महामारी विरुद्ध लड्न सरकारलाई नामियाको सहयोग

महामारी विरुद्ध लड्न सरकारलाई नामियाको सहयोग

 

| Advertisement |

Promotional banner

कृषि यन्त्र, औजार तथा प्रविधिको व्यवसायमा आबद्ध व्यवसायीहरुको संगठन नेपाल कृषि मेशिनरी ब्यवसायी संघले विश्वभरी फैलिएको कोरोनाको महामारीसंग लड्न सहयोगार्थ नेपाल सरकारको राहत कोषमा १ लाख नगद प्रदान गरेको छ भने प्रत्येक प्रदेश सरकारलाई १- १ लाख सहयोग गर्ने घोषणा समेत गरेको छ । कृषि बिकास तथा पशुपन्छी मन्त्री घनश्याम भुसाललाई उहाँको कार्यकक्षमा सो रकम संघका पदाधिकारीहरुको उपस्थितीमा हस्तान्तरण गरिएको थियो । संघका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठका अनुसार सबै प्रदेश सरकारलाई पनि सम्बन्धित मन्त्रीलाई भेटेर रकम हस्तान्तरण गरिनेछ । कृषि मन्त्रीले कृषि यान्त्रीकरणमा देखाउनुभएको चासो र कृषिको बिकासमा कृषिमा यान्त्रीकरणको महत्वलाई आगामी बजेट तथा कार्यक्रममा उच्च स्थानमा राख्ने प्रत्तिबद्धताले सम्पूर्ण कृषि मेसिनरी व्यवसायीलाई हौसला मिलेको उपाध्यक्ष खोजराज कटुवालले बताउनुभएको छ । नेपाल सरकारका विभिन्न निकाय, अन्य संघसस्थासँगको समन्वयमा नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र यान्त्रीकरणमा नामियाले महत्वपूर्ण भूमिका निभाइएरहेको छ ।