मन्दिर हाम्रो पूजा गर्ने फुल पारीको कहिलैसम्म

मन्दिर हाम्रो पूजा गर्ने फुल पारीको कहिलैसम्म

| Advertisement |

Promotional banner

यो हप्ता फेरी भारतबाट लुकिछिपी आएको फूल भन्दै पुष्प व्यवसायीहरुको छाता संगठनले फूल जफत गरेको फोटाहरु भाईरल भयो । के नेपालमा उत्पादन नभएको कारणले यी फूल लगाएका हुन की उपभोक्ताले उताको मन पराएर ल्याएका हुन भन्ने अध्ययन गर्न जरुरी छ । त्यसो त नेपालमा फूलको प्रयोग सदियौ देखि हुदैँ आएको भएता पनि पुष्प व्यवसायको सुरुवात भने २०११ सालबाट भएको पाईन्छ । समयसँगै फूलको माग बढ्दै जादा शहरी क्षेत्रमा पुष्प नर्सरी स्थापनामा आकर्षण बढ्दै जादा शहरी क्षेत्रमा पुष्प नर्सरी स्थापनामा आकर्षण बढ्दै गयो । २०४९ सालमा नेपाल पुष्प व्यवसाय संघको स्थापना संगै, हालसम्म आईपुग्दा करिब १५० हेक्टरमा व्यावसायिक रुपमा पुष्प खेती भईरहेको छ । फूलको बहुआयमिक प्रयोग बढे्सँगै यसको बजार माग पनि बढ्दै गएको छ तर उत्पादन सोही अनुपातमा बृद्धि नहुदाँ अरु त के पशुपतिनाथ लगायत देशै भरका मठमन्दिरमा समेत भक्तजनहरुले आयातित फूल अर्पण गर्नु परेको छ । राष्ट्रबादको चर्को नारा लगाउनेहरुको गलामा पनि आयातित सयपत्री फूल केै माला हुन्छ ।


सयपत्री र नेपाली समाज
सयपत्री फूलको प्रयोग नेपाली समाजमा आदिकाल देखि विभिन्न प्रयोजनको लागी हुदै आएको छ । चाडपर्व, विशेष गरेर तिहारमा सयपत्रीको मालाको निकै नै महत्व छ । त्यस्तै विभिन्न समाहरोमा अतिथिको स्वागतको लागी, विभिन्न राजनैतिक र सामाजिक सम्मेलनको लागी, घर अफिस आदिको शोभा बढाउनको लागि पनि यसको प्रयोग उत्तिनै हुन्छ । घर देखि मन्दिरमा पनि पूजाआजाको लागी सयपत्री नै खोजिन्छ । दक्षिण अमेरिकाको रैथाने यस फूलको जात , जुनसुकै हावापानी तथा माटोमा सजिलै खेति गर्न सकिने , वर्षै भरी उत्पादन लिन सकिने र आकर्षक हुने भएको कारण नेपालमा प्रचलित छ ।

सयपत्रीको विशेषता
सयपत्रीफूलको माथि उल्लेखित बाहेक अन्य केही रोेचक र फाइदाजनक गुणहरु रहेका छन् । यस फूललाई गोलभेडामा लाग्ने फ्रुट बोरर विरुद्ध पासो बालिको रुपमा प्रयोग गर्न सकिन्छ । किराहरु पहेलो रंगमा आकर्षित हुने हुँदा बारीको डिलमा सयपत्री लगाउदो मुख्य बालीमा कीराको प्रकोप घटाउन सकिन्छ साथै सयपत्रीको पातको झोल वनाई प्रयोग गरेमा लाही , पतेरा , जस्ता चुसेर खाने कीराहरलाई नियन्त्रण गर्न सकिन्छ । माटोमा भएको निमाटोडको संख्या घटाउनको लागि र यसको संक्रमणबाट बालीलाई बचाउनको लागि सयपत्री निकै सहयोगी सावित हुन्छ । निमाटोड जब सयपत्रीको जरामा छिर्दछ यसले आफनो जीवनचक्र पुरा गर्न नपाएरै मर्दछ र यसरी संख्यामा ह्रास आउछ्र । सयपत्रीबाट प्राकृतिक डाई (रंग रसायन) पनि बनाउन सकिन्छ । सयपत्रीमा हुने रसायनिक पदार्थको प्रयोग गरेर बनाइने उक्त डाई विभिन्न प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ । पोल्टीको दानामा उक्त डाई प्रयोग गर्दा अण्डाको रानी थप पहेलो हुने र अण्डाको उत्पादनमा पनि सकारात्मक प्रभाब देखिएको एक अनुसन्धानले बताएको छ ।

नेपालमा सयपत्री प्रयोग
सयपत्री फूलका विभिन्न गुणलाई हामीले यदि सहि प्रयोग गर्ने हो भने , कृषि उत्पादनको क्षति गर्ने विभिन्न किराहरुको समस्यालाई न्यूनीकरण गर्न तथा प्राकृतिक डाईको रुपमा प्रयोगमा ल्याउन सकिने प्रसस्त सम्भाबना भएता पनि नेपालमा भने सयपत्री फूललाई विशेष गरेर सजावट र चाडपर्वको लागि मात्र प्रयोग गरिएको छ । फूल र फूलको माला मात्र प्रयोग भैईरहेको समयमा केहि प्रगतिशील कृषकको यसलाई पासो बालिको रुपमा पनि प्रयोग गर्न थालेका छन् । रंग (डाई) को लागि सयपत्रीमा अनुसन्धान चलिरहेको जानकारी पुष्प व्यवसायी लोकनाथ गैरेले दिनुभएको छ । नेपालमा सबैभन्दा बढी इभेन्ट मयानेजमेन्ट गर्ने संस्था बेलकम इभेनटका निर्देशक निता पोड्लका अनुसार सयपत्री फूलको मात्र प्रयोग गरेर स्टेज बनाउने चलन पनि निकै मौलाएको छ ।


नेपाली वजारमा सयपत्री फुलको मालाको माग पूर्ती दिन १७ हजारको हाराहारीमा रहेको छ भने उत्पादन एकदमै न्यून छ । विभिन्न राजनैतिक कार्यक्रम, धार्मिक कार्यक्रम ,सामाजिक सम्मेलन देखि विवाह, जन्मदिन आदि सबै कार्यक्रममा सयपत्रीको प्रयोग बढ्दो छ । चाडपर्वको बेलामा यो माग बढेर ५ देखि ७ लाखको हाराहारीमा पुग्दछ । फ्लोरिकल्चर एसोसियनका कार्यकारी सदस्य राजु तामाङका अनुसार उक्त मागको ७० प्रतिशत माला आयात हुने गर्दछ र बाकी आन्तरिक उत्पादनले धान्दछ ।

निष्कर्ष
स्वदेशमा नै उत्पादनको अथाह सम्भाबना बोकेको सयपत्री फूल दैनिक आयात भईरहेको छ भन्ने तथ्याकंको हाम्रो पुष्प व्यवसाय कता तर्फ गईरहेको छ भन्ने कुरा स्पष्ट हुन्छ । तसर्थ नेपाल सरकारका सम्बन्धित निकायले पुष्प व्यवसायहरुको वास्तविक समस्यालाई पहिचान गरि सोको समाधान गर्नुको विकल्प नै छैन । आयातित फूलसँग प्रतिस्पर्धा गर्न सक्ने पुष्प फार्महरु स्थापना, व्यवस्थित भण्डारण तथा बिक्री वितरणका लागि आवश्यक पूर्वाधारमा राज्यले प्रशस्त लगानी गर्नु पर्ने टड्कारो आवश्यकता छ । यसका साथै फूल र माला बाहेक सयपत्रीका अन्य सम्भावनालाई पनि खोजी गर्दै प्रयोगमा ल्याउनु आजको आवश्यकता हो ।

www.agrinepal.com

हुनत यो लेख पढ्दै गर्दा प्राय फूल उत्पादकहरुले हरेक साल उत्पादन नबिकेको पिडा याद गर्दे हुन्न्हुन्छ होला तर उत्पादक महानुभाबहरुले पनि उपभोक्ताले एउटै साईज ठूला ठूला चितिक्क परेको खोजछन् अहिलै तिहारको लागि अहिलै नै राम्रो बीऊ छानुहुन अनुरोध गर्दछौं ।

यदि तपाई आफ्नो कौशीमा आफ्नु लागि बिरुवा रोप्न चाहनुहुन्छ भने आवश्यक सम्पूर्ण सामाग्रीको लागि यहाँ क्लिक गर्नुहोला ।