मन लागेको माटो बचाआ

| Advertisement |

Promotional banner

 

माटो जिवन हो भनेर हामी स्कुल देखि नै पढ्छौ, माटो छुनको लागि अझै त त्यति टाढा जानुपर्ने परिस्थिती छैन तर मोन्टेश्वरी शिक्षा लिईरहेको मेरो बच्चालाई हालै खेल्नको लागि माटो सुपरमाकेर्टबाट किनेर ल्याउनु पर्दा मनमा चस्स घोच्यो । सायद धेरै अभिभावकलाई मेरो जस्तै अनुभव भयो होला । तर जे भएपनि माटोलाई माया गर्नुपर्दछ र माटोबाट धैरै कुरा बन्छ भनेर बच्चाहरुलाई सिकाउन थालिनु पनि सबैभन्दा उत्तम कुरा हो ।
माटोले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सबै जीव, प्राणी र वनस्पतीलाई बचाईरहेको हुन्छ र हामी सबैको जीवन प्राय माटोसँग नै सम्बन्धित हुन्छ । यसरी जन्म देखि मृत्यु सम्म सम्पूर्ण जीवजगतलाई नभई नहुने माटोलाई हामीले संरक्षण गर्न सकिरहेका छौ कि छैनौ भन्ने कुरा बुझन अत्यन्त जरुरी छ । विश्वको कुरा छोडौ नेपाललाई केन्द्रिकृत गरेर सोच्यौ भने माटोलाई हामीले कहिल्यै पनि जिवनसँग तुलना गरेनौँ कि जस्तो लाग्छ । यसलाई दाजुभाईले अशंबण्डा गर्दा बाड्ने निर्जीव वस्तु, जग्गाको व्यवसायीले प्लटिङ्ग गर्ने ठाँऊ आदिको रुपमा मात्र बढि लिईएको पाईन्छ । माटोको जर्गेणा गर्दै उत्पादन गरि आफू लगायत अरुको समेत पेट भर्न उत्पादन गर्नेलाई दुखीया र सोही माटोको प्लटिङ्ग गरि बेचबिखन गरि कमाउनेलाई सुखिया भनेर चित्रण गर्ने हाम्रो सामाजिक परिपाटीले गर्दा पनि माटोको महत्वलाई नजरअन्दाज गरिएको आभाष हुन्छ । माटोको अप्राकृतिक दोहन र बिक्री वितरणबाट सम्बृद्धि हासिल गर्ने हाम्रो वर्तमान परिपाटिले हामीलाई संकट तर्फ डो¥याईरहेको छ । मानवीय लोभका कारण माटोमाथि ठूलो समस्या सिर्जना भइरहेको छ । राज्यले आवश्यक नीतिमार्फत यस्ता समस्याहरुलाई समाधान गनु पर्दछ ।

खेती गरिने माटोको समस्या बढ्दै जानुमा एउटा पक्षलाई मात्र दोष दिएर अम्कन मिल्दैन । यसमा कृषक, व्यवसायी लगायत राज्यका निकाय सबैको दोष उत्तिकै छ । बढी उत्पादन लिनको लागि कृषकहरुले पनि जथाभावी रसायनिक मल र विषादीको प्रयोग गर्दा माटोको गुणस्तरमा हस आएको छ । कृषि बिकास मन्त्रालय अन्तर्गत रहेका माटो सम्बन्धि काम गर्ने निकायहरुले झारा टार्ने काम मात्र गरेकोले खेती गर्न शुरु गरेको देखि अहिले सम्म एक पटक पनि माटोको नमूना परीक्षण नभएको ठाँँउहरु धेरै छन् । किन हाम्रा कृषकहरुलाई माटोको नियमित परीक्षण गर्नु पर्ने बारे अवगत गराउन सकिएन ? माटो परीक्षण सम्बन्धि सेवाहरुलाई गाँउ गाँउसम्म किन पु¥याउन सकिएन । उपलब्ध केही पुराना तथ्यांक र अहिलेको परीक्षणको नतिजा केलाउदा सतप्रतिशत माटो अम्लीय भएको स्पष्टसँग बुझन सकिन्छ । जति मल राख्दा पनि बोट विरुवा नसप्रिएको, उत्पादकत्व घट्दै गएको भन्ने गुनासाहरु सबैतिरबाट आइरहेको छ । यताका पूर्वाधार, वैज्ञानिक र विज्ञहरु हुदाँँ हुदैँ पनि किन यस्तो अवस्था आयो ? के गुणस्तरीय माटो बिना उत्पादकत्व बृद्धि गर्न सम्भव होला ? उर्वर माटो बिना कृषिबाट समृद्धि प्राप्त होेला ? हामी कृषिमा आत्मनिर्भर बन्न सकौला ? छ भने के कसरी हो सैबेलाई यो सम्बन्धि जानकारी गराउनु प¥यो होइन भने विगतमा भएका गल्ती कमजोरीहरुलाई सुधार गर्दै तुरुन्त माटोको गुणस्तर बृद्धिका लागि अभियान नै चलाउनु प¥यो । के ले रोकेको छ यो सब गर्नलाई ? तीन तहका सरकारको कृषि हेर्ने निकायले यसको आवश्यक्ता महष्ुास गर्ने हो भने यो कार्य असम्भव होइन । अझ ढिला भइसकेको छैन यसमा अब काम शुरु गर्ने हो भने पनि राम्रो नतिजा निकाल्न सकिन्छ ।
हाम्रो खेती गर्ने प्रणालीमा बढी खनजोतको प्रयोग हुने भएकोले पानी, हावा र सुर्यको ताप मार्फत पनि धेरै पोषण तत्व हस भएर जान्छ । बर्खा लागे पछि हाम्रो खेतबारीबाट बग्ने धमिलो पानी हामीले देखेका छौ । यसमा मलिलो माटो नै बगेर जाने हो जुन बन्न सयौ वर्ष लागेको हुन्छ । हाम्रो भु–बनोट नै बढी भिरालो भएको कारणले गर्दा पहाडी र उच्च पहाडी भेगमा भू–क्ष्यका कारण माटो बढी बिग्रदै गएको छ । नियमित माटो परीक्षण मार्फत हस भएका तत्वहरुलाई आवश्यक्ता अनुसार थप्ने कार्य मार्फत माटोको गुणस्तरलाई कायम गर्न सकिन्छ । कृषिको उत्पादकत्व बृद्धि गर्न सबैलाई चासो हो भने तीनै तहको सरकारबाट माटो परीक्षणलाई प्राथमिक्तामा राखि अघि बढौ होइन भने कृषिमा जति नै लगानी गरे पनि बलुवामा पानी सरह हुनेछ । माटोको परीक्षण, उपचार सम्बन्धि जानकारी र सेवा कृषकस्तरमा पु¥याउन ढिलो भइसकेको छ ।
संघ र प्रदेशले बजेट विनियोजन गरिसकेको र स्थानीय तहमा पनि युद्धस्तरमा बजेट तयारी हुदैैँ गरेकोले माटोमा आईरहेको गम्भीर समस्यहरुको दिगो समाधान गर्न सबै स्थानीय तहहरुले आवश्यक कार्यक्रम र बजेट तर्जुमा गर्नुहुन्छ भन्ने आशा लिएकी छु ।

सुनिता न्हेम्हाफुकी खनाल
जिल्ला प्रशासन कार्यालय काठमाडौँ दर्ता नं. ः ८४÷०६९÷७० पकाशक आर. एण्ड. डि. इनोभेटिभ सोलुसन पा.लि. निदेशक ः डम्बर खनाल कानुनी सल्लाहकार ः रामप्रसाद प्रजापति सम्पादकः सुनिता न्हेम्हाफुकी खनाल संयोजकः सुनिल पोखरेल (बिएस्सी. एजी.) लेखाः अशफाक अहमद सिद्विकी सम्वाददाताः सम्झना श्रेष्ठ बजार ः लक्ष्मी थापा, करुणा थापामगर, विकास न्हेम्हाफुकी, शोभा न्हेम्हाफुकी, लजिष्टिकः रामहरि कार्की सज्जाः शेषराज गौतम, टच क्रिएसन प्रा. लि., बागबजार मुदण ः बागबजार छापाखाना, फोनः ४२२२१७४ कायालयः आर.एण्ड. डि. इनोभेटिभ सोलुसन प्रा. लि., १४१ एभरेष्ट मार्ग, नयाँ बानेश्वर, काठमाडौं ्र इमेलः पचष्कजबपचबउचबदष्मजष्२नmबष्।िअयm

वार्षिक ग्राहक रु. १५००।– मात्र । सम्र्पकः ०१–४७८५७५६÷९८०१०८४२०७ आर एण्ड डि इनोभेटिभ सोलुसन प्रा.लि. ग्लोबल आईएमई बैंक, अनामनगर खाता नं. ३९०१०१००००१३२ ्र कृषि विकास बैंक, रामशाहपथ खाता नं. ०१००२००१२८६१८०११ स्रोत नखुलेका फोटोहरू इन्टरनेटको माध्यमबाट लिइएको हो ।