मकै सखाप पार्ने फल आर्मी वम

मकै  सखाप पार्ने फल आर्मी वम

फल आर्मी वर्म, एक आक्रामक अमेरिकी रैथाने कीरा हो । यो कीराको प्रकोप मकै बालीमा बढि हुने भएता पनि अन्य ८० प्रजातीका बालीमा पनि यसले क्षति पु¥याउन सक्छ । सन २०१६ मा सर्वप्रथम पश्चिमी अफ्रिकामा देखिएको यो कीरा २०१८ सम्म आइपुग्दा प्राय सबै अफ्रिकी मुलुकमा यसको प्रकोप फैलिसकेको थियो । जुलाई २०१८ मा यो कीरा एसियामा पहिलो पटक भारतको कर्नाटाक राज्यमा देखा परेको थियो । यो कीराको पुतली एक रातमा १०० कि.मि. सम्म यात्रा गर्न सक्ने क्षमताका कारण २०१८ को अन्त्य तिर आईपुग्दा भारतका अन्य १९ वटा प्रान्तका साथै श्रीलंका, बंगलादेश र म्यानमारमा पनि यसको प्रकोप देखिएको थियो । २०१९ को शुरुवातमा थाइल्याण्ड, चीन र भियत्तनाममा पनि यस कीराको प्रकोप देखिएको थियो । नेपालमा पनि यो कीराको प्रकोप भएको कुरा नार्कले पुष्टि गरिसकेको छ । हालैका दिनमा देशका विभिन्न स्थानमा मकै बालीमा यस्तै प्रकृतिका कीराहरु देखिएको भन्दै सामाजिक संजालमा विभिन्न पोष्टहरु देख्न पाईन्छ । यी सबै कुराहरुले नेपालमा पनि यसको प्रकोप फैलदै गएको स्पष्ट हुन्छ ।

अफ्रिकी मुलुकहरुमा यो कीराको प्रकोपले ७५ प्रतिशतसम्म मकै बालीमा क्षति पु¥याएको बताईएको छ । वार्षिक रुपमा करिब १ खर्ब २५ अर्ब मूल्य बराबरको मकै उत्पादन हुने नेपालमा यसको प्रकोप बढ्दै गएमा र मकै बालीमा २० देखी ५० प्रतिशत मात्र नोक्सान पु¥याएको खण्डमा निकै ठूलो आर्थिक नोक्सानी हुने कुरा सजिलै अनुमान गर्न सकिन्छ । यो कीरा एकपटक देखिए पछि यसलाई निमिट्यान्न पार्न कदापि सकिदैन । कुनै पनि विषादीले यसलाई निमूर्ल पार्न सकेको छैन । तसर्थ उचित व्यवस्थापन पद्धति अपनाई यसको क्षति न्यूनीकरण गर्नु भन्दा अर्को विकल्प छैन । जसको उदाहरण अमेरीका हो । यो कीरा अमेरीकाको रैथाने कीरा भएता पनि त्यहाँ यसको प्रकोप शून्य प्राय छ । कृषकहरुले उचित व्यवस्थापकीय कला अपनाई यसको प्रकोपबाट बालीलाई बचाउन सफल भएका छन् । चीन र भारतमा यो कीराको व्यवस्थापनको लागि सरोकारवाला निकायहरुले प्रभावकारी कदमहरु चालिरहेका छन् । यदि नेपालमा पनि समयमा नै यसको व्यवस्थापनका लागि आवश्यक कदम नचालेमा यसले भयावह अवस्था निम्त्याउने सुनिश्चित छ । यो कीराले मकैका साथै अन्य बाली जस्तै धान, ऊखु, तरकारी लगायत घाँसलाई समेत आहार बनाउन सक्ने भएको हुदाँ आम कृषकहरु समक्ष यसको बारे आवश्यक जानकारी पु¥याउन अति आवश्यक छ । यो कीरा बारे आम कृषकहरु समक्ष आवश्यक जानकारी पुगोस भन्ने हिसाबले यो लेख प्रस्तुत गरेको छु ।

पहिचान

फल आर्मिवर्मको वयस्क तिव्र उडान गर्ने, बालिको खोजिमा १०० कि.मी भन्दा बढि उडान गर्न सक्ने हुन्छ । लार्वा हरियो ,जैतुन ,हल्का गुलाबि वा फिक्का रङ्गको हुन्छ । यस कीराको जीउमा ४ वटा थोप्ला हुन्छन्,मुख र पुच्छर भागमा अंग्रेजी अक्षर ूथू जस्तो बनेको हुन्छ ।

प्रभावित बालिहरु

फल आमीवर्म मुख्यरुपमा मकै खेतिमा हानि नोकसानी पु¥याएको पाइन्छ र क्रमस उखु , धान , गँहु,घाँस आदिमा प्रभाव पारेको हुन्छ । तथा कपास र तरकारी बालिहरुमा पनि नोक्सान पु¥याउन सक्छ । जिवन चक्र (३२–४६ दिन) एउटा पोथिले जिवनकालमा १००० भन्दा बढि फुल पार्ने गर्छ ।

अण्डाको इन्क्युवेशन अवधि ४–६ दिन को रहन्छ । लार्वाको बिकास १४–१८ दिन मा हुन्छ ,त्यसपछि प्यूपा अवस्थामा प्रवेश गर्छ, जुन ७–८ दिन पछि बयस्क कीटमा बिकसित हुन्छ ।बयस्क किट ४–६ दिन सम्म जीवित रहन्छ ।

क्षति पु¥याउने अवस्था

फल आर्मिवर्मले केवल लार्वा अवस्थामा मात्र मकै बालिमा क्षति पु¥याउछ । यसको लार्वा मुलायम देखिन्छ ,जुन विकासको क्रम सँगै हरियो र गुलाबी रङ्गबाट फिक्का रङ्गमा बदलिदै जान्छ ।

निरीक्षण गर्ने विधि :

निरीक्षण गर्दा खेतमा बालिको बाहिरी ४–५ लाइन छोडेर खेतमा ूध्ू एबततभचल मा निरिक्षण गर्दे हिड्ने र तथ्यांक संकलन गर्ने , प्रत्यक बिन्दुको कुनामा संक्रमित बिरुवाको प्रतिशत निकाल्ने , यसै प्रकारले सबै बिन्दुहरुमा निकाल्ने । यसरी संक्रमित अवस्थाको अनुमान गरि किटनाशक स्प्रे को सिफारिस कृषि बिज्ञ द्वारा गरिन्छ । अंकुरित अवस्था देखि नै प्रत्येक हत्ता बालिको निरिक्षण गर्नु पर्ने हुन्छ ।

फल आर्मिवर्म प्रभावित क्षेत्रको प्रबन्धन रणनितिहरु

 प्रत्येक बालिको कटाई पछि गहिरो जोताई गरि माटो पल्टाउने यस्तो गर्दा उतm किटको प्युपा सुर्यको प्रकाशको सम्पर्कमा आउछ र अरु परभक्षिले खाएर नष्ट गर्दछन् । यदि शुन्य खनजोत विधि ९शभचय तष्ििबनभ० अपनाएमा नीम केक ५ सय केजी प्रति हेक्टर प्रयोग गर्ने ।

 क्षेत्र विशेष बाली तथा मकैको ष्लतभच अचयउउष्लन गर्ने ।जस्तै मकै ं अरहररचनारमुंग, नेपियर घांस आर्मीवर्मको तचबउ अचयउ को रुपमा प्रयोग गर्न सकिन्छ ।

 एकै समयमा (समकालिन ) रोपाई गर्ने हेतुले सामुदायिक स्तरमा निश्चित समयको योजना बनाउने ।

 फल आर्मीवर्मको आगमन र त्यसको संख्या निगरानि गर्न फेरोमोन ट्रयाप को प्रयोग गर्ने।

 खेत बारीको साप्ताहिक निरिक्षण गर्ने ,निरिक्षण गर्दा अण्डा तथा लार्वा हातले नष्ट गर्ने ।