छ ।

पतमा सेता लाम्चा झिल्ली सहितको प्वाल (papery window) हरु देखा परेमा नीम जन्य विषादी एजाडिराक्टिन १५०० पीपीएम ५ मिली लिटर पानीमा मिसाएर छर्ने ।

मकै रोप्नु अघि इमिडाक्लोप्रिड (Imidacloprid 48% FS) ४८% एफ एस विषादी प्रति किलो ग्राम ४ मी.ली.का दरले बीउ उपचार गरेर रोप्दा शुरुको ३ हप्तासम्मको बिरुवाहरुलाई क्षति हुनबाट बचाउन सकिन्छ ।

स्पाईनोस्याड (Spinosad 45% SC) १ मि.ली. प्रति ३ लीटर पानीका दरले मिसाएर छर्ने सकिन्छ।
क्लोरएन्ट्रानिलीप्रोल (Chlorantraniliprole 18.5% SG) १८.५% एस.जी १ मी.ली. प्रति २.५ लिटर पानीमो मिसाएर पनि छर्ने सकिन्छ ।इमामेक्टिन बेन्जोएत (Emamectin Benzoate 5% SG) ५% एस.जी १ ग्राम प्रति २.५ लिटर पानीमा मिसाएर पनि छर्ने सकिन्छ ।
त्यसैले एकीकृत प्रयास र विधिावाट व्यवस्थापन गर्न सकिन्छ । धन्यवाद